बोष्टनमा अनेसास पुनर्गठन, कृति बिमोचन तथा पुरस्कार प्रदान एकै दिन सम्पन्न

यम पौडेल, बोष्टन

अमेरिकाको बोष्टनमा शनिवार १५१ औ मोती जयन्ती मनाइयो । अनेसास बोष्टन च्याप्टर ब्दारा समरभिल स्काट स्क्याट टिभी हलमा आयोजित कार्यक्रममा बोष्टनका कवि साहित्यकारहरु जम्मा भई कवि मोतिराम भट्ट प्रति हार्दिक श्रद्धा सम्झना व्यक्त गरेँ । च्याप्टरका अध्यक्ष हरि काफ्लेको सभापतित्व एवं सचिव यम पौडेल ले कबितामय वातावरणमा सञ्चालन भएको कार्यक्रममा बोष्टनका साहित्यकार दिनेश राजभण्डारीको ३० सौँ र ३१औँ कृति क्रमस: हाम्रो बिरामी देश कविता सङ्ग्रह र प्रेम पत्र गजल सङ्ग्रह बिमोचन गरियो । प्रमुख अतिथि बरिष्ट चित्रकार उत्तम नेपालीले उक्त दुई कृति बिमोचन गरेका थिए । अनेसास बोष्टन व्दारा हरेक वर्ष प्रदान हुने २५१ डलर सहितको “ राजमित्र स्मृति प्रज्ञा पुरस्कार “ कार्यक्रममा साहित्यकार दिनेश राजभण्डारीलाई प्रदान गरियो । दुइबर्ष कार्यकालको अनेसास बोष्टन च्याप्टर को पुनर्गठन समेत आपसी समझदारीमा सम्पन्न भई कवि लाल गोपाल सुबेदीको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति गठन भएको कुरा कार्यक्रममा घोषणा गरियो ।

* बोष्टनमा मोति जयन्ती भव्य रूपमा मनाइयो ।
* बोष्टनमा स्थापित राजमित्र स्मृति प्रज्ञा पुरस्कार यसबर्ष साहित्यकार दिनेश राजभण्डारीलाई प्रदान ।
* बोष्टनमा दिनेश राजभण्डारीका ३० सौँ र ३१ औ कृति हाम्रो बिरामी देश कविता सङ्ग्रह र प्रेम पत्र गजल सङ्ग्रह बिमोचित ।
* अनेसास बोष्टनको १५ सदस्यिय नयाँ कार्यसमिति गठन । नबनिर्बाचित अध्यक्षमा कवि लाल गोपाल सुबेदी , नयाँ गजलकार अवि गजुरेल बाहेक सबै परिचित अनुहार ।
* बोष्टनमा नेपाली भाषा साहित्यमा लागेका नेपालीहरू मिलेर अगाडी बढदै । बोष्टनमा नेपाली साहित्य निकै फडको मार्दै ।

आपसी समझदारीको नयाँ कार्यसमितिमा अध्यक्ष लाल गोपाल सुबेदी, उपाध्यक्ष यम पौडेल , उपाध्यक्ष दिनेश राजभण्डारी, सचिव कृष्णराज खनाल , कोषाध्यक्ष एल बि ऐर , सदस्यहरूमा विजय पौडेल, गौरव थपलिया, अनु शाह, दिपा राई, ममता कर्माचार्य, अबि गजुरेल, गोवर्द्धन पूजा, महेश्वर पन्त, सुशील नेपाल तथा हरि प्रसाद काफ्ले “शैव” निर्वाचित भएको कुरा प्रमुख निर्वाचन आयुक्त तथा जिबिएनसि का अध्यक्ष राम थापाले घोषणा गर्दै नबनिर्बाचित अध्यक्षलाई टिका लगाएका थिए । साथै अर्का निर्वाचन आयुक्त तथा पशुपतिनाथ बुद्ध फाऊण्डेशनका चियरपर्शन मिलन गुरुङले अनेसास का नव निर्वाचित पदाधिकारीहरुलाई मन्तव्य सहित बधाई दिएका थिए ।

boston-10ग्रेटर बोष्टन मा रहेर नेपाली भाषा साहित्यको विकासमा लागिपर्ने मध्ये वर्षमा एक जनालाई प्रदान गर्ने २५१ डलरको “ राजमित्र स्मृति प्रज्ञा पुरस्कार “ माटेपानी पोखरामा जन्मेर बोष्टनमा बसोबास गर्ने साहित्यकार दिनेश राजभण्डारीलाई प्रदान गरियो । नेपालमा प्रजातन्त्र प्राप्तिको लागी २००७ साल अगावै देखिका योद्दा बिराटनगरका स्व. बाबा राजेन्द्र प्रसाद नेपाल तथा ऊहाकी धर्मपत्नी मित्रबिन्दा गौतम को स्मृतिमा बोष्टन माल्देन निवासी ऊहाका साहित्यप्रेमी छोरा बुहारी सुशील नेपाल तथा सुमन नेपाल ले सन २०१४ को मोती जयन्तीमा स्थापना गरेको यस पुरस्कार पाउने ऊहा दोस्रो व्यक्तित्व हुन । पुरस्कार छनौटको लागि गत वर्ष यस पुरस्कार पाउने भारती गौतमको संयोजकत्वमा अनेसासका हरि काफ्ले तथा विजय पौडेल रहेको ३ सदस्यिय समिति गठन भएको थियो । सदस्य विजय पौडेलले समितिको निर्णय स्टेजबाट सुनाएपछि प्रमुख अतिथि उत्तम नेपाली , अनेसास बोष्टनका पूर्व अध्यक्ष अच्युत अधिकारीले विशेष सम्मान सहित पुरस्कार प्रदान गरेका थिए । लगतै अनेसास केन्द्रका महासचिव गोवर्द्धन पूजा ले ३० बर्षमात्रै बाचेका कवि मोतिरामलाई आफूले सबैभन्दा श्रद्धा गर्ने बताउँदै मोति जयन्तीकै अवसरमा साहित्यकार दिनेश राजभण्डारीलाई सम्मान गर्न पाउनु साह्रै गर्वको कुरा भएको बताए ।
boston-9
कार्यक्रमको सुरुमा गजलकार अबि गजुरेलले निकै मार्मिक गजल प्रस्तुत गरी सबैको ध्यानाकर्षण गरेपछि कार्यक्रम सुरु भएको थियो । कलाकार श्याम नेपाली तथा प्रिय अभिबावक कलाकार रञ्जन बुढाथोकी सहितको हिमालय हेरिटेज कल्चरल एकेडेमी टिम ले आफ्नो मार्मिक नेपाली सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि लाल गोपाल सुबेदीले स्वागत मन्तव्य सहित मोतीराम भट्टको व्यक्तित्व र कृतित्व उपर चर्चा गरेका थिए । साहित्यकार महेश्वर पन्तले हारमुनियम सँगै चोटिलो गजल सुनाएका थिए । यस पटक को मोति जयन्तीमा पनि मिठो खाना को व्यवस्था गर्ने सामाजिक मनका धनी साहित्यिक व्यक्तित्व सुशील नेपाल र सुमन नेपाल दम्पति र साह्रै मेहनत गरी मिठो स्वादिष्ट नेपाली परिकार तयार गर्ने फिष्टल किचनका जाल प्रसाद घिमिरेलाई सहभागी सबैले धन्यवाद दिए । यसै क्रममा सुशील नेपाल दम्पतिलाई सचिव यम पौडेल व्दारा मायाको चिनो प्रदान गरेँ ।

कार्यक्रमको अन्तिममा सभापति हरि काफ्लेले नेपाली भाषा साहित्यको श्रीबृद्दिको लागि बोष्टनमा सुरु देखि लागिपर्ने अग्रजहरु , अनेसास का पदाधिकारी , बोष्टनमा रहेर कृति प्रकाशन गर्ने सर्जकहरु, साहित्यिक पुरस्कार को थालानी गर्ने सुशील नेपाल सुमन नेपाल दम्पति, पुरस्कृत व्यक्तित्व दिनेश राजभण्डारी लगायत नबगठित समितिलाई बधाई दिँदै आफ्नो कार्यकालमा साथ दिने सबैलाई मुरिमुरी धन्यवाद दिएपछि कार्यक्रम सकिएको थियो ।

boston-8

boston-7

boston-6

boston-5

boston-3

boston-1

boston-2

boston-11

Published on September 28, 2016 at 10:35 pm

Loading...

यसमा तपाइको मत