अनेसास राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार किरण खरेललाई प्रदान गर्ने निर्णय

विआरटी नेपाल सम्बाददाता,

Published on September 24, 2016 at 9:57 am

logo1

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले राष्ट्रकवि माधव घिमिरेको ९८ औ जन्मोत्सवको अवसरमा “अनेसास राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार” को स्थापना गरेको छ ।

सो पुरस्कार नेपाली गीत सिर्जना, सङ्गीत र गायनको क्षेत्रमा योगदान पुर्‍याउने मध्धे एक जना स्रष्टालाई प्रदान गर्ने नीतिनुसार यो वर्ष वरिष्ठ गीतकार किरण खरेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । सो पुरस्कारमा नगद एक्काइस हजार र सम्मानपत्रको व्यवस्था गरिएको छ ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको निर्णायक समितिको बैठकले सो निर्णय गरेको हो । निर्णायक समितिका अन्य सदस्यहरूमा क्रमशः वरिष्ठ गीतकारहरु प्राज्ञ उन्नति बोहरा शीला र उषा शेरचन रहनु भएको छ ।

पुरस्कारको लागि प्राज्ञ उन्नति बोहरा शीलाले एक लाखको अक्षयकोषको स्थापना गर्नु भएको छ ।

Loading...

यसमा तपाइको मत