अमेरिकाको कोलोराडोमा विद्यालय भवन निर्माणको सहयोगार्थ सांस्कृतिक कार्यक्रम

विआरटि नेपाल सम्बाददाता, अमेरिका,

अमेरिकामा सेन्ट जेवियर्स एलुम्नाइ एसोशियसनले भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माणको लागि कोलोराडोमा अक्टुबर १ तारिखमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । जमिन फर नेपालको नाममा आयोजना गर्न लागिएको यस कार्यक्रममा दिपेश भट्टराई, सरोज दत्त, सितु भोजपुरी र विजय अधिकारीको साङ्गीतिक प्रस्तुति रहने योजना छ । क्षतिग्रस्त भवनको हरेक कोठामा करिब पन्ध्रलाख रुपैयाको लागतमा स्मार्ट कक्षा कोठा बनाउने लक्ष्य रहेको छ ।

कार्यक्रम 3253 S. Parker Rd., Denver Co मा दिउसो दुईबजे देखि राति २ बजे सम्म हुनेछ भने कार्यक्रममा १० डलर प्रवेश शुल्क राखिएको छ ।
program-list

jamin1

slide1 slide2

 

Published on September 18, 2016 at 8:52 pm

Loading...

यसमा तपाइको मत