नासाको रजत महोत्सव फूलपातीको दिन

एटलान्टा, जर्जिया

Published on September 22, 2016 at 9:13 am

nasea_silver_jubilee_09-19-2016

अमेरिकाको दक्षिण पूर्वी राज्यहरूमा रहेका नेपालीहरूको छाता सङ्गठन नेपलिज् एसोसियसन इन साउथ ईष्ट अमेरिका (नासा) ले आगामी अक्टोबर ८ शनिवारका दिन जर्जियाको एटलान्टामा रजत महोत्सव मनाउने भएको छ । एटलान्टाको ग्लोबल मलमा रजत महोत्सव कार्यक्रममा संस्थाको २५ वर्षको प्रगति समीक्षा गर्दै आगामी दिनको कार्यक्रम तथा भावी रणनीति तय गर्ने कार्यक्रम रहेको छ । सो महोत्सवमा नेपाली अमेरिकन समाजमा युवाहरूको भूमिको बारेमा कार्यपत्र प्रस्तुत गर्दै व्यपाक छलफल गरिने छ । विभिन्न समयमा संस्थालाई सहयोग पुर्‍याउने सङ्घ संस्था, संस्थाका गतिविधिलाई महत्वका साथ स्थान दिने सञ्चार माध्यम र सञ्चारकर्मीका साथै पुर्वअध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

रजत महोत्सव कार्यक्रममा नेपालीहरूको महान् चाड विजयादशमीको उपलक्ष्यमा विविध सांस्कृतिक कार्यक्रमका साथै लोकदोहोरीले मनोरन्जन प्रदान गरिने छ । कार्यक्रममा स्थानीय प्रतिभाहरुको विविध मनोरन्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन हुने छ । कार्यक्रमको समापनमा विभिन्न उपहार कार्यक्रम तथा बृहत् रात्रिभोजको आयोजना गरिनेछ । महोत्सवलाई व्यापक बनाउन नासाका अध्यक्ष विमल नेपाल, कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्रााचार्य, उपाध्यक्ष तारा पुन, महासचिव शिव विष्ट, सचिव कृष्ण श्रेष्ठ, कोषाध्यक्ष पशुपति न्यौपाने, कार्यकारी समितिका सदस्यहरू सुशील नेपाल, डा निरोज बस्नेत, कृष्ण देवकोटा, गजेन्द्र अर्याल, गीर्वाण पाण्डे, नेपलिज् एसोसियसन अफ जर्जिया (नाग)का अध्यक्ष दामु डंगोल, उपाध्यक्ष केशव शर्मा, कुमार केसीलगायत तयारीमा जुटेका छन् । सो रजत महोत्सवका अवसरमा सस्थाको २५ वर्षका गतिविधि समावेश गर्दै स्मारिका प्रकाशन गरिने छ । नासाको रजत महोत्सव नेपलिज् एसोसियसन अफ जर्जिया (नाग) को संयोजनमा हुन लागेको हो । सोही दिन दशैंतिहार शुभकामना साँझमा लोक दोहोरीतर्फ सुमन बुढामगर र संगीता थापामगरका साथै आधुनिकतर्फ लोकेश गुरुड र स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ ।

Loading...

यसमा तपाइको मत