गजल- भुपेन्द्र महत

भुपेन्द्र महत

कास! तिमी सित हुँदा समयलाई रोक्न पाए
समयको गति आफु अनुकुल तोक्न पाए

जिन्दगी यो बांच्थ्यो होला रमाएर नाँच्थ्यो होला
नबोलेरै आँखा आँखा मनको कुरा पोख्न पाए

कतै मन्मा अल्मल्लिएका ढुकढुकिमा बल्झिएका
दिलको सबै सारेगम, तिम्रो ओठले बोक्न पाए

बन्दकिमा हुँदा मुटु बैना तिम्लाई दिन खोजे
पाप पुण्य के हो ,माया तराजुमै जोख्न पाए

Published on September 27, 2016 at 9:18 pm

Loading...

यसमा तपाइको मत