क्यानडामा रहेका नेपालीहरूको देशको अस्थिरता प्रति चिन्ता

क्यानडा

Published on September 27, 2016 at 10:55 am

canada

तत्काल राजनीतिक अस्थिरता हट्ने सम्भावना कम छः पूर्व मुख्यसचिव डा. कोइराला

क्यानडामा रहेका नेपालीहरूले देशमा निरन्तर जारी संक्रमणका कारण बढ्दो राजनैतिक अस्थिरता प्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरूले यही अस्थिरता कारण देश विकास, समृद्धिको दिशामा अगाडी बढ्न नसकेको पनि गुनासो गरेका छन् । नेपाली जन सम्पर्क समिति क्यानडाले हालै मिसीसागामा नेपालको राजनैतिक स्थीरता र आर्थिक विकासः सम्भावना र चुनौती बिषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन ।

समितिका सभापति तुल्सी पौडेलको अध्यक्षतमा सम्पन्न कर्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित अर्थविद तथा नेपाल सरकारका पूर्व मुख्यसचिव डा. बिमल प्रसाद कोइरालाले मुलुकमा लम्बिएको संक्रमणकालले राजनैतिक अस्थिरता र विimg_3566कासको मार्गमा अगाडी बढ्न नसक्नुको मुख्य कारण भएको बताए । उनले केही समय अझै राजनैतिक स्थिरता हट्न् सम्भावना कम रहेको पनि दाबी गरे । अहिले अवलम्बन गरिएको समानुपातिक निर्वाचन प्रणालीले आगामी निर्वाचनमा कुनैपनि दलले बहुमत ल्याउने अवस्था नदेखिएकाले गठबन्धन संस्कृतिबाट मुलुकको विकासको मार्ग पहिल्याउनुको विकल्प छैन, कोइरालाले भने ।

पूर्व अर्थसचिव समेत रहेका कोइरालाले मुलुकमा ठुला ठुला राजनैतिक परिवर्तन भए पनि त्यसको फाइदा केही ठुला बडाले मात्र लिनसक्ने अवस्था भएको तर अपनत्व जनताले लिनसक्ने अवस्था नभएका कारण पनि राजनैतिक स्थीरता कायम हुन नसकेको दाबी गरे । उनले परिवर्तनका नाममा मुलुकलाई विखण्डनको तर्फ लैजान नहुने भन्दै नेताहरूले राजनीतिलाई समाज सेवा भन्दा व्यवसायका रूपमा विकास गरेका कारण पनि स्थायीत्व कायम हुन नसकेको जिकीर गरे । मुलुकमा पर्यटन, जलस्रोत लगायतका क्षेत्रमा ठुलो सम्भावना रहेको भन्दै यस्ता संभावनायुक्त क्षेत्रको विकासबाट मात्र मुलुक समृद्धिको मार्गमा अगाडी बढ्ने सक्ने उनको भनाइ थियो । अहिले सक्षम जनशक्ति देशको अवस्थाका कारण विदेशीएको भन्दै उनीहरूलाई रोक्न सक्ने अवस्थाको सिर्जन गर्ने दायित्व पनि राजनैतिक नेतृत्वको दायित्व रहेका बताए । कर्मचारीतन्त्र स्थायी सरकार हुने भएता पनि राजनैतिक नेतृत्व मूल भएकाले मूल नै कहिल्यै सफा नभएका कारण पनि कर्मचारीले पनि केही गर्न नसकेको भन्दै कर्मचारीको पनि कमजोरी रहेको स्वीकार गरे। उनले विश्वका जुनसुकै स्थानमा बसेका नेपालीहरूले देशको अवस्थाबाट दिक्क नमानी त्यहा सिकेका सिप, सम्पत्ति जेजे छन् सो कुरालाई स्वदेशमा लगानी गरी समृद्ध देश निर्माणमा सहभागी हुन पनि आग्रह गरे ।

कार्यक्रमका विशेष अथिति नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यले कुनैपनि मुलुकको विकास, समृद्धिका लागी राजनैतिक स्थायीत्व आवश्यक रहेको भन्दै त्यसका लागी राजनैतिक नेतृत्वको नै मुख्य भूमिका रहेको बताए । उनले नेपालमा अहिले सत्तामा जानका लागी खुट्टा तान्ने प्रबृतिका कारण पनि राजनीतिले स्थायीत्व कायम गर्न नसकेको दाबी गरे । विदेशमा रहेका नेपालीहरूले पनि सक्दो सहयोग गरी समृद्ध देश निर्माणका लागी सहयोग गर्न आग्रह गरे । अहिले देशको अवस्था देखेर कि त छाडेर हिड्ने, कि त आफूले सकेको गर्ने भन्ने मात्र विकल्प रहेको पनि उनको भनाइ थियो । img_3639

कार्यक्रममा गैर आवासीय नेपाली संस्थाका अध्यक्ष तुल्सी सापकोटाले क्यानडामा रहेका नेपालीहरूले विश्वमा नेपाललाई चिनाउने कार्यका लागी सक्दो प्रयास विभिन्न रूपमा गरिरहेको दाबी गरे । उनले क्यानडामा रहेका सबै नेपालीहरूलाई एकत्रित गरी समृद्ध नेपाल निर्माणका लागी सामहिक प्रयासका लागी कार्य गरिरहेको जानकारी दिए । बाहिर बसेका नेपालीहरूले सक्दो प्रयास गरिरहेका भए पनि देशमा स्थायित्व कायम गर्न मुख्य रूपमा नेपालमा रहेका दलको भूमिका नै प्रमुख हुने बताए ।

कार्यक्रममा गैर आवासीय संस्थाका पूर्व अध्यक्ष अनिल थापाले सरकार, राजनैतिक दलले विदेशमा रहेको नेपालीहरूले आर्जन गरेको सिप, क्षमता कसरी स्वदेश मा भित्रयाउन सकिन्छ भन्ने बारेमा स्पष्ट नीति बताउनुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाका सल्लाहकार तथा समाजसेवी शम्भु धमलाले विकास समृद्धिका लागी देशमा धेरै सम्भावना भए पनि सक्षम नेतृत्व हुन नसक्दा देश सधैँ गरिबको गरिब नै रहेको बताए । उनले नेपाल विश्वमानै गरिब र भ्रष्ट मुलुकका रूपमा चित्रित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

सो अवसरमा शरद पौडेल, अन्जनी भट्टराई र डा. बामदेव पौडेलले देशको समृद्धि विकास समेटिएका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थित सहभागीहरुले राखेका जिज्ञासाको कोइरालाले जवाफ पनि दिएका थिए । त्यसै गरी समितिको हालसालै निर्माण गरिएको वेबसाइट (www.nprccanada.org) को पनि कोइरालाले शुभारम्भ गरेका थिए । img_3632

विचार गोष्ठीको पूर्ण सफलताको लागि क्यानाडाका लागि महामहिम नेपाली राजदूत कालीप्रसाद पोख्रेलद्वारा पठाइएको शुभकामना संदेश पढेर सुनाईएको थियो। उक्त कार्यक्रममा एन. आर. एन. क्यानडा लगायत ग्रेटर टोरोन्टो एरिया साथै आसपास क्षेत्रमा क्रियाशील नेपाली समुदायका विभिन्न सङ्घ,संस्थाका प्रमुख एवं प्रतिनिधिहरू,संचारकर्मीहरु, प्रध्यापकहरु, पूर्व राष्ट्रसेवक कर्मचारीहरू लगायत विभिन्न पेसा र व्यवसायमा आवद्ध दाजुभाइ दिदीबहिनीहरु एवं शुभेच्छुकहरुको बृहत् उपस्थिति रहेको थियो । img_3587

कार्यक्रमको समापन गर्दै समितिका सभापति पौडेलले अहिले क्यानडामा रहेको पुस्ता अस्थिरताका कारण देशको विकास हुन नसकेकोमा चिन्तित रहेको बताए । उनले आगामी पुस्ताको बारेमा यसै भन्न नसकिने तर अहिलेको पुस्ता भने आफूले विदेशमा आर्जन गरेको सिप, क्षमता, पुँजी स्वदेशमा लगानी गर्न तयार रहेको तर त्यसका लागी सरकार र सम्बन्धित पक्षले उचित बातावारण बनाउनुपर्ने माग गरे।

उक्त कार्यक्रमको सञ्चालन समितिका महामन्त्री दीपक सापकोटाले गरेका थिए ।

MORE PHOTOS CLICK HERE

 

Loading...

यसमा तपाइको मत