NRN-ICC सदस्य डा. बिनय श्रेष्ठद्दारा पानी अभियानलाई सहयोगको घोषणा

विआरटि नेपाल सम्बाददाता- स्वजरल्याण्ड,१४ अगष्ट

एन आर एन (गैर आवासीय नेपाली सङ्घ) का आइ सी सी सदस्य डा. बिनय श्रेष्ठले पानी अभियान सुरु भएको गाउँलाई रु २० हजार सहयोगको घोषणा गरेका छन् । स्वीजरल्यान्डमा रहँदै आएका एन आर एन आइ सी सी सदस्य श्रेष्ठले पानी अभियान सुरु भएको गाउँमा यो अभियानलाई सफल बनाउनुका साथै अभियान बिस्तारका लागि सहयोग पुर्याउने हेतुले रु २० हजार सहयोगको घोषणा गरेका हुन् ।

डा. बिनय श्रेष्ठले पानी अभियानको बारेमा यस्तो घारणा प्रस्तुत गरेका छन्

(जीवन र विकासको आधार पानी पानी जीवनको आधार हो । जीवन र जगतको उत्पत्ति नै पानीबाट भएको वैज्ञानिकहरू बताउँछन् । हरेक जीवको शरीरको अधिकांश भाग पानीले नै ओगटेको हुन्छ । पानीमा कुनै पोषण तत्त्व नभए पनि बाँच्नका लागि पानी अत्यावश्यक छ । पृथ्वीको दुई तिहाई भन्दा बढी क्षेत्रफल पानीले ढाकेको छ । तैपनि विश्वको लगभग एक बिलियन जनसङ्ख्या सफा पिउने पानीबाट वञ्चित छन् । विगतका वर्षहरूमा नेपालीहरूको पिउने पानीमा पहुँच बढेको भए पनि संयुक्त्त राष्ट्र सङ्घको विकास लक्ष्य अनुसारको सन २०१७ सम्ममा सबैलाई सफा र स्वच्छ पिउने पानी उपलब्ध गराउन नेपाल सरकार सफल हुने देखिँदैन ।

नेपाल जलश्रोतका लागि विश्व कै धनी राष्ट्र हो, तर लाखौँ नेपालीहरूको अझै सफा पिउने पानीमा पहुँच छैन । त्यसै गरी सिंचाईको अभावले कृषि उत्पादनमा प्रत्यक्ष प्रभाव पारेको छ । कुनै पनि राष्ट्रमा रहेको पिउने पानीको उपलब्धता र उक्त्त राष्ट्रको प्रति ब्यक्त्ति कुल ग्राह्रायस्थ उत्पादनका बिच प्रत्यक्ष सम्बन्ध रहेको अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएका छन् । त्यसैले पानी जीवनका लागिमात्र नभई देश विकासको लागि पूर्वाधार पनि हो । पानी विना कुनैपनि राष्ट्रको विकासको परिकल्पना गर्न सकिँदैन । यसै सन्दर्भमा पानीको समस्याबाट पीडित दाङ जिल्लाको सुनपुर गाउँमा खानेपानीका लागि ‘हरेक घरमा धारो होस्, हरेक गाउँमा सिंचाई होस्’ भन्ने मूलमन्त्रका साथ एक अभियानको सञ्चालन भएको विभिन्न सञ्चारका माध्यमहरुमा प्रकाशित भएका छन् ।

सुनपुरका स्थानीय बासिन्दाहरु र गैर(आवासीय नेपाली सङ्घ, पोल्याण्डका वर्तमान वरिष्ठ उपाध्यक्ष मित्रलाल पार्दे जीको उक्त्त अभियानमा नेतृत्वकारी भूमिका रहेको मैले पाएको छु । योजनाका लागि अर्थ सङ्कलन गर्नु सहज छैन । साथै योजनाको कार्यान्वयनका चुनौतीहरू सहज हुँदैनन् भन्ने विगतले सिकाएको छ । तर पनि यो अभियान अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी ढङ्गले अघि बढिरहेको देखिन्छ । पानीको अभावबाट पीडित गाउँको तिर्खा मेटन सञ्चालित अभियानका लागि गैर(आवासीय नेपाली सङ्घ, अन्य नेपाली संध(संस्था लगायत सबैको अझै बढी सहयोगको आवश्यकता छ । यस प्रकारका अर्थपूर्ण योजनाहरूको सफल कार्यान्वयनले प्रभावित गाउँमा विकास र सद्भावको अपेक्षा गर्न सकिन्छ । पानी अभियानलाई सबैले सहयोग गरौँ । )

यस अघि पनि स्वीजरल्यान्डबाटै श्री गुणराज शर्माले पनि आफ्नो जन्म दिनको अवसरमा पानी अभियानलाई ३० हजार सहयोग गर्ने घोषणा गरेका थिए ।

Published on September 14, 2016 at 12:11 am

Loading...

यसमा तपाइको मत