पोल्यान्डमा पारा तेक्वान्दो खेलमा नेपालबाट भन्डारीले जितिन कास्य पदक

पोल्यान्ड

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य पदक प्राप्त गर्न सफल भएकी छन् । युरोपको पोल्यान्डको वारसवामा सम्पन्न पाँचौ पारा तेक्वान्दो खेलमा नेपालबाट तेक्वान्दो खेलाडी दीपक विष्टको व्यवस्थापन थियो भने कल्याण गुरुङको प्रशिक्षक हुनुहुन्थ्यो ।

खेलको बारेमा प्रतिक्रिया दिँदै कोच श्री दीपक विष्टले भन्नू भयो ” हामी खेलाडीले स्वर्णपदक जित्ने आशामा थियौ तर पनि सीता भन्डारीले काश्य पदक जितेर देशको गौरव बढेको छ । उक्त कार्यक्रममा एन आर एन पोल्यान्डका कोषाध्यक्ष श्री जीवन केसी , कार्यसमिती सदस्य श्री विष्णु सापकोटा एवम श्री कुल बहादुर श्रेष्ठ जनक हुमागाई नागिमा श्रेष्ठ लगायत केही नेपालीहरू खेलाडिहरुको हौसला बढाउन नेपाली झन्डा बोकेर खेल मैदानमा पुग्नु भएको थियो ।

यसैबिच आइतबार एन आर एन पोल्यान्डले उहाँहरुसित परिचयात्मक कार्यक्रम पनि राखेको जानकारी गैर आवासीय नेपाली सङ्घ पोल्यान्डका महासचिव श्री कृष्ण न्यौपानेले गराउनु भएको छ ।

poland

Published on September 17, 2016 at 3:32 pm

Loading...

यसमा तपाइको मत