राकेश काफ्लेका एकल शब्द/रचनामा रमेश कडेलको “प्रयास”
Loading...

विआरटी नेपाल सम्बाददाता, भर्जिनिया ।

Published on September 26, 2016 at 8:16 am

rakesh-kafle-cd1

नेपाली भाषी भुटानीहरूले संसारमा कहीँ न्याय पाएका छैनन् । उनीहरूलाई देशको राजा बैरी भएर जबरजस्ती देशबाट धपायो । पुर्ख्याैली घर नेपाल पुगेका उनीहरूले त्याँहा पनि वर्षाैंसम्म शरणार्थीको दर्जा पाए,अपमान झेले र विलयको पर्खाल नाघ्न बाध्य भए । यस्तो दुःखद राजनीति झेलेका भए पनि नेपाली भाषी भुटानीहरूको तन,मन भने सदैव नेपाली नै रह्यो । नेपाली भाषा,साहित्य,सङ्गीत,कला र समाजका क्षेत्रमा देखिएको नेपाली भाषी भुटानीहरूको उपस्थिति उनीहरूको नेपाली पहिचानको स्वर्ण दस्ताका रूपमा सदयाैंदेखि दाखेल छ ।

राकेश काफ्लेका एकल शब्द/रचनामा रमेश कडेलको एकल एल्बम “प्रयास” ले अमेरिका र डायसपोरामा रहेको नेपाली गीतसंगीतको बजार कब्जा गर्दै गरेको अहिलेको वर्तमान पनि भुटानीहरूको नेपाली संगीति फाँटको सफलता,प्रगति र सम्राज्यको एउटा दर्बिलो धरोहर हो ।

नेपाली भाषी भुटानी युवा गीतकार राकेश काफ्लेका एकल शब्द/रचनाहरू अनि नवा उदायमान गायक रमेश कडेलको एकल आवाजमा विभिन्न भावमा संगृहित “प्रयास” गीत तथा गजलहरूको संगालो एल्वम चाँडै आउने जानकारी प्राप्त भएको छ । उक्त सङ्कलनमा एक गजल र पाँच समसामयिक आधुनिक गीतहरू रहेको गीतकार राकेश काफ्लेले बताउनु भयो ।

“यो सहर मैले छाडेपछि..”,”न्यु योर्क सहरमा” र “तिम्रो लजाउने style बेग्लै” नामक गीतहरूमा सङ्गीत साधना सङ्गीतकार/गायक सी.डी विजय अधिकारीले भरेका छन् भने सङ्गीत संयोजन क्रमश किरण कडेल,उदयराज पौडेल र राजु कार्कीले गरेका छन्।”मुटु फोरी जानेलाई” गीतमा सङ्गीतकार राजु कार्कीले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन विष्णु अधिकारी गरेका छन्। त्यस्तै “डिम्पल गालैमा” बोलको गीतमा सङ्गीतकार वसन्त सापकोटाले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन उदयराज पौडेलले गरेका छन् र “हर्रा बोटे साईली” बोलको गीतमा सङ्गीतकार रमन गायकले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन महाराज थापाले गरेका छन्,गीतकार राकेश काफ्लेले बताउनु भयो ।

सधैँ युवा प्रतिभाहरूलाई अगाडी ल्याउने क्रममा, यसपल्ट भने युवा सुमधुर स्वारका धनी गायक रमेश कडेललाई यस एल्वम मार्फत अगि बढ़ाउदै छन् गीतकार काफ्ले । काफ्ले भन्छन्,” बल्न कोसिस वा बली उज्यालो छर्न सक्ने क्षमता भएका दियो बाल्ने मेरो इच्छ र प्रयास सधा रहनेछ, त्यसैको निरन्तरता हो “प्रयास” एल्वम पनि।” गीतकार काफ्ले थप्छन्,” नवा युवा गायक रमेश कडेल एक नक्षत्र भई नेपाली साङ्गीतिक आकाशमा सधा चम्किने छन्, यो मेरो विश्वास हो।” यस एल्बमलाई कँडेल परिवारले निजीरूपमा बजारमा ल्याउन लागेको गायक रमेश कँडेलले बताउनु भयो । rakesh-kafle-cd

यही एल्बम प्रकाशन विषयको एक प्रसङ्गमा भुटानी साहित्यकार पुरानाघरेले भने,”शरणार्थीका रूपमा तेस्रो देश पुगेका युवाहरूले निजिरूपमा चाैतर्फी विकास गरिरहेका छन् । भुटानीहरूको साहित्य,सङ्गीत र समाज जता पनि माहोल मर्दैछ दिन दिनै तर पनि निजिरूपमा अत्यान्त धेरै प्रतिभाहरू आइरहेका छन् । त्यसो भएको हुनाले भविष्यमा डायसपोरामा रहेका भुटानीहरूको साहित्य,सङ्गीत र समाजमा प्रतिनिधि माहोल निर्माण हुने विषयमा म आसावादी छु । ”

चिराङ भुटानमा देवी र दमन्ता कँडेलका माईला सन्तानका रूपमा २५ वर्ष अगाडि जन्मिएका रमेशले भुटानबाट लखेटिएर नेपालमा पहिलो मृत्यु तगेका सबै नेपाली भाषी भुटानीहरूका पिडा पचाएका छन् । नरम बोली, अन्तरमुखी स्वभाव, त्यागी विचार र मिलासार चरित्रका उज्जवल प्रतिभाका रूपमा स्थापित हुँदै गरेका कँडेल अहिले अमेरिकाको भर्जिनिया राज्यमा बस्छन र समग्र अमेरिकालाई कर्म थलो बनाउनु निकै लागि परिरहेका देखिन्छन् ।

भवसागर जस्तै ठुलो देश अमेरिकामा थोरै नेपाली भाषीहरू, नगन्य साङ्गीतिक माहोल, सुशुप्त साङ्गीतिक भविष्य र दैनिकीका वावजुद पनि केही वर्ष यता निरन्तर चर्चामा रहेका कँडेल २०१५ मा सक्षम समूहको प्रस्तुति “वर्षा वेस्ट पर्फरमर” मा पहिलो स्थान चुम्न सफल भएका थिए ।

त्यसो त सन १९८०को दशकमा भुटानको तानाशाही रातन्त्रले नेपाली मूलका नागरिकका विरुद्धमा अख्तियार गरेको जातीय सफाय नीतिको सिकाएर भएर सन १९८८देखि १९९३ सालसम्म भूटानमबाट लखेटिएका नेपाली मूलका भुटानी नागरिकहरूले नेपालका पूर्वी झापा र मोरङका सात शरणार्थी शिविरहरूमा २० वर्षसम्म घरदेश जाने सपनामा सुनाैलो भाग्यको कल्पना संगाल्दा पनि केही सिपार नलागेपछि नेपालमा रहेका भुटानी शरणार्थीहरूलाई तेस्रो देश पुनरबास गरार्इएपछि शरणार्थीहरूले विभिन्न पक्षमा चमत्कार नै देखाएको विज्ञहरू बताउँछन ।

कला क्षेत्रमा सानैदेखि मेधावी प्रमाणित युवा राकेश काफ्ले पुनरबास कार्यक्रमपछि बहुप्रतिभावान स्थापित भएका छन् त्यसो त क्षमता र विद्वता हुँदा हुँदै पनि शरणार्थी शिविरमा कैद भएका शरणार्थी युवाहरू पुनरबास कार्यक्रमसँगसँगै संसारका विभिन्न कुनामा डायसोरा नामको भुटान लिएर भूगोलभरि उभिइरहेका पाइन्छन ।

CDM Music Creation ले बजार व्यवस्थापन गरी बजारमा ल्याइएको “प्रयास”ले,गीतकार काफ्लेको एकल शब्द/रचना रहेको “तुलसी मन्जरी”लेझैं,”प्रयास”ले चर्चा बोटुल्छ-बोटुल्दैन त्यो भने हेर्न बाकी नै छ। गीतकार काफ्ले र गायक रमेश कडेललाई हाम्रो पनि अग्रिम शुभकामना।

Loading...

यसमा तपाइको मत