अमेरिकामा छायाँकन गरिएको ‘सफर’को पत्रकार सम्मेलन सवारी पार्किङ स्थलमा
Loading...

विआरटी नेपाल सम्बाददाता-काठमाडौं, १० असोज

Published on September 26, 2016 at 8:25 am

_p7a0008

असोज १४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘सफर’ले पत्रकार सम्मेलन गरी चलचित्रबारे जानकारी दिएको छ तर रमाईलो कुरा के भयो भने सम्पुर्ण छायाँकन अमेरिकामा गरिएको फिल्मको पत्रकार सम्मेलन भने राजधानीको एक सवारी पार्किङ स्थलमा गरियो ।

आईतबार राजधानिमा पत्रकार भेटघाट कार्यक्रममा फिल्मका नायक सन्जय गुप्ता र निर्देशक आशिस श्रेष्ठ मात्रै उपस्थित प्रेसमिट पनि अर्को रमाईलो पक्ष बन्यो ।_p7a0036

निर्देशक र नायकका नजिकका मित्रहरुले दुई जनाको सफरको काहानी सुनाउदै पुराना दिनहरु याद दिलाएका थिए । नायिका नुर्जा श्रेष्ठले अमेरिकाबाट नै आफ्नो दर्शकहरुलाई सन्देश पठाएकी थिईन् ।

सन्देशमा उनले आफु नेपाल आउन नपाएकोमा नरमाईलो लागेको र आफुले फिल्ममा निकै मिहेनत गरेको र सबैले मनपराउने आशा समेत ब्यक्त गरेकी थिईन् ।

आयोजित पत्रकार सम्मेलनमा फिल्मको ट्रेलर, डाइलग प्रोमो र एउटा गीतको भिडियो देखाईएको थियो । युवा फिल्म्सको ब्यानरमा बनेको ूसफरूमा केशब खड्काको लेखन तथा निर्माण रहेको छ ।

फिल्ममा सन्जय गुप्ता, मनन सापकोटा, शिबिर पोख्रेल ,नुर्जा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

Loading...

यसमा तपाइको मत