नेपालबाट अमेरिका आउन कुन भिसा उपयुक्त हुन्छ ?

यटर्नी-एट-ल बासु फुलारा

नेपालबाट अमेरिका आउन सकिने धेरै प्रकारका अस्थाई भिसाहरूको प्रावधान रहेको छ र अस्थाई रूपमा अमेरिका आउन चाहने कुनै पनि व्यक्तिका लागि आफूलाई उपयुक्त हुने भिसाका प्रकारका बारेमा जानकारी हुन आवश्यक छ । सही जानकारीको अभावमा भिसा अप्लाई गर्दा भिसा नपाउने समेत सम्भावना रहन्छ ।

व्यापार व्यवसायका लागि छोटो अमेरिका भ्रमण गर्दा बि-१ भिसा;
अमेरिकामा केही समय बिलासिताका लागि भ्रमण गर्न, औषधी उपचार गर्न, पर्यटन र मनोरंजनका लागि बि-२ भिसा;
उच्च श्रेणी र कलेज तहका शैक्षिक विद्यार्थीहरूका लागि एफ-१ भिसा;
एफ-१ भिसा होल्डरको श्रीमान्/श्रीमती र बच्चाका लागि एफ-२ भिसा;
व्यावसायिक कामदारका लागि एच-१ भिसा;

एच-१ भिसा होल्डरको श्रीमान्/श्रीमती र बच्चाका लागि एच- ४ भिसा;
नेपाली सरकारी मिडिया, अन्य नेपाली पत्रकारहरू, प्रेसका प्रतिनिधिहरू र सम्बन्धित पत्रकारको श्रीमान्/श्रीमती र बच्चाकालागि आई भिसा;
छोटो समयका लागि एक्सचेन्ज भ्रमण गर्न आउने प्रोफेसर, विद्वान वर्ग, अनुसन्धान कर्ता र विद्यार्थीका लागि जे-१ भिसा;
सम्बन्धित व्यक्तिको श्रीमान्/श्रीमती र बच्चाका लागि जे-२ भिसा;
नेपालमा भएको कम्पनीले आफ्नो कम्पनीको म्यानेजर सरहको कर्मचारीलाई अमेरिकाको शाखा कार्यालयमा पठाउदा एल-१ ए भिसा;
नेपालमा भएको कम्पनीले विशेष ज्ञान भएको कर्मचारीलाई अमेरिकाको आफ्नो शाखा कार्यालय अर्थात् आफूले लगानी गरेको अमेरिकाको कम्पनीमा पठाउदा एल-१ बि भिसा;
सम्बन्धित एल-१/एल-१बि भिसा होल्डर को श्रीमान्/श्रीमती र बच्चाका लागि एल-२ भिसा अमेरिकाको कानुन अनुसार उपलब्ध छ ।

त्यसै गरी, व्यावसायिक (भोकेसनल) विद्यार्थीका लागि एम-१ भिसा;
सम्बन्धित व्यावसायिक विद्यार्थीको श्रीमान्/श्रीमती र बच्चाका लागि यम-२ भिसा;
असाधारण प्रतिभा भएको व्यक्तिको लागि ओ-१ भिसा;
सम्बन्धित असाधारण प्रतिभा भएको व्यक्तिको सहयोगीका लागि ओ-२ भिसा;
सम्बन्धित असाधारण प्रतिभा भएको व्यक्तिको श्रीमान्/श्रीमती र बच्चाका लागि ओ-३ भिसा;
अन्तर्राष्ट्रिय रूपमा ख्याती प्राप्त मनोरंजन समूह, कलाकार र खेलाडीका लागि “पी” भिसा

सम्बन्धित व्यक्ति[पी१-पी३] को श्रीमान्/श्रीमती र बच्चाका लागि पी-४ भिसा;
अन्तर्राष्ट्रिय सांस्कृतिक प्रोग्राममा भाग लिन आउने व्यक्तिका लागि क्यु-१ भिसा;
अस्थायी रूपमा काम गर्न आउने धार्मिक कामदारहरूका लागि आर-१ भिसा;
सम्बन्धित धार्मिक कामदारको श्रीमान्/श्रीमती र बच्चाका लागि आर-२ भिसा;
मानव व्यापार एवं तस्करी (ह्युमन ट्रयाफिकिंग] बाट पीडित व्यक्तिहरूका लागि टी-१ भिसा;

सम्बन्धित मानव व्यापार एवं तस्करीबाट पीडित व्यक्तिको श्रीमान्/श्रीमतीका लागि टी-२ भिसा;
सम्बन्धित मानव व्यापार एवं तस्करीबाट पीडित व्यक्तिको बच्चाका लागि टी-३ भिसा;
सम्बन्धित मानव व्यापार एवं तस्करीबाट पीडित व्यक्तिको आमा/बुवाका लागि टी-४ भिसा;
आपराधिक गतिविधि अर्थात् आपराधिक,साररीक र मानसिक दुर्ब्यबहारबाट पीडित व्यक्तिको लागि यु-१ भिसा;

आपराधिक गतिविधि अर्थात् आपराधिक,साररीक र मानसिक दुर्ब्यबहारबाट पीडित व्यक्तिको श्रीमान्/श्रीमतीका लागि यु-२ भिसा;
आपराधिक गतिविधिबाट पीडित व्यक्तिको बच्चाका लागि यु-३ भिसा;
आपराधिक गतिविधिबाट पीडित व्यक्तिको आमा/बुवाका लागि यु-४ भिसा;
अमेरिकाको ग्रीन कार्ड होल्डरको विदेशमा रहेका/रहेकी श्रीमान्/श्रीमती जसको लागि आइ-१३०, अमेरिकाको ग्रीन कार्ड पाउनका लागि दिएको निवेदन, तिन वर्ष भन्दा बढी समय देखि निर्णय नभएको अवस्थामा छ भने भी-१ भिसा;

अन्त्यमा, अमेरिकाको ग्रीन कार्ड होल्डरको विदेशमा रहेका/रहेकी छोरा/छोरी जसको लागि आइ-१३०,
अमेरिकाको ग्रीन कार्ड पाउनका लागि दिएको निवेदन, तिन वर्ष भन्दा बढी समय देखि निर्णय नभएको अवस्थामा छ भने भी-२ भिसा अमेरिकाको कानुन अनुसार उपलब्ध छ ।

============================================================
क्षेत्री एण्ड एशोसिएटस् न्युयोर्कका यटर्नी-एट-ल बासु फुलारा
फेसबुक-प्रोफाइल: http://www.facebook.com/bashu.phulara
इमेल: [email protected]
============================================================

(बासु फुलारा नेपाली-अमेरिकन समुदाय माझ चर्तित यटर्नी-एट-ल हुनुहुन्छ । यो लेखमा व्यक्त विचारहरू पाठकका जानकारीकालागि सुझावहरू मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धी उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलारालाई उहाँको इमेल: [email protected] मार्फत सम्पर्क राख्न सक्नु हुनेछ –सम्पादक)

Published on September 30, 2016 at 12:32 am

Loading...

यसमा तपाइको मत