अमेरिकामा महिला तथा पुरुषले जीवनमा कति पटक सम्म विवाह गर्छन् ?

विजय थापा ,वासिङ्टन डिसी

लेखको शीर्षकमा आँखा जान साथ कौतुहलता जाग्न सक्छ ? वास्तविकतामा के रहेछ भन्दै एक पटक यसो नजर दिउ कि भन्ने पनि हुन् सक्छ ? अनि आ-आफ्नै तर्कको झटारो हान्न पनि मन पर्छ ? अमेरिकामा जस्तो देशमा यस्तो जानकारी दिई रहनु पर्ला त भन्ने लाग्न पनि सक्छ ?

यसै सेरोफेरोमा रही केही तथांक समेत प्रस्तुत गर्ने जमर्को गर्दछु l कति पटक प्रेम हुन्छ भन्ने सवालको यो पंक्तिकार सँग जवाफ छैन l त्यी कुराहरू नितान्त व्यक्तिगत हुन् l अमेरिकामा दोस्रो विवाह भनेको एकदम सामान्य रूपमा लिइन्छ l तर स्मरण रहोस् ,विश्व व्यापी रूपमा आएको यो बाढीले हाम्रो जस्तो मुलुकमा पनि ठुलो बिकराल लिदैछ भन्दा कुनै आश्चर्य मान्नु पर्दैन l तपाईँ हाम्रै परिवारमा यस्ता घटना घटेका छन् l अनौठो पनि मान्नु पर्दैन l सशक्तिकरण को कारण यस्तो हुन जान्छ l

वि–वाह अर्थात् यसको शाब्दिक अर्थ विशेष रूपले उत्तरदायित्वको बहन गर्नु हुन आउँछ । सबै धर्ममा विवाहको ठुलो महत्त्व हुन्छ l अन्य धर्ममा विवाह भनेको पति र पत्निका बिचमा एक प्रकारको सम्झौता जस्तो पनि हुन्छ, जसलाई खास विशेष अवस्थामा भत्काउन पनि सकिन्छ तर हिन्दु विवाहमा लोग्ने र स्वास्नी बिच जन्म–जन्मान्तरको सम्बन्ध हुन्छ जसलाई कुनै पनि अवस्थामा तोड्न सकिन्न ।

अग्निको सातफेरा लिदै ध्रुवतारालाई साक्षी राखी दुई तन ,मन तथा आत्मा एक पवित्र बन्धनमा बाँधिन्छन् । हिन्दु धर्ममा पति पत्निका बिच शारीरिक सम्बन्ध भन्दा आत्मिक सम्बन्धलाई मान्यता दिइन्छ l यो सम्बन्धलाई अत्यन्तै पवित्र सम्बन्ध मानिएको छ ।

हिन्दु मान्यताका अनुसार गृहस्थ आश्रमको लागि पाणिग्रहण संस्कार अर्थात् विवाह नितान्त आवश्यक छ । हिन्दु विवाहमा शारीरिक सम्बन्ध केवल बंशवृद्धिको उद्देश्यका लागि मात्र हुन्छ ।

अमेरिकाको जन गणना विभागको २००९ को तथांक अनुसार पुरुष ३३ प्रतिशत पुरुषले कहिले विवाह गरेका छैनन् भनी देखाएको छ l यसै गरी पुरुषले जीवनमा एक पटक मात्र विवाह गर्नेको प्रतिशत ५२.३ देखाएको छ l अमेरिकामा १० जना बिबाहित जोडी मध्ये ६ जनाले सम्बन्ध बिच्छेद गर्ने हुनाले जीवनमा दुई पटक विवाह गर्ने पुरुष ११.६ प्रतिशत देखाएको छ l त्यसमा पनि अझ चित्त नबुझे पछि ३ पटक र त्यो भन्दा ज्यादा विवाह गर्ने ३. १ प्रतिशत रहेको आंकडा देखाएको छ l

पुरुषको तुलनामा महिलाले विवाह गर्ने सवालमा प्रतिशतमा निकै कम देखाएको छ l पुरुष भन्दा महिला विवाह गर्न र सुरक्षित हुन् चाहन्छन l र ,अबिबाहित महिला र जीवनमा विवाह नगर्ने महिलाको प्रतिशत २७.२ देखाएको छ l महिलाले विवाह गर्नेको प्रतिशत पुरुष भन्दा प्रतिशतमा ज्यादा देखाएको छ l महिलाले ५७.५ प्रतिशतले एक पटक विवाह गर्ने आँकडा प्रस्तुत गरेको छ l

महिला हत्पत्त दोस्रो पटक वैवाहिक सम्बन्धमा गासिन चाहदैनन् l पुरुषको कारणले सम्बन्ध बिच्छेद गरेको आरोप लाग्ने पनि गर्छ तर पनि दोस्रो पटक विवाह महिलाको प्रतिशत भने केवल १२. १ मात्र रहेको छ l दोस्रो विवाह पछि पटक पटक विवाह महिलाले पनि गर्दछन् l तीन पटक भन्दा ज्यादा विवाह गर्ने मामलामा महिलाले पुरुषलाई प्रतिशतमा उछिनेका छन् l केवल शून्य दसमलव १ प्रतिशतले पुरुषलाई पछाडि पार्दै 3.२ प्रतिशत महिला तीन पटक भन्दा ज्यादा विवाह गरेको तथ्याङ्कले देखाएको छ l

विवाह सम्बन्धी अझ रोचक जानकारी यस्ता पनि रहेका छन् l विवाह सम्बन्धी अनेकौ किर्तिमान भएका छन् l एक बरिष्ट वृद्ध जोडी हर्बर्ट र जेलमाईरा जसले किर्तिमान कायम गर्न सफल भएका थिए l फेब्रुअरी २७ ,२०११ मा उनीहरूको विवाह सबै भन्दा लामो ८६ वर्ष ९ महिना सम्म टिकेको थियो l तर दुर्भाग्यवश १ सय ६ वर्षको उमेरमा पुरुष वृद्धको मृत्यु भयो l

यसै गरी सबै भन्दा छोटो विवाह टिक्न गएको किर्तिमान हली वुडका कलाकार रुडोल्फ भ्याललेनटिनो तथा कलाकार जिन आकरको रहेको छ l आज भन्दा झन्डै १ सय वर्ष अगाडी १९१९ मा भएको सम्बन्ध बिच्छेद अलिक आश्चर्यजनक छ l विवाह गरेको आधा घण्टा (२० मिनेट )भन्दा पनि कम समयमा बेहुलाले बेहुली छोडी घर गएर समबन्ध बिच्छेदको कागजात गरी सम्बन्ध बिच्छेद गरेको किर्तिमान छ l

यसै गरी झन्डै २ दर्जन पटक भन्दा ज्यादा विवाह गर्नेमा एक महिला भएको इतिहास छ l लिन्डा वोल्फ़ नाम गरेकी हजुरआमालले पहिलो पटक १६ वर्षमा विवाह गरे पछि पटक पटक विवाह २३ पटक गरेको किर्तिमान छ l उन्ले अन्तर्वार्तामा विवाह गरी प्रेमलिला गर्न लत लागेको बताएकी थिइन् l

बरटि तथा जेसी नाम गरेका वृद्ध दम्पत्तिले विवाह गरेको ३६ पछि ९८ वर्षको उमेर सम्बन्ध बिच्छेद गरेका थिए l १ सय वर्ष पुग्न केवल २ वर्ष हुँदा यसो गरी विश्व कीर्तिमानी गिनिज पुस्तकमा नाम लेखाएका थिए l किन बुढेस कालमा पार पाचुके गरेका हुन् भन्ने अज्ञात रहेको छ

ग्लिन वोल्फ़ नामक एक पुरुषले सबैलाई आश्चर्य बनाई दिएका थिए l उनले लिन्डा नामक महिलालाई बेहुली मान्दै आफूलाई विश्व कै सबै भन्दा ज्यादा २९ पटक विवाह गर्ने पुरुष भनी दाबी गरेका थिए l उनी अहिले जीवित छैनन् l

Published on September 25, 2016 at 3:38 pm

Loading...

यसमा तपाइको मत