डिसीमा राष्ट्रिय दिवस सम्पन्न

विजय थापा ,वासिङ्टन डिसी

नेपाली राजदूतावासद्वारा आयोजित पहिलो संविधान दिवसको अवसरमा आयोजित राष्ट्रिय दिवस वासिङ्टन डिसीमा गत सेप्टेम्बर २८ तारिख ऐतिहासिक रूपमा सम्पन्न भयो l लामो समयको प्रतीक्षा पछि नेपाली जनताले पाएको विश्व कै उत्कृष्ठ नयाँ संविधानलाई समर्थन जनाउदै डिसी महानगर क्षेत्रका नेपाली समुदाय ,विदेशी अतिथि ,कुटनैतिक विशेष व्यक्तित्वहरुले खचाखच भिड रहेको उक्त नेपाल दिवस सफलता पूर्वक सम्पन्न भएको छ l

राष्ट्रिय दिवसमा राजदूत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) ले राष्ट्रिय दिवसको उपलक्ष्यमा हर्ष व्यक्त गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए l गत वर्ष नेपालमा गएको भूकम्पलाई अन्तर राष्ट्रिय अद्वितीय सहयोगको लागि नेपाल सरकार तथा नेपाली जनताको तर्फ बाट धन्यवाद दिएका थिए l राजदूत कार्कीले हामी पुनर्निर्माणमा लागि परेका छौ भन्दै हामी अझ बलियो बन्दै जाने छौ भनी मन्तव्य राखेका थिए l

कार्यक्रममा अमेरिकाको राज्य विभागका प्रतिनिधिले मन्तव्य राखेका थिए भने डिसी का नगर प्रमुखले संदेश दिएका थिए l यसै गरी पढेर डिस्ट्रिक अफ कोलम्बिया विश्व विद्यालयका सभापति तथा नेपाल पर राष्ट्र मन्त्री प्रकाश शरण महत (बिध्य्वा वारिधि ) ले मन्तव्य राखेका थिए l dcc1

परराष्ट्र मन्त्री महतले विदेशी तथा नेपाली समुदायको लागि अङ्ग्रेजी तथा नेपाली दुवैमा मन्तव्य राख्दै संविधान दिवसको उपलक्ष्यमा नेपाल दिवस भनेर मनाएका हौ भनी बताए l महतले नेपालको नयाँ संविधानले नेपाली जनताका मौलिक अधिकार ,समानता ,सहभागितालाई प्रत्याभूति गरेको छ भन्दै महिलाहरूको हक र अधिकार को सवालमा नेपालमा प्रधान न्यायाधिस ,राष्ट्रपति तथा सभामुखमा जस्ता पदमा महिलाको प्रतिनिधित्व रहेको जानकारी गराएका थिए l परराष्ट्र मन्त्री महतले नेपाल तथा अमेरिकाको कुटनैतिक सम्बन्ध बारेमा चर्चा समेत गरेका थिए l कार्यक्रममा संसद् मोहन बहादुर बस्नेतले पनि छोटो मन्तव्य राखेका थिए l

अमेरिका तथा नेपालको राष्ट्रिय गीत बाट कार्यक्रमको उद्घाटन गरिएको भने कार्यक्रममा नेपाली राजदूतावास ,विभिन्न जिम्मेवारीमा रहेका कर्मचारीहरू, विभिन्न नेपाली सङ्घ संस्थाहरूका प्रतिनिधिहरू, नेपाली व्यवसायीहरु, विभिन्न पेसाका व्यक्तिहरू तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली संस्कृति झल्काउने प्रकारका नृत्यहरुमा कुमारी नृत्य ,धिमे नृत्य,मधेसी नृत्य तथा परम्परागत नेपाली नृत्यहरु प्रस्तुत गरिएको थियो l dcc3

dcdc dcccc dc5

Published on September 29, 2016 at 11:04 pm

Loading...

यसमा तपाइको मत