फिस तिर्न नसकेर कलेज छोड्ने अवस्थामा पुगेका अनिललाई ‘नेपाल जर्नी अमेरीका’को सहयोग

प्रकाश सिग्देल-अमेरीका ६ असोज

Published on September 21, 2016 at 11:51 am

unnamed-3

आर्थीक अभावका कारण कलेज पढन बाट बन्चित भएका काभ्रेका बिद्यार्थी अनिल लामालाई नेपाल जर्नी अमेरीकाले ३५ हजार सहयोग गरेको छ । काभ्रेको नेपाल प्रहरी उच्च माबिमा कक्षा १२ मा पढदै गरेका लामा कलेज फिस तिर्ने पैसा नभएपछि पढाई छोडनु पर्ने अवस्था आएको खवर बिद्यालयले गरेपछी नेपाल जर्नीले आर्थीक सहयोग गरेको नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेष्ठले बताउनु भयो ।

बुधबार कलेजमा एक कार्यक्रमको आयोजना गरि नेपाल जर्नीले बिद्यालयलाई ३५ हजार रुपैया हस्तान्तरण गरेको बिद्यालयका भाईस प्रिन्सिपल भरत सिग्देलले बताउनु भयो । कलेजमा दोन्द्ध पिडित असाहय र अनाथ बिद्यार्थीहरुको संख्या अधिक भएकैले कलेजले चाहेर पनि सबै बिद्यार्थीलाई निसुल्क पढाउन सक्ने अवस्था नरहेको हुदा दाताको हात थाप्नु पर्ने बाध्यता रहेको उहाको भनाई छ । प्रहरी कलेजमा सिबिल बिद्यार्थीलाई प्रहरी कल्याण कोसले छात्रबृती नदिने र त्यहा बाट आउने सिमित रकमले प्रहरी संगठन भित्रकै दन्द्ध पिडित तथा गरिवहरुलाई प्रदान गर्नु पर्ने हुदा पनि कलेजको चाहना हुदाहुदै सहयोग गर्न नसकिएको उहाको भनाई छ ।unnamed-6

संस्थाका तर्फबाट मिडिया संयोजक प्रकाश सिग्देल, चितवनका स्थानिय संयोजक मुरली गजुरेल र परोपकार प्राथमिक उपचार केन्द्र काभ्रेका अध्यक्ष भिकु लामाको सहित बिद्यालयमा पुगेको टोलीले बिद्यार्थी अनिल लामाको शैक्षिक सफलताको कामना सहित सहयोग रकम हस्तान्तरण गरेको हो । नेपाल जर्नीले आफनो शैक्षिक निरन्तरताका लागी ठुलो सहयोग गरेको भन्दै बिद्यार्थी लामाले निकै खुसि प्रकट गरे ।

बुबाले कमाएको पैसा जति रक्सि खाएर सकाउने गरेकाले आफु प्रतिभावान हुदाहुदै पनी आर्थीक अभावका कारण पढन बाट बन्चित हुनु पर्ने अवस्था सृजना हुन पुगेको उनले बताए । आफनो बिद्यार्थीका लागी नेपाल जर्नीले सहयोग गरेकाले जर्नीको सहयोगको उचित उपयोग गर्दै बिद्यार्थीको शैक्षिक बिकासमा बिद्यालय निरन्तर लागी पर्ने बिद्यालयका निमित्त प्रिन्सिपलले शुरेन्द्र बाग्लेले बताए ।

त्यस्तै सोहि बिद्यालयमा कक्षा १२ मा अध्यानरत बिद्यार्थी जानुका तामागंको आर्थीक अवस्था कमजोर रहेकाले उनलाई पनि आर्थीक सहयोगको खाचो रहेको बिद्यालयले जनाएको छ । आफनो घराको आर्थीक अवस्था निकै कमजोर रहेकाले कलेजमा फिस तिर्न नसकेको बिद्यार्थी तामागंले बताईन् ।

Loading...

यसमा तपाइको मत