बृहत् नेपाली शब्दकोश (२०७२) खारेजीको माग, पाठकलाई सजग रहन आह्रान

विआरटि नेपाल सम्बाददाता-काठमाडौं, ३ असोज

नेपाली भाषामाथिका अव्यवस्था र अराजकताको प्रमुख कारक नेपाली बृहत् शब्दकोश (२०७२) भएको भन्दै नेपाली भाषाबिद्हरुले मानक नेपाली भाषा अभियान २०७३ को ध्यानाकर्षण पत्र नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीलाई का बुझाएका छन् । आईतवार राजधानिको प्रज्ञा प्रतिष्ठान पुगेका कीर्तिपुर मानक नेपाली भाषा अभियान—२०७३ का संयोजक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई भेटेर नेपाली भाषा माथिका अव्यवस्था र अराजकताको प्रमुख कारक नेपाली बृहत् शब्दकोश (२०७२) भएको हुँदा यसलाई तत्काल रद्द गरी बिक्रीवितरण रोकेर २०५८ सम्म प्रयुक्त वर्णविन्यास र लेख्यरूपलाई निरन्तरता दिनुपर्ने अवधारणा प्रस्तुत गर्दै कुलपति उप्रेतीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

14316925_10209232767967978_8448054375622686800_n
नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा. देवीप्रसाद गौतम र त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर मानक नेपाली भाषा अभियान—२०७३ का संयोजक प्रा,डा, खगेन्द्रप्रसाद लुइटेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई भेटेर नेपाली भाषामाथिका अव्यवस्था र अराजकताको प्रमुख कारक नेपाली बृहत् शब्दकोश ९२०७२० भएको हुँदा यसलाई तत्काल रद्द गरी बिक्रीवितरण रोकेर २०५८ सम्म प्रयुक्त वर्णविन्यास र लेख्यरूपलाई निरन्तरता दिनुपर्ने अवधारणा प्रस्तुत गरेको छ ।

प्रा.डा. महादेव अवस्थी, प्रा.डा. मोतीलाल पराजुली,सहप्रा.भरतकुमार भट्टराई, सहप्रा.डा. नेत्रमणि सुवेदी, सहप्रा.डा.गोविन्दप्रसाद शर्मा, उपप्रा.रजनी ढकाल, उपप्रा,डा,अशोक थापा, उपप्रा.राजुमान डङ्गोल लगायत प्रतिनिधि मण्डल रहेको त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर, मानक नेपाली भाषा अभियान—२०७३ ले नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोश ९२०७२० मा नेपाली भाषाको वर्णविन्यास र मानक लेख्यरूपलाई बिगारी अमानक रूपको प्रयोग गरिएका कारणबाट यसले तमाम शिक्षक, विद्यार्थीका साथै नेपाली भाषाका आम प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने हुँदा यो शब्दकोश प्रयोग गर्न उपयुक्त नभएकाले यसप्रति सजग रहन सबैलाई आह्वान पनि गरेको छ ।unnamed-5

Published on September 18, 2016 at 5:27 pm

Loading...

यसमा तपाइको मत