अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

अदालती फैसलापछि अध्यक्ष डा.केशब पौडेलले अमेरिकावासी नेपाली समक्ष आफ्ना धारणा राखे

बिआरटीनेपाल २०७३ चैत २३ गते १:४२ मा प्रकाशित

एनआराएन अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले   गैर आवासिय नेपाली संघ एनआरएन अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले वर्तमान कार्य समितीमाथी टेनेसी कोर्टमा परेको मुद्धाको फैसला आफुहरुको पक्षमा आएपछि प्रवासी नेपालीहरुलाई यो बारेमा जानकारी गराएका छन् । अध्यक्ष डा. पौडेलले फैसला कुन एक ब्यक्तीको हार र जितमा नभई संस्थाको जित भएकाले अमेरिकावासी नेपालीहरुलाई अदालती फैसलासंगै आफ्ना धारणा सहितको  सो कुराको जानकारी गराएका हुन् ।

पौडेलले भनेका छन् – ‘सँस्था साध्य हो र सँस्थाको मानहानी कहीं कतैबाट हुनु हुन्न र सँस्थालाई अवसान तर्फ लैजान हुन्न वा लाने प्रयास गरिनु हुन्न भन्ने कुरामा हामी सबै सजग हुनु पर्छ। सँस्था भित्रको चिन्ता, चासो र गुनासोलाई बाहिर नलगी सँस्था भित्रैबाट समाधान गरिनु पर्छ भन्ने कुरामा हामी सचेत हुनै पर्छ । सँस्था भित्र केही सुधार गर्नु पर्ने भए वा राष्ट्र र समाजको सम्वृद्धिमा यहाँहरूको सकारात्मक सुझाब भए सगैँ बसौं, छलफल गरौँ र हातेमालो गर्दै अघि बढनका लागि सबैलाई हार्दिक आव्हान गर्दछु।’

डा. पौडेलले आउँदै गरेको एनआरएन अमेरिकाको चुनाव समयमै हुने तयारी भै रहेकोले कोही अन्यौलतामा नपर्न अनुरोध गर्दै  गर्दै कार्यसमितिले सम्बन्धित निकायसगँ समन्वय र छलफल गरी निर्वाचन सम्बन्धि प्रकृया तुरुन्तै शुरु गरिने जानकारी पनि दिएका छन् ।

 

यस्तो छ एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले अमेरिकावासी नेपालीलाई गराएको जानकारीको पुर्ण पाठ

 

श्रद्धेय अमेरिकाबासी एनआरएनए सदस्य तथा शुभेच्छुकज्यूहरु,

 सादर नमस्कार

 

केही समय देखि अदालतमा विचाराधीन मुद्धालाई टेनेसी कोर्टले आज अप्रिल ४ मा सँस्थाको दीगो स्थायित्व र हामी प्रवासी नेपालीको हितमा फैसला गरेको छ। सम्मानित अदालतको यो निर्णयलाई म विनम्रतापूर्वक स्वीकार गर्दछु र फैसलालाई सबैबाट सहर्ष स्वीकार्न सादर अनुरोध गर्दछु। यो फैसला कसैको हार र जीत भन्दा पनि सँस्था एवम् सिङ्गो समाजको जीत हो भन्ने कुरामा विश्वस्त छु। सँस्था साध्य हो र सँस्थाको मानहानी कहीं कतैबाट हुनु हुन्न र सँस्थालाई अवसान तर्फ लैजान हुन्न वा लाने प्रयास गरिनु हुन्न भन्ने कुरामा हामी सबै सजग हुनु पर्छ। सँस्था भित्रको चिन्ता, चासो र गुनासोलाई बाहिर नलगी सँस्था भित्रैबाट समाधान गरिनु पर्छ भन्ने कुरामा हामी सचेत हुनै पर्छ । सँस्था भित्र केही सुधार गर्नु पर्ने भए वा राष्ट्र र समाजको सम्वृद्धिमा यहाँहरूको सकारात्मक सुझाब भए सगैँ बसौं, छलफल गरौँ र हातेमालो गर्दै अघि बढनका लागि सबैलाई हार्दिक आव्हान गर्दछु।

आजै एनआरएनए अमेरिका न्यायिक समितिद्वारा म्याद बढाईएको समयमा बन्नु भएका तीनहजार भन्दा बढी सम्मान्नित सदस्यहरूको चुन्ने र चुनिने अधिकारलाई हाम्रो अथक प्रयासद्वारा सुरक्षित गरिएको छ। त्यसका लागि सम्मान्नित न्यायिक समितिलाई आभार प्रकट गर्दछु। कानूनी र औचित्यको आधारमा यहाँहरूको छान्ने र छानिने हक, मौलिक अधिकार हो भनी हामीले निरन्तर लडेका थियौं। परिणामतस् आउने निर्वाचनमा भाग लिने अधिकारलाई वैधता प्रदान गरिएको छ। त्यसका लागि यहाँहरूलाई हार्दिक बधाई दिन चाहन्छु।

 

अन्त्यमा, न्यायीक समितिको प्रकृया, परिणामको लामो प्रतीक्षा र विविध कारणले निकट समयमा हुन गई रहेको एनआरएनए अमेरिकाको चुनावलाई केही असर पार्ला भन्ने आदरणीय बुवा आमा, दाजुभाई तथा दिदीबहिनीहरूको चिन्तालाई न्यायीक समितिको आजको समुचित निर्णयले चुनाव समयमै हुने कुरामा विश्वस्त तुल्याएको मैले महसुस गरेको छु।

 

भवदिय:

 

 अध्यक्ष

 एनआरएनए अमेरिका

प्रतिक्रिया