अन्त: कुशको शवमा जल्नु पर्‍यो माधव घिमिरेले

विआरटी नेपाल सम्बाददाता,

काठमाण्डौ -पूर्वगृहमन्त्री माधव घिमिरेको शव फेला नपरेपछि आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार शुक्रवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेका छन्। शुक्रवार आमा चैतन्यकुमारीको शवसँगै पशुपति आर्यघाटमा परिवारले कुशको शव बनाएर पूर्वगृहमन्त्री घिमिरेको पनि अन्त्येष्टि गरिका हुन । छ दिनदेखि त्रिशूली नदीमा हराइरहेका घिमिरे दाजु भाइको शवको खोजीकालागी सुरक्षाकर्मी सक्रिय थिए ।

चैतन्यकुमारीको शवलाई माधवका छोरा सुशान्तले दागबत्ती दिएका थिए। उनैले कुशको शवमा पनि दागबत्ती दिए। पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टिमा गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव सोमलाल सुवेदी, सुचिवहरू, पूर्वसचिवहरू, आफन्तहरूको उपस्थिति थियो। घिमिरे चढेको बा९च १५३१ नम्बरको जीप आइतबार त्रिशूली नदीमा खसेको थियो।

मुग्लिन र कुरिनटारको बिचमा पर्ने घोप्टेभीरबाट आइतबार त्रिशूलीमा खसेको गाडी अझै बेपत्ता छ। घिमिरेसँगै उनका दुई भाइ पनि बेपत्ता छन्। दुर्घटना आमा चैतन्यकुमारी, आफन्त नारायण काफ्ले, घिमिरेका निजी सुरक्षाकर्मी सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको शव त्यसैदिन फेला परेको थियो।

Published on September 30, 2016 at 12:15 pm

Loading...

यसमा तपाइको मत