नेपालगञ्ज नाका ब्राउन सुगर भित्राउने अखडा बन्दै
Loading...

दिनेश ठाकुर- नेपालगञ्ज,३ असोज

Published on September 18, 2016 at 7:19 pm

1229075971_1450537080

सीमावर्ती भारतीय बजारबाट भित्राइएको लागुऔषध ब्राउन सुगर नेपालगञ्ज सम्म ल्याएर मुलुकमा अन्य शहरमा पठाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका १४ का राजिया खाँको घरमा छापा मारी लागुऔषध ब्राउनसुरगको कारोबार भईरहेको अवस्थामा चारजनालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीले सोक्रममा २६ ग्रामा २०० मिलिग्राम ब्राउनसुगर, सो काट्नका लागि राखिएको कैची, ब्राउनसुगरको पुडिया बनाउन राखिएका सेतो कागजको ठेली , ब्राउनसुगर राख्न प्रयोग हुने चम्चा समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सरोज पौडेलले जानकारी दिए ।

प्रहरी टोली घटनास्थलमा पुग्दा कारोबारीहरुले पुडिा बनाउनका लागि ब्राउनसुगर थाली राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको
छ । प्रहरीले घटनास्थलबाट नेपालगञ्ज १४ का ५० बर्षिया राजिया खाँ, ४८ बर्षिया समिम खाँ, ३८ बर्षिय सुरज गुप्ता,र ४५ बर्षिय सलामुद्दिन खाँलाई पक्राउ गरेको हो ।

खुला सीमाको फाईदा उठाउँदै कारोबारीहरुले भारतको सीमावर्ती बजारबाट ब्राउनसुगर नेपालगञ्ज सम्म ल्याउने र त्यसपछि बाँकेका अन्य शहरी तथा ग्रामिण ईलाका र मुलुकका अन्य शहर सम्म पठाउने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

लागुऔषध नियन्त्रणका लागि बाँकेमा प्रहरीले लामो समयदेखि सक्रियता देखाएपनि चुनौती कायमै रहेको देखिएको  छ ।

Loading...

यसमा तपाइको मत