पहिलो प्रेमिकालाई बुझ्नै सकिन,उनीले बिहे गरिन अर्कैसँग

-रामभक्त राई

म ८ कक्षामा पढदै थिए मलाई प्रेम के हो प्रेमिका के हो केही थाहा थिएन म अनभिग्य थिए । प्रेमको दुनियाँबाट किनकि म भर्खर १३ वर्षको थिए। मसङ्गै पढने केटी मेरो साथी साह्रै राम्री थिई तर मैले उनीलाई कहिल्यै प्रेमी बनाउछु भनेर कल्पना पनि गरेको थिइन। हाम्रो त्रैमासिक परीक्षा सिद्दिएर घर जाने बेलामा उनले रवि यता आउत भनेर बोलाइन। किन होला भनेर गए। उनले रोजिले देको चिट्ठी घरमा गएर हेर्नु ल भनेर मलाई एउटा चिट्ठी दिई। मैले पनि होला भन्ठाने उनीलाई विश्वास गरेर घरमा गए अनि बेलुका सुत्ने बेला के लेखिकी रहिछे रोजिले भनेर पढे चिट्ठी यस्तो थियो;

प्राणप्रिय रवि
जीवनभरको प्रेम तिमीलाई

म तिमीलाई नै पल पल देख्छु झल झली मेरो आँखाको नानीमा। तिमी नै हो मेरो जीवन मेरो भविष्य म तिमी बिना बाँच्न सक्दिन। म तिमीलाई प्रेम गर्छु रवि। मुआआआ
उही तिम्रो प्रेमी
प्रेमी झरना

म त दोधारमा परे झरनाले भन्थी रोजिले देकी चिट्ठी भनेर तर चिट्ठीभित्र नाम छ झरना कै। मैले सोचे रोजिले दिमाग चाटेको होला भनेर अनि मैले त्यो चिट्ठीलाई च्यातेर फालिदिए अनि सोचे फेरी किन रोजिले एस्तो गरेकी होली किन झरनाको नाममा चिट्ठी लेखेकी होली। हाम्रो छुट्टी सिद्दियो कक्षा सुरु भयो। झरना बोलिन मसँग, रोजी कक्षा आको थिइन त्यो दिन, त्यो भएर मैले किन यस्तो गरेको तिमीले
भनेर पनि सोध्न पाएन अनि म सिधै झरनाले लेखेको भनेर पनि शङ्का गर्न सकिन। भोलि पल्ट कक्षा सुरु भयो। रोजी आइन तर झरना आइनन। मैले टिफिनको समयमा उनलाई भने किन अर्काको नाममा चिट्ठी लेखेकी मार्ला तिमीलाई झरनाले थाहा पायो भने उनले भनिन हैन मैले लेखेको छैन। उनले भनिन झरनाले भनेको तिमीलाई उनले मन पराउछ रे उनले म त छक्क परे। केही पनि भनिन चुपचाप बसे। त्यो हप्ता भरी झरना बिधालय आइनन। मलाई खासै असार गरेन, मैले वास्तै गरिन त्यो प्रेम प्रस्तावको। किनकि मलाई त्यो उनको प्रेमको मूल्य नै थाहा थिएन त्यो बेलामा ।

अर्को हप्ता बिधालय सुरु भयो, रोजी र झरना दुवै आई त्यो हप्ता सामान्य नै बित्यो। मैले पनि केही भनिन अनि रोजी र झरनाले पनि केही भनिनन। फेरी हाम्रो वार्षिक परीक्षा सुरु भयो सिद्दियो। झरनाले मलाई बोलाइन अनि भनिन मेरो चिट्ठी पढेनोउ। मैले प्रत्युत्तरमा टाउको हल्लाए पढे भनेर। उनीले सोधिन किन उत्तर नलेखेको त। मैले भने अनि दिन दिनै भेट हुने मान्छेलाई किन चिट्ठी लेख्ने त ।
उनले सोधिन मलाई माया गर्छोउ मैले भने अ अ। उनले ल अब ९ कक्षामा भेटने भनिन अनि हामी आफ्नो आफ्नो घर गयोउ।

९ कक्षाको रिजाल्ट आयो। हाम्रो कक्षा सुरु भयो। उनले मलाई फेरी प्रेमपत्र लेख्न थाली मैले उत्तर दिइन। यो क्रम झन्डै २ महिनासम्म रहयो फेरी एक दिन हाम्रो कक्षा सिद्दिय पछि रवि यहाँ आऊ त भनेर बोलाइन मलाई। म गए उनले अबबाट चिट्ठीको उत्तर दिनु भनिन मैले ल ल भने। अनि मैले पनि चिट्ठी लेख्न थाले। मेरो पहिलो प्रेमपत्र यस्तो थियो;

झरना
के लेख्नु खै चिट्ठीमा। नलेखु पनि लेख्नु भन्छोउ। सेर बहादुर सरको छोरी कति राम्री हगी, अब उु त तराई जाने रे नि पढन। अनि समिना पनि त राम्री छ नि हाम्रो कक्षामा। लल कक्षा मै बोलुला।
रवि

यो चिट्ठी पढेपछी उनीलाई उठनु रिस उठेछ, उनीले मलाई केही भनिन तर सेर बहादुर सरको छोरी र समिनासँग बाझिन खै किन हो कुन्नि। अनि मलाई अरू केटी नहेर्न भनेर चिट्ठी लेखिन बा म त छक्क परे किन अरू केटी नहेर्ने होला भनेर। बिस्तारै बिस्तारै चिट्ठी दोहोरो हुन थाल्यो। प्रत्यक दिन पत्र ओहोर दोहोर हुन थाल्यो। कक्षा ९ पनि सिद्दियो। १० कक्षाको पढाई सुरु भयो म पनि १५ वर्ष पुगी सकेको थिए
उनी म भन्दा तीन वर्ष जेठि थिई। अब म पनि प्रेम गर्न थाले उनीलाई दोहोरो प्रेम सुरु भयो । पछि पछि त एक दिन चिट्ठी आएन भने किन भनेर सोधबुझ हुन थाल्यो। हुँदा हुँदै १० कक्षा पनि सिद्दियो अनि एस् एल सी परीक्षा पनि दिईयो। परीक्षा सिद्दिएको दिन बेलुका पाच बसे सम्म बस्योउ गफ गर्दै कम्ता गाह्रो परेन एक आपसमा छोडेर जानलाई। तर एउटै गाऊ भएकोले भेट गरिरहने बच्चा गर्दै छुट्योउ अन्तत।

एस् एल सी परीक्षाको रिजल्ट आयो। मैले प्रथम श्रेणीमा पास गरे तर दुर्भाग्यवश उनीले फेल गरिन। अब सँङ्गै काठमान्डु गएर पढने सपना चकनाचुर भयो। अनि हामी दुई बिचमा रुवाबासी चल्यो तर म हामी दुई को भविष्यको लागि भनेर पढन गए एक्लै काठमान्डौ अनि उनी पनि एस्. एल. सी. को परीक्षा तयारीमा जुटिन एकबर्स पछि कलेज पढन आउने सपना बोकेर। काठमान्डौमा कलेज पढने क्रममा एउटा मेनपावर कम्पनीको एजेन्टसँग भेट भयो। उनले मकाउ जान बन्दोबस्त मिलाइदिने भयो मैले झरनालाई फोन गरे अनि भने म मकाउ जानु पर्ला आखिर यहाँ पढे पनि उही पैसा कमाउने हो। उनले पनि हुन्छ भनिन। अनि म मकाउ गए। हाम्रो फोनमा कुरा भइरहन्थ्यो अनि च्याटमा पनि।
मैले फोन गर्दा उनीले पैसा अलिक बचत गर्नु हाम्रो भविष्यको लागि भनेर भन्थिन। म पनि उसले भने झैँ पैसा बचत गर्थे। उनीले मलाई १ दिन भनिन यसरी मलाई पनि फोन धेरै नगर्नु पैसा बच्चाउन पर्छ। अनि मैले सोधे कति कतिमा फोन गर्नु त उनीले डेढ डेढ महिनामा गर्नु भनिन । म उनीलाई डेढ डेढ महिनामा फोन गर्न थाले। उनीले पनि एस्. एल. सी. परीक्षा पास गरिन। काठमान्डौको पशुपति कलेजमा। म मकाउ गएको डेढ वर्ष बितिसकेको थियो म २ वर्षमा नेपाल फर्किने थिए। उनीलाई फोन गरे उनी घर गएकी रहिछन। फेरी गफ भयो अनि उनीले मसँग सदा झैँ भविष्यको बारेमा कुरा गरिन अनि पैसा बचत गर्नु भनिन। म खुसी भए अनि फेरी आफ्नो दिन चर्यामा लागे कहिले डेढ महिना पुग्छ अनि फोन गर्ने भन्दै। डेढ महिना भयो, मैले फोन गरे उनीलाई, उनको मोबाइल फोन स्विच अफ थियो। दिन भर फोन गरे फोन अन नै भएन। ततपस्चात मैले उनको घरमा फोन गरे।

उनको आमाले फोन उठाउनु भयो। मैले नमस्ते आमा भने अनि एक्छिन गफ भयो। मैले भने झरनालाई दिनुन फोन। उनले भनिन बाबु झरनाको बिहे हिजो भयो आज उ त उनकै घरमा पो छे त म पछि आको बेला रवि बाबुले फोन गर्‍यो भन्दै हुनुहुन्थ्यो झरनाको आमाले मैले फोन राखे। अनि म बसेको बसेकै भए मेरो ओछ्यानमा त्यो दिन गएको पत्तै भएन बेलुका मेरो मोबाइलमा घन्टी बज्यो कता हो रवि काममा कतिखेर आइपुग्छोउ। मत बोल्नै सकिन उसँग पनि अनि उसले बिरामी छ कि के हो भन्यो मैले हजुर भने अनि उनले रिसाएर किन अघि बिहान नभनेको भन्यो मैले सरी भने अनि फोन राखे। त्याहाबाट त्यो दिन बाट मैले अहिलेसम्म आँफैले आँफै भित्र प्रश्न गरिरहेको छु किन उनीले मलाई यस्तो गरी किन उनको बिहे हुने बेलासम्म पनि मलाई हाम्रो भविष्यको लागि पैसा बचाउ भनी, किन मलाई मेरो बिहे हुँदैछ भनेर भनिन। यिनै अनुत्तरित प्रश्न मस्तिस्कभरी लिएर अझैसम्म कहिले स्वदेश त कहिले विदेश, कहिले सुख त कहिले दुःखमा जिरहेछु म, उनकै सम्झनामा ।

Published on September 22, 2016 at 10:23 pm

Loading...

यसमा तपाइको मत