“विनोद चौधरीको निधन” हल्ला, सत्य नभएको पुष्टी

विआरटी नेपाल सम्बाददाता, काठमाडौँ ।

ठेगाना समेत नखुलाएको एउटा समाचार साइटले नेपालका एक मात्र अरबपति विनोध चौधरीको निधन भएको खबर प्रकाशित गरेपछि केही समय विश्वभरका नेपालीहरूलाई उनको निधन नै भएको भनेर स्तब्ध बनायो ।

टेलिग्राफनामले चिनाउने तर डोमेन नाम भने te1egraph.com भएको साइटले लण्डनमा नेपालका धनाढ्य विनोद चौधरीको निधन भएको समाचार प्रकाशित गरेको थियो । यो समाचारले नेपालमा खासै प्रभाव नपारे पनि गैर आवासीय नेपालीहरुबीच भने ठुलै प्रभाव पारेको थियो ।

यसैबिच विनोद चौधरी लण्डनमा नभएको र उनी बिहीबार पनि आफ्नै कार्यालय ललितपुरको सानेपामा रहेको उनका सहयोगी सञ्जय बस्नेतले दिएका छन् । साउथ एसिया डट कम डट एयुसँग कुराकानी गर्दै बस्नेतले उहाँ दैनिक कार्यमा व्यस्त रहेको जानकारी दिएका थिए । चौधरी अहिले पनि स्वस्थ र व्यस्त रहेको बस्नेतले उल्लेख गरेको बताइएको छ । यसकारण टेलिग्राफ नाम दिइएको समाचार साइटको समाचार भ्रामक रहेको स्पष्ट भएको छ । चौधरीको निधन भएको भन्ने भ्रामक समाचारका कारण अहिले पनि सामजिक सञ्जालमा व्यापक हल्लीखल्ली मच्चिएको छ । telegraph

binod-chaudhary

 

 

 

Published on September 29, 2016 at 11:20 am

Loading...

यसमा तपाइको मत