नेपालमा वन्दै गरेको संविधान र एनआरएनको विधानका बारेमा वाल्टिमोरमा बिचार गोष्ठी

विआरटी नेपाल सम्बाददाता-वाल्टीमोर २१ सेप्टेम्वर

नेपालमा वन्दै गरेको संविधानका विषय सँगै एनआरएनको विधानका वारेमा अमेरिकाको वाल्टिमोरमा भएको विचार गोष्ठि सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन ) अमेरिकाको उपाध्यक्ष रविना थापाको अध्यक्षतामा वाल्टिमोरको लुम्विनि रेष्टुरेन्टको हल भित्र नेपालमा वन्दै गरेको संविधानका विषय सँगै एनआरएनको विधानका वारेमा विचार गोष्ठि सम्पन्न भएको हो ।

कार्यक्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीकी प्रवक्ता रञ्जु थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा संस्थाका संस्थापक उपाध्यक्ष डा। श्याम कार्की, वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, संस्थापक सदस्य इन्दिरा बन, पेन्सिल भेनिया तथा मेरिल्याण्ड राज्यका महावाणिज्यदूत एवं एनआरएनए एनसीसीका सल्लाहकारहार प्रेमराजा महतलगायत एनआरएनए आइसीसी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो क्रममा एनआरएनए र एनआरएनको विधान संबन्धी विभिन्न च्याप्टरलगायतका विषयमा बृहत अन्र्तक्रिया कार्यक्रम भएको भयो । कार्यक्रमको दौरानमा उठेका नेपालको संविधान, एनआरएनको भूमिका, यसको विधानलगायतका विभिन्न विषयको जिज्ञासामा कार्यक्रमकी प्रमुख अतिथि रन्जु थापाले जवाफ दिनुभएको थियो ।

एनआरएनए अमेरिकाकी उपाध्यक्ष रविना थापाको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमा सहभागी विभिन्न व्यक्तिहरुले अहिलेको अवस्थामा एनआरएनएको भूमिका र यसले आप्रवासी तथा नेपालमै रहेका नेपालीका लागि खेल्ने भूमिकालगायतको विषयमा खुलेर जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा नेपालमा नयाँ संधिवान जारी भएको १ वर्ष पुरा भएको सन्दर्भमा त्यसलाई कार्यान्वयनका लागि गैर आवासीय नेपालीहरुले खेल्नसक्ने भूमिका, त्यसमा उल्लेख गरिएको गैर आवासीय नेपालीको हक अधिकारलगायतका विषयमा प्रमुख अतिथि थापाले स्पष्ट पार्नुभएको थियो । साथै उहाँले गैरआवासीय नेपालीको तर्फबाट संविधान कार्यान्वयनका लागि यथासक्य सहयोग गर्न कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिनुभएको थियो । एनआरएनको विधान, यसका विभिन्न गतिविधि, नेपालको संविधान, यसमा गैरआवासी नेपालीको हक अधिकार, एनआरएनएको भूमिका लगायतको विषय स्पष्ट गर्न सो कार्यक्रम अत्यन्तै सफल रहेको जिकिर उपस्थित दर्शकको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष डा। श्याम कार्कीले एनआरएनएको पहिलो प्रेस विज्ञप्ति आएसीसीकी प्रवक्ता रञ्जु थापालाई हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रमको सञ्चालन एनआरएन एनसीसीकी पूर्व महासचिव विष्णुकुमारी थापाले गर्नुभएको थियो ।

Published on September 21, 2016 at 11:03 am

Loading...

यसमा तपाइको मत