द्वन्दकालमा मारिएका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको फैसला आज

विआरटी नेपाल सम्बाददाता- चितवन, ९ असोज

२०६१ जेठ २४ गते हत्या गरिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणको फैसला आज हुँदैछ । चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालले प्रमाण बुझ्ने र बकपत्र लिने काम सकिए पछि हत्या प्रकरणको फैसला आज हुने भएको हो ।

अधिकारी हत्याको अभियोगमा पक्राउ परेका छविलाल पौडेल र भीमसेन पौडेललाई चितवन जिल्ला अदालतले धरौटी सहित तारेखमा रिहा गरेको थियो भने फरार ११ जना अभियुक्तलाई वारेन्ट र म्यादी पुर्जी जारी गर्ने आदेश पनि अदालतले दिएको थियो ।

आरोपी मध्य छविलाल पौडेललाई २० हजार रुपैयाँ र भीमसेन पौडेललाई २७ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको थियो ।अदालतले मुलुकी ऐन अदालती बन्दोबस्ती महलको ११८ को देहायको ५ र १० बमोजिम धरौटी माग गरी आरोपीद्धयलाई रिहा गर्ने आदेश दिएको थियो । यस घटनामा संलग्न भनिएका दुईजना अझै सम्पर्कमा आएका छैनन् ।

छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही माग गर्दै लामो समयदेखी अनशनमा बस्दै आएकी भएकी गंगामाया अधिकारीले गएको भदौ २७ गते अनशन तोडिेकी थिईन् भने अनसन बसेकै अवस्थामा कृष्णप्रसादका पीता नन्द प्रसाद अधिकारीको मृत्यु भै सकेको छ ।

गएको असोज २ गते चितवन जिल्ला अदालतको श्रेष्तेदार सहितको टोलीले वीर अस्पतालमै पुगेर गंगामायासँग बकपत्र गरेको थियो ।

२०६१ जेठ २४ गते कृष्णप्रसाद अधिकारीको चितवनको रत्ननगरमा हत्या भएको थियो । अधिकारी दम्पती र दाजु नुर प्रसादले कृष्णप्रसादको हत्या माओवादीबाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाइ नुरप्रसादले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ ९१० अनुसारको माग दावी गर्दै चितवन जिल्ला अदालतमा १३ जना विरुद्ध अभियोग पत्र दर्ता भएको थियो ।१३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए ।

पूर्वी चितवनको रत्ननगरमा रहेका आफ्ना हजुरबुबालाई भेट्न गएका कृष्णप्रसादको २०६१ जेठ २४ गते रत्ननगर १ बकुलहर चोकमा अपहरणपछि गोली हानी हत्या गरिएको थियो ।

Published on September 25, 2016 at 12:50 am

Loading...

यसमा तपाइको मत