न्यु योर्क च्याप्टरद्दारा बार टोलीसँग अन्तरक्रिया सम्पन्न

सोमनाथ हुँमागाई, न्यु योर्क ।

सेप्टेम्बर १६, २०१६ का दिन नेपाली जन सम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाले नेपाल बार एसोसियनका अध्यक्ष शेर बहादुर केसी प्रमुख अथिती रहेको टोलीसँग प्रवासी नेपालीहरूको हक अधिकारहरू नयाँ संविधानमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा एक बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । न्यूयोर्कको स्थानीय ज्याक्सन हाईटमा अवस्थित चौतारी रेष्टुरेन्टमा आयोजना गरिएको उक्त कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्तित्वहरू लगायत विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय उपस्थित रहेको थियो । प्रमुख अथितीको रूपमा बोल्दै बार एसोसियनका अध्यक्ष शेर बहादुर केसीले संविधानले सङ्केत गरेको धेरै कुराहरूलाई कानुन बनाएर लागु गर्न सकिन्ने कुरा बताउँदै, अहिले कानुनहरू धमाधम बन्न लागेकोले प्रवासबाट पनि सुझावहरू पठाउँन आग्रह गरेका थिए । img_1430

एक प्रश्नको जवाफमा प्रवासी नेपालीहरूका लागि अहिलेको संविधानमा राजनीतिक अधिकार नभएको कुरा प्रस्ट पार्दै, त्यसका लागि संशोधन जरुरी भएको कुरा बताए । केसीले मुलुकमा अब सातओटा हाईकोट बन्ने सङ्केत गर्दै, त्यसमा सङ्घीय कानुन, निजामती एेनहरू बनाएर भए पनि छुटेका अधिकारहरूलाई समेट्न सकिने कुरा बताएका थिए । करका निमित आफूहरूले एकद्दार प्रणालीमा नै जोड दिइरहेको कुरा समेत प्रमुख अथिती केसीले एक छुट्टै प्रसङ्गमा सबैलाई बताएका थिए ।

महासचिव खम्म बहादुर खातीले पार्टी नेताहरूका संकोचित सोचका कारण अझ सम्म पनि प्रवासीहरूले चुनाव लड्न नपाएको कुरा राख्दै, यसका लागि नेताहरूसँग लविंगको जरुरी भएको बताए । केन्द्रीय सदस्य इन्द्र बहादुर अधिकारीले आफूहरू सदैव प्रवासी नेपालीहरूको हक अधिकारलाई स्थापित गर्नमा सहयोग गर्ने कुरामा जोड दिएका थिए । अन्त्यमा बोल्दै कानुनविद खगेन्द्र क्षेत्रीले प्रवासी नेपालीहरूको लागि एक पुस्ता होइन तिन तिन पुस्ता सम्म नेपालको नागरिकता लिन पाउँने अधिकार नयाँ संविधानमा हुनुपर्ने सुझाव दिएका थिए । च्याप्टरका महासचिव महेश मल्लले संन्चालन गरेको सो कार्यक्रमको विषय प्रवेश भने कानुनविद विनोद रोक्काले गरेका थिए । अलिक फरक ढङ्गले चलाईएको उक्त अन्तरक्रिया कार्यक्रममा नेजस अमेरिकाका सभापति आनन्द विष्ट, महासचिव मुनिन्द्र नेम्बाङ, पूर्व संयोजक विष्णु सुवेदी, एनआरएनका वरिष्ठ उपसभापति कृष्ण पोख्रेल, उपसभापति वन्दना कोइराला, सल्लाहकार याम अधिकारी, काँग्रेस नेता त्रैलोक्य प्रताप सेन, विद्यार्थी नेता अनजान चौल्लागाई, पूर्व महासमिति सदस्य बिरेन्द्र मानन्धर लगायतको उपस्थिति रहेको थियो । अत्यन्तै लाभदायक यस अन्तरक्रिया कार्यक्रमलाई सफल बनाउँन च्याप्टर सभापति रोशन ढुंगना, उप सभापति अमर तामांग, कमला पन्त, महासचिव महेश मल्ल, सदस्य अनन्त सुवेदी, श्रृषि अधिकारी र क्रियाशील सदस्य प्रभात सापकोटा अहोरात्र सक्रिय बनेका थिए ।  000000

Published on September 19, 2016 at 11:36 am

Loading...

यसमा तपाइको मत