एनआरएन पोर्चुगलको ११ औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

लिस्बन, पोर्चुगल ।

गैह्र-por1आवासीय नेपाली सङ्घको ११ औँ वार्षिक साधारण सभा सफलता पूर्वक भव्य रूपमा सम्पन्न भएको छ । आइसीसी सदस्य रमेश कुमार गुरुङ प्रमुख अतिथि, एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष तथा जन सम्पर्क समिति युरोपका कार्यबाहक अध्यक्ष पूर्ण हमाल, नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष नरभूपाल राई विशेष अतिथि तथा अन्य सङ्घ संस्थाका अध्यक्षहरु लगायत समाजसेवी ब्यबसायिहरु अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता एनआरएन पोर्चुगलका अध्यक्ष भीम कमल केसीले गरेका थिए ।

प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरी सुरु गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा रमेश कुमार गुरुङ, नर भुपाल राई, लक्ष्मी सापकोटा, गोविन्द पौडेल, डोलराज भण्डारी, पेम्बा गेल्बु शेर्पा, दामोदर सुबेदी, सीता बराल र धन शेर्पाले शुभ कामना मन्तव्य राखेका थिए भने उपाध्यक्ष राजन शेरचनले स्वागत मन्तव्य राखेका थिए । por

दोस्रो चरणको बन्द सत्रमा महासचिव सोम फुरी शेर्पाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुपक श्रेष्ठले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उठेका प्रश्नहरूको चित्त बुझ्दो जवाफ पछि ताली बजाएर दुवै प्रतिवेदन पास गरिएको थियो भने आकस्मिक कोष सञ्चालन कार्यबिधि र संशोधन विधान पनि वार्षिक साधारण सभाले पास गरेको थियो ।

फेसबुक तथा मिडियामा आए जस्तो आर्थिक हिनाबिनाका कुनै समस्या देखिएको थिएन भने आय तर्फ ६०,८१९.०४ यूरो र खर्च तर्फ ३९,५०९.८७ यूरो र बचत २१३०९.१७ यूरो प्रस्तुत आर्थिक प्रतिवेदनमा देखिएको थियो ।

 

Published on September 22, 2016 at 6:13 pm

Loading...

यसमा तपाइको मत