अमेरिकामा दशैको लहर, लस भेगासमा अक्टुबर १५ मा दसैँ मनाइदै

अग्नि चौलागाईं, अमेरिका, २८ सेप्टेम्बर /

आफ्नो मातृभूमि देखि धेरै टाढा भएतापनि प्रवासमा रहेका नेपालीहरू बडा दसैँ विविध कार्यक्रमका साथ एकआपसमा शुभकामना आदानप्रदान गर्दै मनाइ रहेकाछन ।

अमेरिकामा नेपाली बस्ती रहेका प्रायस सबै सहरहरूमा नेपाली सङ्घ संस्थाले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै एकै ठाउँमा जम्मा भएर आफ्नो व्यस्त जीवनशैलीका बिच दसैँ मनाइ रहेकाछन ।

साउदर्न क्यालिफोर्नियामा रहेको नेपालीहरूको सबै भन्दा पुरानो संस्था अमेरिका नेपलिज सोसाइटीले अक्टुबर ७, नेपाल अमेरिका एकता समाजले अक्टुबर ८ मा दसैँ मनाइरहेका छन् भने नेपालीहरूको थोरै सङ्ख्या भएका नेभादा राज्यको लस भेगासमा अक्टुबर १५ शनिवार दिल्ली इन्डिया कुजिनमा साँझ आठ बजे देखि दसैँ २०७३ कार्यक्रम मनाउन गइरहेको छन् । अमेरिकाका न्यु योर्क, वासिङ्टन, डल्लास, कोलोराडो लगायत अन्य सहरहरूमा समेत विविध प्रकारका कार्यक्रम गर्दै दसैँ मनाउन लागिरहेकाछन ।

अष्टमीको दिन पायक पर्ने स्थानमा गई खसी किनेर ल्याउने, साथीभाई बिच खानपिनका साथ मनोरंजन गर्ने, दशमीको दिन आफन्त र मान्यजनका हातबाट टिका लगाई दसैँ मनाउछन भने आफ्ना भावी पुस्तालाई समेत आफ्नो कला र संस्कृतिको बारेमा जानकार गराउदै गइरहेका छन् ।

Published on September 28, 2016 at 10:45 pm

Loading...

यसमा तपाइको मत