दसैँ र जेष्ठनागरीक प्रति युवाहरूको दायित्व

निशा अर्याल, इजरायल

यदि हामी अर्थात् तन्नेरी समाज परिवारका निम्ति शक्तिका स्वरूप हो भने अभिभावक अर्थात् बुढा पाका समाज, परिवारका निम्ति ज्ञान स्वरूप हुन । हामी तन्नेरीहरूको शक्ति बिना समाज एवं परिवारको निर्वहन कठिन मात्र होइन कि असम्भव हुन्छ । वास्तवमा भन्ने हो भने हामी तन्नेरीहरूको शक्ति पूर्णता द्योतक हुन्छ बिना बुढा पाकाहरूको ज्ञान नै । पूर्णता नै शक्ति र ज्ञान दुवैको मेलबाट आउन सक्छ ।

तर , अत्यन्त दुखका साथ भन्नू पर्दा वर्तमान युगका हामी तन्नेरीहरूमा बुढा पाकाहरू प्रति सम्मानको भाव तीव्र गतिबाट लोप हुँदैछ । उनीहरू प्रतिको हेराई,गराई,सम्मान प्रतिको कमीले परिणाम स्वरूप बुढा पाकाहरूको अवस्था अत्यन्त पीडामय भई रहेको छ । । परिवारमा आज प्रत्येक व्यक्ति आफ्ना बुढा पाकाहरूलाई बोझ सम्झन लागेका छौँ । आजको मानिस पालतु जानवरको हेरचाह त गर्छ तर बुढापाकाहरूको हेर विचार,उनीहरूको दुख, सुख ,पिडामा ,असक्तमा साथ दिन उनीहरूको अनुहारमा हासो,खुसी ल्याउन ,बुढो अवस्थामा उनीहरूको साहारा बन्न झिनो मान्द्छौ र उनीहरूले हाम्रो लागि गरेका हरेक खुसीको त्यागलाई सजिलै बिर्सिएर हेला गर्द्छौ यथार्थमा तीनै बुढा पाकाहरूले औंला समाएर हिड्न सिखाएका र आज हामीलाई शिक्षा दिँदै संसार देखाइ यो स्थितिमा पुर्याएका छन् कि उ परिवार प्रति आफ्नो जिम्मेवारीलाई बहन गर्न सकोस । भन्ने हो भने यस्तो स्थितिको लागि जति दोषी हामी तन्नेरीहरू छौँ त्यो भन्दा बढी दोषी हाम्रो शिक्षा प्रणाली छ । हाम्रो वर्तमान शिक्षा प्रणालीमा बुढा पाकाहरूलाई सम्मान गर्ने शिक्षा दिने जस्ता कुराको स्थान नै छैन ।

जब कि शिक्षाबाट संस्कार बन्दछ र संस्कारबाट विचार । विचारको मूल शिक्षा नै हो ।आजका हामी तन्नेरीहरूमा बुढापाका असक्तहरू प्रति अवहेलनाको जुन विचार भरिएको छ त्यो तिनीहरूको शिक्षाको नै देन हो । यस कुरालाई हामीले नकार्न पनि सकिदैनौ कि जब देखि यस संसारको प्रादुर्भाव (जन्म) भयो त्यसै बेला देखि नै युवावस्था र बृद्धावस्था बिचमा एउटा गहिरो खाड़ल हुन पुग्यो । यही कारण हो कि यस खाडलको गहराईलाई कम गर्नका लागि नेपाली शिक्षा पद्धतिमा माता – पिता , गुरु तथा अन्य गुरूजनहरूलाई देवतुल्य पुज्य मान्ने शिक्षा दिन्थ्यो । र ,गुरूजनहरूले आफ्ना सन्तानहरू शिष्यहरू आदिलाई यथोचित आर्शीवाद एवं स्नेह प्रदान गर्ने प्रावधान राखिएको थियो । हाम्रा पूर्वजहरूलाई हामी तन्नेरी र बुढा पाकाहरूका बिचको खाडलको विषयमा भलीभाँति ज्ञान थियो । यस कारण सन्यास तथा बानप्रस्थ आश्रमहरूको परिकल्पना गरिएको थियो । आज आवश्यकता छ यस कुरालाई हामीले गहन रूपमा बुझ्न , बुढा पाकाहरूको अनुभव परिवार तथा समाजका लागि सर्वाधिक उपयोगी छ भनेर । उनीहरूको अनुभव तथा ज्ञानको उपयोग गरेर नै हामी तन्नेरी वर्ग अत्यधिक लाभान्वित हुन सक्छौ। अघि बढन सक्छौँ । हामी तन्नेरी वर्गले पनि बुझ्नु पर्छ कि बुढा पाकाहरूलाई अपमान तथा अवहेलना गर्नु लाज मर्नु कुरा हो भनेर । बुढा पाकाहरूको सम्मान गर्नु , उनीहरूको आवश्यकताहरूको पूर्ति गर्नु तथा उनीहरूको रेख देख गर्नु हामी तन्नेरीहरूको महत्त्वपूर्ण दायित्व हो । यसै प्रसङ्गलाई म आउँदै गरेको दसैँ लाई जोड्न चाहन्छु |

दसौँ बडो जोसिलो र उमंगले भरिएको शब्द हो । भनिन्छ लेख्नै नै मनमा खुसीको भाव आउन थाल्छ । तर कसको ? तपाईँको कि मेरो ? सबैको त न भन्नुहोस किन भने मनमा के आउँछ त्यस्तो त निश्चित रूपबाट हामी केही भन्न सक्दैनौ । तर , अँहो ! बढी भन्दा बढी जान्ने कोसिस गर्दै रहनु होस् ।

काठमाणडू जस्तो महानगरपालि भित्र त दसैँ सबैका लागि अलग अलग रूपबाट आउँछ भने गाउँ घरमा त्यै पनि आजको देशको अवस्था जो भूकम्पपिडित छ जसको घरबारविहीन छ्न उनीहरूलाई दसैँ कसरी आएको होला? यस अर्थमा सबका लागि अलग अलग दसैँ आउने त होइन तर जसको एउटा छाप्रो सम्म छैन जो कष्टमा बाँचिरहेका ठुलो जनसङ्ख्या चार्ड पर्वको यस्तो अवसर मात्र हुन्छ जब उनीहरू आफ्ना लागि दुई छाक दाल, भात, डुकुको जोहो र शान्तिको निद्रा पाउन सफल हुन्छन् । कसैलाई यो कुनै चार्ड पर्व होस वा कुनै दसैँ, तिहार उनीहरूका लागि एउटै हो । जसरी बिहान भाले बाँसेको नछाड्दै एक डोको बेलौतीको भारी बोकेर तम्घाँस तिर हिडेकी दर्लामचौक की ८० बर्षीया रूपकलालाई दसैँमा नुन भुटुनको जोहो कसरी गर्ने हो भन्ने चिन्ता छ ।

औंला भाँच्दै भनिन ‘ चार विष ‘ जवाफ दिने उनलाई दसैँमा दुई चार सय कमाएर दिने कोही छैन । चार वर्ष अघि श्रीमानको मृत्यु भएर एकल बनेकी उनी तिन छोराहरू भारतमा भए पनि आफ्नो दुख न देख्ने गरेको बताउँछिन । १० वर्ष भयो छोराहरू दिल्ली तिर हिड्न थालेको रूपकलाले भनिन । उनीहरूको ज्यान पाल्दैमा ठीक्क छ , म बुढीको दुख देख्ने कोही छैन ।

सम्पन्न परिवारको घरघरमा खसी र बोका तयारी हुँदा उनीहरूका लागि एक किलो मासु, नुन तेल , चामल – सामलको जोहो गर्न परेको त्यो मुस्किल नियाल्नु सक्ने हो भने दसैँ मितव्ययी बनांउन सकिन्थ्यो कि

Published on September 24, 2016 at 10:30 am

Loading...

यसमा तपाइको मत