अमेरिकामा ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

रासस

नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बिआरटिनेपाल डटकमले नोभेम्बर महिनाको १२ तारिखमा अमेरिकाको कोलोराडोमा ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गर्न गईरहेका छन ।

नेपाली चलचित्रलाई विश्वमा चिनाउनको लागि सो कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक नायक नबराज श्रेष्ठले राससलाई बताए । उत्कृष्ट फिल्म, उत्कृष्ट नायक तथा नायिका, सहयोगी नायक तथा नायिका, वर्ष हास्य कलाकार, निर्देशक, लाइफटाइम एचिभमेन्ट गरी आठ ओटा विधामा प्रदान गरिने अवार्डको दोस्रो संस्करणमा केही विधाहरु थप गरिने योजना रहेको छ ।

कार्यक्रममा अमेरिका, नेपाल र विश्वका अन्य क्षेत्रमा रहेका कलाकारहरूको विशेष उपस्थिति रहने आयोजकले जानकारी दिए ।

अन्य बिस्तृत जानकारीको लागि ?http://globalnepalifilmaward.com/ मा जान सकिने छ ।

Published on September 24, 2016 at 10:10 am

Loading...

यसमा तपाइको मत