उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराद्वारा नर्भिकमा नवनिर्मित “लून–गङ्गा अपरेटिङ्ग सुइट्स्” समुद्घाटन (फोटो फिचर)

आर. पी. मैनाली, काठमाडौँ, भदौं २९, २०७३

नर्भिक इन्टरनेशनल हस्पिटलमा नवनिर्मित अत्याधुनिक प्रविधिले सुसज्जित एवम् जे. सी. आई. (Joint Commission International) मापदण्ड बमोजिम निर्माण गरिएको विश्वस्तरीय शल्यक्रिया कक्ष माननीय उपप्रधान तथा अर्थमन्त्री श्री कृष्णबहादुर महराले आज उद्घाटन गर्नुभएको छ । zm2_4174

आज उद्घाटित नवीनतम् र अत्याधुनिक शल्यक्रिया सुइट्स्मा युरोपेली स्तरका ३ वटा शल्यक्रिया कक्षहरू, प्रि एण्ड पोस्ट अपरेटिभ वार्ड, सर्जिकल इन्टेन्सिभ केयर युनिट(SICU), बिरामी परामर्श लाउञ्ज, केन्द्रीय निर्मलीकरण विभाग, फार्मेसी, चिकित्सक लाउञ्ज नर्स स्टेसन लगायतका सम्पूर्ण सेवा/सुविधाहरू एउटै तल्लामा रहेका छन् ।

यस शल्यक्रिया कक्ष पूर्ण रूपमा संक्रमणरहित रहेको छ भने यसको निर्माणमा प्रयोग भएका प्यानेलहरू अग्नी निवारक, भार बहन गर्ने क्षमता अत्यधिक भएको, टुटफुट नहुने र धातुरहित भएकाले खिया लाग्ने, खिइने, बाङ्गिने आदि नभई विशुद्ध युरोपेली मापदण्ड बमोजिमका हुनुका साथै कुनै रसायनले नपग्लिने, नघोलिने प्रकृतिका छन् ।

निर्माणमा प्रयोग भएका सामग्री तथा उपकरणहरू अमेरिकी खाद्य तथा औषधि नियोगबाट प्रमाणित भएकाले विकसित मुलुकहरूमा व्यापक रूपमा प्रचलित छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै माननीय उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नर्भिकको स्तरीय स्वास्थ्य सेवाका कारण समाजमा यो लोकप्रिय त छदैछ, यस्ता नयाँ प्रविधियुक्त सेवा सुविधा थपिँदा यसको विश्वसनीयता अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो । नर्भिकको लोकप्रियता यसको व्यवस्थापन, चिकित्सक वर्ग एवम् गैर चिकित्सा कर्मचारीहरूको लगनशीलता एवम् निपुणताका कारण बढेको धारणा उहाँले राख्नुभयो । स्वास्थ्य क्षेत्रमा भएका तमाम कमी कमजोरी सच्याएर अघि बढ्न नयाँ सरकार तयार रहेको समेत उहाँले बताउनुभयो । zm2_4137

उपप्रधान तथा अर्थमन्त्री महराले आज उद्घाटित सुइट्स्का सबै कक्षहरू अभिरुचीपूर्वक अवलोकन गर्नुभयो भने तिनका सेवा, सुविधाहरूबारे नर्भिकका इन्जिनियर तथा पदाधिकारीहरूले उहाँलाई जानकारी दिएका थिए । मन्त्री महराले हस्पिटलका अन्य कक्षहरूको पनि भ्रमण गर्नुभयो ।

समारोहमा सभापतिको आसनबाट बोल्दै नर्भिकका अध्यक्ष श्री वसन्त चौधरीले आम नेपालीले स्तरीय स्वास्थ्य सेवा आफ्नै घरदैलोमा पाउनुपर्छ; विश्वकै उत्कृष्ट प्रविधि भित्र्याउनुपर्छ भन्ने आफ्ना पिताको सपना पूरा गर्न विगत २५ वर्षदेखि आफू लागिपरेको धारणा राख्नुभयो ।

यसै वर्ष २०० शय्यायुक्त अत्याधुनिक प्रविधिसहितको नयाँ भवन, आवाजविहिन अति विशिष्ट एम.आर.आई., २५६ स्लाइसको सी.टी. स्क्यान आदि थपिने; २ महिनाभित्रै अत्याधुनिक प्रविधिसम्पन्न निःसन्तान केन्द्र (IVF Centre) र हेमो डायलाइसिस सेन्टर थप्ने, नर्भिकको स्याटलाइट सेन्टरका रूपमा पोखरा र विराटनगरमा बहुआयामिक र विशिष्टस्तरका स्वास्थ्य संस्थाहरूको सुरुवात गरिने, दक्षिण भारतको प्रसिद्ध क्यान्सर हस्पिटलसँगको सहकार्यमा १०० शैय्यायुक्त छुट्टै अत्याधुनिक क्यान्सर हस्पिटल सञ्चालनार्थ काम सुरु गर्ने जस्ता महत्वाकांक्षी योजनाहरू पनि उहाँले उक्त समारोहमा उजागर गर्नुभयो ।

उत्कृष्ट प्रविधि सदैव महङ्गो हुन्छ, त्यसलाई अझै महङ्गो पार्ने कार्य सरकारले गरेको गुनासो पनि अर्थमन्त्रीसँग श्री चौधरीले गर्नुभयो । राष्ट्रमा प्रविधिको विकास गर्ने हो भने सरकारले नाजायज कर, भन्सार शुल्क र दस्तुरहरू हटाउनुपर्ने धारणा श्री चौधरीले राख्नुभयो । साथै दुर्गम क्षेत्रमा रहेका साना स्वास्थ्य केन्द्रहरूलाई डेडिकेटेड विद्युतीय लाइन नदिनेजस्ता भेदभाव सरकारले गर्नु नहुने धारणा समेत चौधरीले राख्नुभयो ।  zm2_3951

उद्घाटन समारोहमा आफ्नो स्वागत मन्तव्य राख्दै नर्भिककी प्रबन्ध निर्देशक श्रीमती मेघा चौधरी शाक्यले नर्भिकको सेवास्तर विश्वस्तरीय पार्न हर सम्भव प्रयास गरिने बताउनुभयो । नर्भिकका चिकित्सा निर्देशक डा. पङ्कज जलानले “लून–गङ्गा अपरेटिङ्ग सुइट्स्” युरोपेलीस्तरको र जे.सी.आई. मापदण्ड बमोजिमका उपकरण तथा सामाग्री प्रयोग भएको अत्याधुनिक शल्यक्रिया कक्ष भएकोले यसले बिरामीहरूलाई विश्वस्तरीय शल्यचिकित्सा सेवाको अनुभूति दिने बताउनुभयो ।

कार्यक्रममा नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिक नेपाली समाजकै लागि हो, त्यो सफल हुन समाजकै सहयोग चाहिने बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो । नेपाली दाजु भाइ, दिदी बहिनीको सहयोग एवम् सद्भावकै कारण नर्भिकको प्रयोगशालाले राष्ट्रमै सर्वप्रथम प्रतिष्ठित NABL – National Accreditation Board for Testing and Calibration Laboratories बाट प्रमाणित हुने सौभाग्य पाएको पनि उहाँले जानकारी दिनुभयो ।

यसैबिच नर्भिक इन्टरनेशनल हस्पिटलले सञ्चारकर्मी तथा उनीहरूका परिवार सदस्य (माता/पिता/श्रीमान्श्री/मती तथा छोराछोरी) हरूलाई स्वास्थ्य परीक्षण प्याकेज एवम् जाँच सेवाहरूमा १०% छुट दिने निर्णय गरेको छ । उक्त छुटका लागि कुपनको व्यवस्था गरिएको छ । कुपन ३० दिनसम्मका लागि मान्य हुनेछ । यसै गरी नव उद्घाटित अपरेशन

थिएटर (ओटी) बाट सेवा सुरु भएको १ हप्तासम्म सबैखाले शल्यक्रियामा १० देखि १५ प्रतिशत छुट दिने पनि घोषणा गरिएको छ ।

Published on September 14, 2016 at 8:23 am

Loading...

यसमा तपाइको मत