बर्कली मकालु लायन्स कल्बले दसैमा नृत्य प्रतियोगिता गर्दै

ध्रुब थापा, क्यालिफोर्निया

बर्कली मकालु लायन्स कल्बले दसैमा नृत्य प्रतियोगिता गर्दैयही आउदो अक्टोबर ९, २०१६ मा बर्क्ली मकालु लायन्स कल्बको योजनामा नेपाली नृत्य प्रतियोगिता बर्क्ली स्थित सिनियर सेन्टर , २९३९ एलिस स्ट्रिट मा हुँदैछ। नेपालको वरिष्ठ नृत्य निर्देशक श्री वसन्त श्रेष्ठ को उपस्थिति र लायन संगीता शर्मा लायन प्रीति थापाको निर्देशनमा क्लबले मकालु डान्स एकाडेमिको समेत विधिवत उद्घाटन हुने जानकारी क्लबले जानकारी गराएको छ।

अमेरिकामा हुर्कदै गरेका नेपाली बाल बालिका र बढ्दै गरेको नेपाली समुदायलाई नेपाली संस्कृति र लोक नृत्यको समेत ज्ञान दिने उदेश्यले स्थापना हुन् लागेको उक्त एकाडेमिले हरेक वर्ष यस प्रकारको कार्यक्रम को आयोजना समेत गर्ने जानकारी क्लबको अध्यक्षा लायन मनोहर थापा बोगोटिले जनाएकि छिन।

हालै क्लबको सबै सदस्य सक्रिय बनेर यस कार्यक्रमको सफलताको लागि आ आफ्नो काममा व्यस्त रहेको समेत जानकारी प्राप्त भएको छ। साथै नृत्य निर्देशक श्री वसन्त श्रेष्ठ समेत हाल सन् फ्रान्सिसको मा आई सकेको र यस कार्य्रक्रमको तयारीमा लागि सकेको जानकारी प्राप्त भएको छ , तसर्थ यो कार्यक्रम निक्कै भव्य र रोचक हुने छ , क्लबका उपाध्यक्ष र यस कार्यक्रमको संयोजक विजय सुबेदीले जानकारी गराएकी छिन।
नेपाली सास्कृतिक नृत्य प्रतियोगितामा यस क्षेत्रको प्राय सबै सङ्घ सस्थाको प्रतिनिधि कलाकारहरूले सहभागिता जनाउने निश्चित भएको र त्यसको लागि सबै सङ्घ संस्थाहरुलाई आफ्नो कलाकारको नाम यही सितम्बर ३० तारिख सम्ममा पठाई सक्नु पर्ने जानकारी समेत यसै प्रेस विज्ञप्ति मार्फत गर्न चाहेको जानकारी अध्यक्ष बोगोटीले जनाएकी छिन।

१५ वर्ष वा त्यो भन्दा माथिको कलाकारहरूले प्रतियोगितामा सहभागिता हुन् सक्ने छन् भने प्रतियोगितामा प्रथमहुने प्रतियोगी वा समूहलाई नगद अमेरिकी डलर $५०० , दोस्रोलाई $३०० र तेस्रो हुनेलाई $१०० प्रदान गरिने छ। साथै यो कार्यक्रमले मकालु डान्स एकडेमी सञ्चालन गर्न को लागि फन्ड रेजिंग कार्यक्रम समेत गरेकोले सबैलाई सहयोग गरिदिनु हुन् क्लबको तर्फबाट आग्रह समेत गर्दछ। कार्यक्रममा टिकट र रात्रि भोज समेत गरेर $३० राखिएको छ। साथै कार्यक्रमलाई सौजन्य गर्न चाहाने सबै सङ्घ संस्था र व्यवसायीलाई आग्रह गर्दछ।

सास्कृतिक संयोजक संगीता शर्माको अनुसार यो हामी सबै सन् फ्रान्सिको बासीको लागि एउटा गर्वको विषय हो किन बर्क्ली मकालुले यस्तो खाले कार्यक्रम ल्याएर समाजमा राम्रो छाप छोड्न लागेको छ र यसलाई साथ् दिन नेपालबाट समेत वरिष्ठ नृत्य निर्देशक श्री वसन्त श्रेष्ठ आउनु भएको छ। वहाले हाम्रो समुदायमा समेत नृत्य को विशेष तालिम दिनु हुनेछ र यस अवसर लाई न गुमाउन सबै नाच्न चाहने कलाकारहरुलाई सम्पर्क गर्न समेत आग्रह गर्दछ। वहा भन्नु हुन्छ गुरु वसन्त श्रेष्ठ जस्तो व्यक्तित्व हाम्रो माझमा आउदा समेत हामीले यसको राम्रो सदुपयोग गर्न सकेनौ भने हामी सधैँ पछि पर्ने छौ। साथै वहा बाट नयाँ कलाकार मात्र नभई पुराना र ख्याती प्राप्त कलाकारले समेत यस प्रतियोगितामा भाग लिन पाउनु र गुरु श्रेष्ठबाट पुरस्कृत हुनु एउटा गर्वको विषय हो।

वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ रंगमंच वाट नृत्य निर्देशन सुरु गरी नेपाल प्रज्ञा प्रतीसठानमा २५ वर्ष काम गरिसकेको, २०३५ साल वाट चलचित्र सिन्दूर वाट नृत्य निर्देशन सुरु गरी हाल सम्मा कार्यरत , गोर्ख दक्षिणवाहु र इन्दिरा राज्य लक्ष्मी प्रज्ञा पुरस्कार वाट सम्मानित , राष्ट्रिय चलचित्र पुरस्कार २ पटक, सम्मानित, नेपाल सरकार वाट उत्कृष्ट नृत्य निर्देशन पुरस्कार वाट सम्मानित हुनु भएको छ।

त्यसै गरी संगीता शर्मा २०४२ साल वाट प्रज्ञा प्रतीस्ठान वाट नृत्य शाखामा ३०६२ साल सम्म कार्यरत रही मालतिमंगले नाटक वाट अभिनय समेतको सुरु गरी केही चलचित्र हरुमा नृत्य प्रस्तुति दिएकी छिन। विश्व को २०/२५ देशहरूमा राष्ट्रिय कला संस्कृति झल्किने नृत्य प्रस्तुत गरिसकेको र केही नृत्य प्रतिस्पर्धा कार्यक्रम हरुमा निर्णायक को रूपमा काम गरी सकेकि छिन। उनी बे एरियामा लामो समय देखि बस्दै आएर विभिन्न कार्यक्रमहरूमा आफ्नो नृत्य प्रस्तुत गरी नेपाली कला सस्कृतिलाई जोगाउन सधैँ लागि पर्ने महिला हुन्।

त्यसै गरी एकेडेमी कि अर्की प्रसिक्षिका प्रीति थापा पनि लामो समय देखि बे एरियामा रही आफ्नो नृत्य र अन्य सामाजिक कार्यबाट आफ्नो पहिचान बनाई सकेकी छिन। नेपालमा जन्मी हुर्की नेपाल लगायत जापान , भारत अमेरिका र केही अन्य मुलुकमा समेत आफ्नो नृत्य प्रस्तुत गरी सकेकी छिन भने उनले नृत्यको प्रारम्भिक शिक्षा नेपालको संध्या कला केन्द्र बाट लिएकी छिन। स्कुल कलेज हुँदै विभिन्न कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गरी सकेकी थापाले नित्य प्रतियोगिताहरुमा पुरस्कृत समेत भई सकेकी छिन। उनले कृष्ण चरित्र, मारुनी , लोक र सास्त्रीय सङ्गीतमा समेत नृत्य प्रस्तुत गरी सकेकी छिन।

कार्यक्रमको विस्तृत जानकारीको लागि माथि फ्लायर मा उल्लिखित लायन सदस्यहरूलाई सम्पर्क गर्नु होला वा फेसबुक पेजलाई लाइक गरेर यस लिंकमा हेर्नु होला।https://www.facebook.com/berkeleymakalu/ यहाँ दिएको लिंकलाई क्लिक गरेर पूर्ण जानकारी लिनु होला।

Published on September 20, 2016 at 7:28 am

Loading...

यसमा तपाइको मत