अमेरिका रेल दुर्घटनामा कम्तीमा सय जना घाइते

रासस, एपी

होबोकन (न्यु योर्क), १३ असोज । न्युयोर्कबाट न्युजर्सीका लागि छुटेको रेल बिहीबार बिहान हेबोकनमा दुर्घटनाग्रस्त हुँदा एक सय जनाभन्दा बढी मानिस घाइते भएको अमेरिकी प्रहरीले बताएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको न्युजर्सी रेल स्टेसनका प्रवक्ता जेनिफर नेलसनले बताउनुभयो ।

एक प्रत्यक्षदर्शीका अनुसार एक जना महिला रेल र स्टेसनको पर्खालमा च्यापिएकी र उनको अवस्था गम्भीर रहेको छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
स्थानीय समयअनुसार न्युयोर्कबाट बिहान ८ः४५ बजे भएको उक्त दुर्घटना के कारणबाट भएको भन्नेबारेमा छानबिन सुरु भएको प्रवक्ता नेलसनले बताउनुभयो ।
हेबोकन रेल स्टेसनबाट उक्त घटनापछि सम्पूर्ण रेलसेवा बन्द गरिएको छ ।

Published on September 30, 2016 at 12:38 am

Loading...

यसमा तपाइको मत