जिल्लामा बाह्र स्थानीय तह बन्ने

नवराज बजगाईं, काभ्रे

Published on September 18, 2016 at 3:55 pm

sinduli

जिल्लामा क्रियाशील राजनीतिक दलहरू राज्य पुनर्संरचनामा १२ स्थानीय तह बनाउन सहमत भएका छन् । धुलिखेल, बनेपा, पनौती सहित आसपासका गाविस समेटेर एक उपमहानगरपालिका र पाँचखाल, दाप्चा काशिखण्ड र महादेवस्थान मण्डन नगरपालिका तथा रोशी, कोशिपारी, डाँडापारीमा २÷२ गाउँपालिका, तिमाल १ र बाँकी १ गाउँपालिका गरी काभ्रेपलाञ्चोकमा १२ स्थानीय तह बनाउन काभ्रे जिल्लाका राजनीतिक दलहरू सहमत भएका हुन् । कुन गाविस कता ? र केन्द्र कहाँ भन्ने विषयमा दलहरू बिच केही छलफल गर्न बाँकी रहेकोमा आज दिउसोसम्ममा टुंगो लगाइने राजनीतिक सहमति भएको एमाले जिल्ला उपाध्यक्ष अशोक व्याञ्जूले बताए ।

हिजो स्थानीय विकास अधिकारी टेकराज निरौला, नेपाली काँग्रेसका उप सभापति अच्युत पौडेल, एमाले उपाध्यक्ष व्याञ्जू, माओवादी केन्द्रका सचिव इन्द्रबहादुर तामाङलगायत दलका प्रतिनिधिहरू सम्मिलित बैठकले उक्त कुराको सैद्धान्तिक सहमति गरेका हुन । यो सहमति सँगै अब जिल्लामा १ उप–महानगरपालिका सहित ३ नगर र ८ गाउँ पालिका हुने भएको छ । सिमांकन कहाँ कसरी भने टुंगो लाग्न बाँकी रहेको छ ।

यसअघि आयोगले गरेको जिल्लाको इकाइ निर्धारण धेरै कम भएको भन्दै नेपाल सरकारद्वारा गठित राज्य पुनर्संरचना आयोगले जिल्लाका नगरपालिका र गाउँपालिका गरी ११ इकाई निमार्ण गर्ने गरी सार्वजनिक गरेको पुनर्संरचना इकाई भौगोलिक विकटताका कारण कम भएको भन्दै कम्तीमा पनि १९ इकाई कायम गर्न माग गर्ने निर्णय दलहरूको थियो ।

यसअघि आयोगले सार्वजनिक गरेको अवधारणा अनुरूप १ नं. इकाईमा (उप–महानगरपालिका संभाव्यता) धुलिखेल, बनेपा, पनौति नपा, टुकुचा नाला, उग्रचण्डी नाला, देवीटार, रवि ओपी, पात्लेखेत, शारदा बतासे, शंखुपाटीचौर, बल्थली, महेन्द्रज्योती, उग्रतारा जनागाल, कुशादेवी, रयाले विहावार, भूमिडाँडा, नासिकास्थान साँगा । त्यसै गरी २ नं. इकाईमा पाचखाल न.पा, दोलालघाट, खरेलथोक, कोशीदेखा । ३ नं. मा काशीखण्ड न.पा, श्यामपाटी सिमलचौर, कानपुर कालापानी, कटुञ्जेवेशी , ४ नं.मा गैरीविसौनी देउपुर, बालुवापाटी देउपुर, नयागाँउ देउपुर, महादेवस्थान, चण्डेनीमण्डन, जैसी थोक, ज्याम्दी, ५नं. सापीङ, भुम्लुटार, चौवास, वेखसिम्ले, सिम्थली, सल्लेभुम्लु, सानोवाङथली, नाग्रेगगर्चे छन् ।

यसै गरी इकाई नं. ६ मा कलाती भुम्लु, घुसेनी शिवालय, गोठपानी, विर्तादेउराली, माझीफेदा, पोखरीचौर, कार्तिकेदेउराली, मादनकुडारी, फलाटे ७ मा भीमखोरी, वाल्टिन, मंगलटार, खार्पाचोक, सिपाली चिलाउने, शिसाखानी, महादेवटार, ८ मा शिखरआम्बोटे, खहरेपाँगु, महाँकालचौर, चलाल, ढुंखर्क, च्याम्राङवेशी, ९ मा सस्र्यूखर्क, सरमथली, बोल्देफेदीचे, ठूलोपर्सेल, पोेखरीनाराण्स्थान, कुरुवास चापाखोरी, मेच्छे, १०मा बुढाखानी, बनखुचौर, फोक्सिङटार, घर्तिछाप, गोकुले, र इकाई नं. ११ मा मिल्चे, साल्धारा, फलामेटार, डाँडागाँउ, साल्मेचाकल निर्धारण गरको थियो ।

Loading...

यसमा तपाइको मत