अमेरिकामा व्यवसाय सुरु गर्ने ११ भर्याङ्ग (खुड्किला) हरू

-सानुबाबु सिलवाल

यहीबाटै सुरु हुन्छ तपाईँको व्यवसाय अमेरिकामा

हिजोआज अमेरिकाको नेपाली समाजमा व्यवसाय मार्फत आर्थिक समुन्नतिका लागि केही गरौँ भन्ने चिन्ता र चासो अधिकाशमा पाए मैले। यो राम्रो कुरा पनि हो। जस जसले सोच्नु भएको छ अमेरिकामा आर्थिक उन्नतिका लागि छरिएर रहेका प्रचन्ड अवसर र उर्वर वातावरणलाई सदुपयोग गरी व्यवसायबाट आर्थिक प्रगति तर्फ उन्मुख हुने उत्तम माध्यम वा मार्ग भने भयो। तर कसरि, कहाँ, कुन अवस्थामा कस्तो व्यवसाय गर्न सकिन्छ र प्रतिफल प्राप्ति हुन सक्ला यस बारेमा व्यवसायमा उत्सुक समुदाय अनबिज्ञ रहेको मैले पाए। यस्तै यस्तै दर्जनौ जिज्ञासाहरु म माथि दैनिकि नै ओइरिने गरेको छ। यसैलाई आधार र मध्यनजर राखी मैले छोटकरिमा ११ बुदे सल्लाह सुझाव र टिप्स शेयर गरेको छु, जसले व्यवसाय गर्नका लागि जानकारीको पर्खाइमा बसिरहेका समुदाय, ब्याक्ति र परिवारलाई मद्दत पुग्नेछ।

के के हुन त यी ११ बुदे टिप्स र कदमहरू जसले अमेरिकामा व्यवसाय कसरि सुरु गर्नका लागि महत्त्वपूर्ण आइडिया दिनेछ।

१) बिजिनेश(व्यवसाय) कार्ययोजनाको खाका कोर्नुहोस कापिमाः
के व्यवसाय गर्ने हो, कसरि गर्ने, के के आवश्यकता हुनसक्छ र तपाइसङ्ग उपलब्ध स्रोत, साधन र जनशक्ति एउटा शान्त टेबल र कुर्सीमा बसेर खाका कोर्नुहोस। जसले तपाईँलाई कन्फिडेन्ट मात्रै बनाउदैन कि तपाईँलाई एउटा बाटो तय गरिदिन्छ। यससम्बन्धि जानकारी, गाइड र तपाईँको रुटिङ्ग जस्तै हुनेछ यो तपाईँले कोर्ने रेखा।

२) सम्बन्धित व्यवसाय सम्बन्धी तालिम लिनुहोस वा जानकारी दिने मानिस खोज्नुहोसः
कुनै पनि व्यवसायको जानकारी बिना हात नहाल्नुहोस। यससम्बन्धि छोटो तालिम लिने हो कि अर्थात् यस सम्बन्धी जानकारी राख्ने कन्सल्ट्यान्ट वा ब्याक्ति वा समूहको सल्लाह, जानकारी वा सुझाव माग्नुहोस जसले तपाईँलाई तपाईँले गर्न खोजिएको व्यवसाय सम्बन्धी हल्का जानकारी मात्रै होइन कि एउटा मार्ग जसले समस्या पर्नबाट जोगाउनेछ। कसरि कस्तो अवस्थामा, कहाँ, कति रकम लाग्ने र स्थान छनौटमा ठुलो सहायता पुग्नेछ।

३) व्यवसायको स्थान छनौट गर्नुहोस् अबः
स्थान छनौट सफल व्यवसायको एउटा ठुलो आधार हो। राम्रो ठाउँ, पायक, सस्तो, फ्राइण्डलि, कम कर तथा कम कानुनी ह्यासल हुने स्थान छनौट मात्रै होइनकि न्यून अपराध र बढी खर्चालु अमेरिकन बस्ने स्थान छनौटले तपाईँको भविष्यको व्यवसायको सफलताको आधार स्तम्भ पनि हो। व्यवसायको छनौट पछि घरधनि वा स्थानको लिजको प्रक्रिया, लिजको प्रावधान, रेन्ट वा प्रपर्टि खरिद गरिएको हो भने पनि व्यवसाय र पर्पर्टिको कम्पनी फरक फरक राखी लिज सम्झौता तयार गर्न तिर लाग्नुहोस। लिज बनाउदा कानुनी कागजमा हस्ताक्षर गर्नु पूर्व, व्यवसाय खरिद गर्दा पूर्व मालिकसङ्गको कारोबार तथा पूर्ण लिज गर्नुपुर्ब वकिलको सल्लाह वा वकिल लगाउन नभुल्नु होला

४) आर्थिक जोहो गर्नुहोस् अब चाहिः
व्यवसायको स्थान छनौट गरिसके पछि अब त्यस व्यवसायका लागि लाग्ने आर्थिक जोहो गर्न लाग्नुहोस। तपाइसङ्ग कति छ, लगानीका लागि कति नपुग छ र नपुग स्रोतका लागि भऐसाथि आफन्त, क्रेडिट कार्ड वा वित्तीय सस्थाबाट लोन खोज्ने तिर लाग्नुहोस।

५) कम्पनीको कानुनी नाम र डिबिए छान्नुहोस अबः
व्यवसाय गर्नु पूर्व तपाईँले आफ्नो नाम वा परिवारको सहित वा आफ्नत वा पार्टनरको जो जो सम्लग्न हुने निर्क्योल गरी कम्पनीको कानुनी नाम छान्नुहोस र डिबिए(डोइङ्ग बिजिनेश एज) क्याचि मन पर्ने वा सुहाउदो नाम छनौट गर्न तिर लाग्नुहोस।

६)कम्पनी खोल्नतिर लाग्नुहोस अबः
स्थान पनि छनौट भयो, ठाउँ र व्यवसाय पनि हेर्नुभयो र मोलमोलाइ वा किन्ने हिसाबकिताब र मूल्य तोकिसकियो वा व्यवसायका लागि पैसा सबै जोहो गर्नु भयो भने पछि अब कम्पनी दर्ता तिर लाग्नुहोस। ठऔ अनुसार एल एल सी, इङ्क, पार्टनरशिप, कर्पोरेशन के खोल्दा कर तथा आफ्नो स्वामित्व र लायाबिलिटिज के कस्तो कम्पनी खोल्दा घटिबढि हुन्छ त्यो काम गरिरहेका लेखापाल एकाउन्टेन्टहरुसङ्ग बुझेर उनीहरूलाई नै कम्पनी खोल्न लगानुहोला वा आफैले राज्यको सचिवालय कार्यालयको अनलाइनमा गरेर प्रक्रिया अघि बढाउन सक्नु हुनेछ।

७) सघिय तथा राज्य कर नम्बर लिनुहोसः
राज्य सरकारको सचिवालयमा कम्पनी दर्ता भएर आयेकै दिन तपाईँले सघिय फेडेरल सरकारबाट फेडेरल कर आइ डी लिनुपर्नेहुन्छ। यो एकै दिनको काम हो र जब फेडेरल कर नम्बर प्राप्त भएपछि तुरुन्तै जुन राज्यमा व्यवसाय गर्ने हो त्यो राज्यको आइ आर एस कार्यालयबाट राज्य कर नम्बर लिनु पर्नेछ। यो पनि बढीमा २ दिनभित्र हुनेछ।

८) अन्य लाइसेन्स, पर्मिट आवेदन दिनुहोसः
व्यवसायको प्रकृति अनुसार आवश्यक पर्ने अन्य लाइसेन्सहरुको निवेदन दिने र लाइसेन्स प्राप्तितिर लाग्नुहोस। यसको साथ साथै तपाईँले व्यवसाय टेकओभर गरी सुरु गर्न तिर लागे भयो। व्यवसाय खरिदका प्रक्रिया, लिज सम्झौता र कार्यान्वन तिर लाग्नुहोस।

९) साहु(एम्प्लोवायर)को जिम्मेवारी र कानुनी हैसियत राम्ररी बुझुहोलाः
आफै साहु बनेपछि कम्पनी मालिक साहुका आफ्नै कानुनी सिमितता, अधिकार, कर्मचारी छनौट र उनीहरूको अधिकार र सुविधा र कम्प्ल्यान्सहरु र कानुनी अबस्थाहरु बुझ्नुहोला नत्र भोलि व्यवसाय चलाउदै जाँदा कानुनी ब्यबधानले तपाईँलाई अप्ठेरो बनाइदिन सक्दछ। समयमा नै होशियारि हुन जरुरी छ।

१०) स्थानीय सहयोग लिनुहोसः
व्यवसाय गर्दा स्थानीय सहयोग, स्थानीय ग्राहक र स्थानीय मानिस, ग्रुपहरुको सहयोग, सद्भाव र अभिरुचि बिना तपऐ व्यवसायमा सफल बन्न सक्नुहुन्न।

११) ब्यबस्थापनः
कुनै पनि व्यवसायको सफलताका लागि आर्थिक व्यवस्थापन, कानुनी प्रक्रिया, कर तथा लेखा प्रणाली, कर्मचारी नियुक्ति तथा सन्चालन, स्थानीय भूमिका र दैनिक समय व्यवस्थापन गर्न सक्नु भएन भने तपाईँको व्यवसायले तपाईँलाई दूध दिदैन त्यसैले तपाइ आफैले गर्ने हो व्यवस्थित व्यवस्थापन। अरू बाकी त सहयोगी मात्र हुन। लमिले विवाहका लागि बेहुलि खोजिदिने विवाह गरिसके पछि बेहुलि सम्हाल्न नसक्ने अनि लमिलाइ दोष दिने प्रब्रिति बोकेर व्यवसाय नगर्नु बेस हुन्छ। विवाह पछिको भूमिका तपाइकै आफ्नो हो लमिको नभए जस्तै व्यवसायमा पनि ब्यबस्तित ढङ्गले तपाइ आफैले चलाउने हो बाटो समाते पछि।

(लेखक यु एस चेम्बर अफ कमर्श अमेरिकाका कार्यबाहक सभापति, यु एस चेम्बर अफ कमर्शका सल्लाहकार सदस्य, लेखक एबम वरिष्ठ वातावरण पत्रकार पनि हुनुहुन्छ।)

Published on September 30, 2016 at 11:15 pm

Loading...

यसमा तपाइको मत