खेलकुदमा राजनीति भित्राउनु गलत हो-उर्जामन्त्री शर्मा

विआरटी नेपाल सम्बाददाता- भक्तपुर, ८ असोज

उर्जा मन्त्री जनार्दन शर्माले खेलकुदमा राजनीति भित्राउनु गलत भएको बताउनु भएको छ । मध्यपुरमा आज आयोजित एक दिने प्रथम सितेरियो सोबुकान खुल्ला राष्ट्रब्यापी कराते प्रतियोगिताको उद्घाटनमा बोल्दै शर्माले खेलकुदमा राजनीति गर्दा खेल क्षेत्रको बिकासमा अबरोध पुग्ने बताउनु भएको हो ।

उहाँले खेलकुद मार्फत भक्तपुर जिल्लाको पर्यटनमा समेत बिकास गर्न सकिने बताउनु भयो ।unnamed-2

सरकारसँग समस्या नै समस्या रहेको भन्दै पुनर्निर्माणको काममा खेलाडीहरुको समेत सहभागिता रहे उत्तम हुने भन्दै स्थानिय तहको निर्वाचनका सवालमा समस्या समाधान गर्दै सरकार अघि बढेको उहाँले बताउनु भयो ।

उपत्यका लगायत बिभिन्न आठ जिल्लाका एक सय असी भन्दा बढी खेलाडी सहभागी रहेको खेलमा बिभिन्न बिधामा प्रतिस्पर्धा भएको आयोजक तथा रेफ्रि सजन श्रेष्ठले बताउनु भयो । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको छ ।

Published on September 24, 2016 at 6:08 am

Loading...

यसमा तपाइको मत