सृजना उत्सव ‘क्रिएटिभ ब्रिज’मा सहभागी हुन ८ राष्ट्रका कवि, चित्रकार नेपालमा

विआरटी नेपाल सम्बाददाता-काठमाडौं, ८ असोज

नेपालमा हुने सृजना उत्सव’ क्रिएटिभ ब्रिज’मा सहभागी हुन ८  राष्ट्रबाट चित्रकार र कविहरु नेपाल आएका छन् । जरा फाउण्डेसन नेपालले आयोजना गरेको चार दिने अन्तराष्ट्रिय चित्रकला प्रर्दशनी र कवि सम्मेलनमा सहभागी हुन बिभिन्न आठ राष्ट्रबाट चित्रकार र कविहरु नेपाल आएका हुन् ।

आईतवारबाट सुरु हुने अन्तराष्ट्रिय चित्रकला प्रर्दशनी तथा अन्तराष्ट्रिय कवि सम्मेलनमा नेपाल लगाएत भारत, बंगलादेश, म्यानमार, भुटान, थाईल्याण्ड , जर्मनी, चिन र दक्षिण कोरीयाका कवि र चित्रकारहरु सहभागी हुँदै छन्।

असोज ८ गते आईतवार दिउँसो २ बजेबाट सुरु हुने सृजना उत्सव’ क्रिएटिभ ब्रिज’लाई दुई चरणमा बाँढिएको छ । जसमा असोज ८ ९ १० गते नेपाल आर्ट काउन्सील बबरमहलमा नेपाल लगाएत ९ राष्ट्रका चित्रकारले आफ्ना चित्रकला र चित्रहरु प्रर्दशन गर्ने छन् भने असोज ११ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सहभागी कविहरुले आफ्ना सृजनाहरु प्रस्तुत गर्ने छन् ।

Published on September 24, 2016 at 7:06 am

Loading...

यसमा तपाइको मत