एनआरएन अमेरिका जुट्यो वृद्धाश्रम बनाउने तयारीमा सदस्यता बनाउने अभियान तिब्रगतिमा

अमेरिका । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको कन्फरेन्स कल बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । आइतबार सङ्घका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले अमेरिकामा गैर आवासीय आन्दोलनलाई थप मजबुत र प्रभावकारी बनाउन यसका अतिरिक्त नेपाली समुदायको हितमा काम गर्न भिन्न भिन्न उद्धेश्य रहेको कार्यदल सल्लाहकार, एनआरएनका च्याप्टरहरू तथा एनआरएन अमेरिकाका सम्पूर्ण अभियन्ता सङ्गठित भई अमेरिकाको विभिन्न राज्यमा सदस्यता विस्तार गर्ने निर्णय गरेको छ ।

त्यसै गरी एनआरएन अमेरिकाले एनआरएन अमेरिकाको उपाध्यक्ष रविना थापा र एनआरएन अमेरिकाका मिडिया कोअर्डिनेटर सर्बज्ञ वाग्लेलाई देवघाटको वृद्धाश्रममा गई स्थलगत अध्यायन गरी असक्त तथा वृद्ध वृद्धाहरूलाई मन्दिर तथा खाना खाने ठाउँ नजिकै भवन बनाउन उपयुक्त ठाउँ खोजी गरी एनआरएन बोर्डलाई जानकारी दिन लगाइएको थियो । सो निर्णय अनुसार एनआरएन अमेरिकाकी उपाध्यक्ष रविना थापाको संयोजकत्वमा देवघाटमा वृद्धाश्रम बनाउने अभियानलाई तिब्रगतिमा अगाडि बढाउने निर्णय धेरै अगाडि देखि सुरु गरिए पनि चन्दा सङ्कलनको अभियान आइतबारको कन्फ्रेन्स कल मीटिंगवाटै सुरु गरियो । एनआरएन अमेरिकाले हालै देवघाटको मंदिर नजिकै २५ जना वृद्ध तथा वृद्धा अटाउने पहिलो भवन बनाउने छ । उक्त भवनमा ती वृद्ध तथा वृद्धालाई औषधो उपचारका साथै उनीहरूको सेवामा खटने व्यक्तिको पनि व्यवस्था गर्न सजिलो होस् भनी सो कार्य एनआरएन अमेरिकाले गर्न लागेको हो । हालै बनाउने भनिएको उक्त भवनको चापहेरि पछि पनि विस्तार गर्न मिल्ने छ ।

सो भवन बनाउन हालै नेपालमा रहनु भएका एनआरएनका महासचिव तिलक श्रेष्ठले देवघाट गई वृद्धाश्रमको शिलान्यास गरी भवन बनाउने प्रक्रियालाई तदारूपताका साथ सञ्चालन गरी अमेरिका फर्कनु हुनेछ ।

यसका अतिरिक्त एनआरएन अमेरिकाले नेपालीहरू माथि अकस्मात् पर्ने आपत् तथा विपतका लागि इमर्जेंसी फ़ण्डको व्यवस्था गर्नुपर्ने विषयमा पनि व्यापक छलफल गरी चाडो भन्दा चाडो निर्णयमा जाने योजनामा जुटने प्रक्रिया समेत सुरु गरेको छ । मातृभूमि नेपालमा गएको प्रलयकारी भूकम्प लगत्तै सङ्घको तर्फबाट अति प्रभावित क्षेत्रमा गरिएको राहत वितरण र स्वास्थ्य परीक्षण अभियानको समीक्षा गर्दै वृद्धाश्रम बनाउने एनआरएनको अभियानमा सहयोग पुर्‍याउन सम्पूर्ण सङ्घ संस्थालाई अनुरोध गर्दै नेपाल र नेपालीको हितका पक्षमा जनमत निर्माण र कार्वान्वयनका लागि निरन्तर क्रियाशील रहने निर्णय गरेको छ । कन्फ़ेशन कल मीटिंगको सञ्चालन एनआरएनका महासचिव तिलक श्रेष्ठले नेपालबाटै सञ्चालन गर्नु भएको थियो ।

Published on September 30, 2016 at 12:51 am

Loading...

यसमा तपाइको मत