चराको व्यथा-विप्लव प्रतीक

विप्लव प्रतीक

राति हुचीलले तर्साउँछ, दिनमा मान्छेहरूले
यो कस्तो रूप धरे अचेल मान्छेहरूले ।

कुनै जमाना खटप्वालमा गुँड लगाउँथ्यौँ हामी
अचेल प्वालै नहुने घर बनाए मान्छेहरूले
यो कस्तो रूप धरे अचेल मान्छेहरूले ।

उहिलेका बालकहरु लुकेर गुलेली बोक्थे
लाजै नमानी बन्दुक बोक्छन् अब त मान्छेहरूले
यो कस्तो रूप धरे अचेल मान्छेहरूले ।

के गर्नु हजुर यो कलिमा कनिका पाइनै छाड्यो
आँगन भए छर्थे कनिका बरा मान्छेहरूले
यो कस्तो रूप धरे अचेल मान्छेहरूले ।

अब त धान खान पनि देश चहार्नुपर्छ
कठै घर रोपेका खेतमा, गरिब मान्छेहरूले
यो कस्तो रूप धरे अचेल मान्छेहरूले ।

Published on September 19, 2016 at 12:26 pm

Loading...

यसमा तपाइको मत