स्याङ्गजाली रामदेवका शिष्य आचार्य बालकृष्ण भारतका सयौ धनाड्य मध्ये ४८ औ स्थानमा पर्न सफल

विजय थापा ,वासिङ्टन डिसी

Published on September 22, 2016 at 8:15 pm

balkrishan

“भगवानले जब दिनु हुन्छ भने छत फोडेर नै दिनु हुन्छ ” भन्ने भारतीय उखान निकै प्रख्यात छ l यसै गरी त्यी भाग्यशाली मध्ये कै नेपाली मूलका पुर्खौली घर नेपालको स्याङ्जा जिल्लामा जन्मेका युवा आचार्य बालकृष्ण लाई भगवानले त्यसरी झैँ दिनु भएको छ l

भारतका योग गुरु बाबा रामदेवका सहयोगी आचार्य बालकृष्ण फोर्ब्स पत्रिका अनुसार भारतका उत्कृष्ट एक सय धनी भारतीय व्यक्तिहरू मध्ये ४८ औ सूचीमा पर्न सफल भएका छन् ।

पतञ्जली आयुर्वेद कम्पनीका सहसंस्थापक को साथै प्रमुख कार्यकारी अधिकारी पनि हुन् l योग गुरु राम देवका दाहिने हात मानिने बालकृष्ण सँग भारु २५ हजार करोड अर्थात् करिब $ २.५ बिलिएन अमेरिकन डलर (अरब ) को सम्पत्ति छ l

आचार्यलाई काँग्रेस सत्तामा भएको बेलामा उनका सम्पत्ति सम्बन्धी भारतमा केन्द्रीय अन्वेषण ब्युरोले अनुसनधान गरेको थियो l पतञ्जली आयुर्वेद कम्पनीमा उनको ९७ प्रतिशत हिस्सा रहेको छ l

बाबा रामदेवले सन् २००६ मा स्थापना गरेको पतंजली आयुर्वेद भारतमा आयुर्वेदका उत्पादित उपभोग्य वस्तु बेच बिखन गर्दछ । पतंजली आयुर्वेद लिमिटेडका प्रमुख रहेका बालकृष्णलाई हुरण पत्रिकाले जनाए अनुसार ३ सय ९९ जनाको धनाड्य सूचीमा बालकृष्णलाई २६ औ स्थानमा पारेको थियो l

Loading...

यसमा तपाइको मत