प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा राजकीय सम्मान

नयाँ दिल्ली

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजकीय सम्मान दिइएको छ ।

राष्ट्रपति भवनमा बसेका प्रधानमन्त्री प्रचण्डलाई शुक्रवार बिहान गार्ड अफ अनर प्रदान गरिएको छ । प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

अब प्रधानमन्त्री प्रचण्ड महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धान्जली अर्पण गर्ने कार्यक्रम छ । चार दिने भारत भ्रमणका क्रममा बिहीबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले आज भारतीय समकक्षी मोदीका साथै राष्ट्रपति प्रणव मुखर्जी लगायतलाई भेट्नेछन् । pm-prachand-india-1

तस्वीरः विकास स्वरूप

Published on September 15, 2016 at 11:10 pm

Loading...

यसमा तपाइको मत