मेरिल्याण्डमा चालक अनुमति पत्र लिन नेपाली भाषामा लिखित परीक्षा दिन पाउने

विजय थापा ,वासिङ्टन डिसी

आगामी अक्टोबर १ तारिख देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन चाहने नेपालीले लिखित परीक्षा नेपाली भाषामा नै दिन पाउने भएका छन् l

उक्त जानकारी गत सेप्टेम्बर १८ तारिकका दिन गैर आवासीय नेपाली सङ्घ मेरिल्याण्ड शाखाले बाल्टिमोरमा आयोजना गरेको एक विशेष कार्यक्रममा मेरिल्याण्ड एमभीए (मोटरभेहिकल एड्मिनिसट्रेसन )का प्रमुख प्रशासकीय अधिकृत क्रिस्टिन नाइजरले जानकारी गराईन l यसको साथै उनले नेपाली भाषामा लेखिएको निर्देशन पुस्तिका समारोहमा हस्तान्तरण गरिन l m4

उक्त कार्यक्रममा नेपाली भाषामा लिखित परीक्षा दिन पाउने व्यवस्थाको लागी विशेष योगदान दिए बापत उनीहरूलाई नेपाली टोपी,खादाको साथै प्रशंसा द्वारा विशेष सम्मान गरिएको थियो ।

मातृभाषा नेपालीमा सवारी चालक अनुमति पत्रको जॉचदिन पाउनको लागि निर्देशन पुस्तिका समेत प्रकाशित भई सकेको जानकारी दिइएको छ ।प्रमुख प्रशासकीय अधिकृत क्रिस्टिन नाइजरले आफू उपस्थित नभए पनि शुभकामना तथा बधाई सन्देश दिनु हुने मेरिल्याण्डका गभर्नर ल्यारी होगनले हामी नेपाली समुदाय सँग अझ काम गर्न चाहन्छौ भनी क्रिस्टिनले पढेर सुनाएकी थिइन् l

उनले नेपालीहरूका लागि राम्रो कुरा भन्दै तर सवारी साधन सुरक्षित कुदाउन आग्रह गरिन l यसै गरी अध्यक्ष जेदु पोख्रेलले मेरिल्याण्ड गभर्नर , क्रिस्टिन नाइजर ,मेरिल्याण्ड एमभीए परिवारलाई विशेष आभार प्रकट गरे ।
मेरिल्याण्डमा अन्य भाषाहरूमा दिने व्यवस्था भए पनि नेपाली भाषामा लिखित परीक्षामा सहभागी हुन पाउने अमेरिका भरि यो पहिलो राज्य बन्न सफल भएको छ l शाखाका उपाध्यक्ष विनोद उप्रेतीले कार्यक्रम सञ्चालन गरेका थिए l कार्यक्रममा डिसी महानगर क्षेत्रका केही विशेष व्यक्तिहरूले मन्तव्य राखेका थिए l m3

m2

m5

Published on September 20, 2016 at 10:17 am

Loading...

यसमा तपाइको मत