स्वास्थमन्त्री गगन थापाले गरे अनसनरत डा. केसी सँग भेट,के भने भेटमा

काठमाडौँ, १४ असोज ।

पाँच दिन देखि अनसन बसिरहेका डा.गोविन्द केसीसँग उनकै अनसनस्थल टिचिङ अस्पताल पुगेर स्वास्थमन्त्री गगन थापाले शुक्रवार साँझ भेट गरेका छन् । भेटमा मन्त्री थापाले डा.केसीले राखेका मागहरू पुरा गर्नेतर्फ सरकारले चालेको कदमहरुबारे जानकारी दिँदै माग पुरा गर्नेतर्फ प्रगति भइरहेको बताए ।

डा. केसी अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने लगायतका विभिन्न माग राख्दै पाँच दिन देखि आफ्नो नवौँ पटकको अनसनमा बसेका छन् ।

Published on September 30, 2016 at 12:19 pm

Loading...

यसमा तपाइको मत