मानवअधिकार आयोगद्वारा रेडियो धादिङको भवनमा डोजर चलाउने दोशीलाई कारबाहीको माग(वि.)

विआरटी नेपाल सम्बाददाता-काठमाडौं, ७ असोज

माईतीघर मण्डलामा आज दिउसो तीन बजे कालो पट्टी सहित प्रदर्शन

 

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले आक्रमण शैलीमा सामुदायिक रेडियो धादिङको भवन भत्काएको घटनाले प्रेस स्वतन्त्र र मानव अधिकार हनन भएको भन्दै तत्काल दोशीलाई कारबाही गर्न सिफारिस गर्ने बताउनु भएको छ । सामुदायिक प्रसारक संघको नेतृत्वमा गएको बिभिन्न रेडियोकर्मी तथा पत्रकारहरुको संगठनका प्रतिनिधिहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै शर्माले यस घटनाको आयोगले तत्काल अनुसन्धान सुरु गर्ने पनि बताउनु भयो ।

आयोगका सदश्य एवं प्रवक्ता मोहना अन्सारीले रेडियो भित्र सुतेका व्यक्तिलाई समेत थाहा नै नदिई भवनमा डोजर प्रयोग गर्नु निन्दनिय घटना भएको बताउनु भयो । ज्ञापन पत्र बुझाउदै सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मोहन चापागाईले रेडियोकर्मी सुतिरहेका बेला बिहान ४ बजे जिल्ला वन कार्यालय धादिङको अगुवाईमा शसस्त्र र जनपद प्रहरीको टोलीले रेडियो धादिङ १०६ मेगाहर्जको भवन भत्काइदिएको घटनाले लोकतन्त्रकै उपहास गरेको बताउनु भयो ।

पूर्वसहमति विपरित कुनैपनि जानकारी नै नदिइ बिहान ४ बजे जिल्ला वन कार्यालयले भवन भत्काएको रेडियोले जनाएको छ । रेडियोका सामान झिक्न नदिइकन आक्रमण शैलीमा भवन भत्काइएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले सुतिरहेका अवस्थामा लछार पछार गरेर कर्मचारी, रेडियोकर्मी निकाल्दा केही घाइते भएका छन् । प्रहरीको टोलीले कर्मचारीमाथि दुब्र्यबहार पनि गरेको छ ।

यस घटनाका दोशिलाई कारबाहिको माग गर्दै आयोगले प्रेश बिज्ञप्ती पनि जारी गरेको छ भने   जनतालाई सूचनाबाट बन्चित हुनेगरि रेडियोमाथि आक्रमण गर्नु निन्दीय भएको भन्दै सामुदायिक रेडियो प्रसारक संघ, मिडिया सोसाईटी नेपाल, बान, अमार्क लगायतका विभिन्न संघसस्थाले पनि संयुक्त बिज्ञप्ती निकालेका छन् ।

सरकारी जग्गामा भवन बनाएकाले भत्काएको जिल्ला वन कार्यालयले जनाएको छ । तर रेडियोले भने भूकम्पले भवनमा क्षति पुगेपछि वन कार्यालय लगायत सरकारी निकायकै अनुमति र लिखित सहमतिमा भवन बनाएको हो ।

यसैबीच सामुदायिक रेडियो धादिङको भवन भत्काएको घटनाले प्रेस स्वतन्त्र र मानवअधिकार हनन भएको भन्दै तत्काल दोशीलाई कारबाही गर्न माग गर्दै रेडियोकर्मी, पत्रकार र मानवअधिकारकर्मीहरु माईतीघर मण्डलामा आज दिउसो तीन बजे कालो पट्टी सहित प्रदर्शनमा उत्रदैछन् ।

राष्ट्रिय मानबअधिकार आयोगले जारी गरेका प्रेश विज्ञप्ती

nhrc-press-release-regarding-with-dhading-fm-and-safe-house-2073-06-07

Published on September 23, 2016 at 3:53 am

Loading...

यसमा तपाइको मत