हिलारीलाई निमोनिया भएपछि ट्रमले दिए अमानविय प्रतिक्रिया

एजेन्सी, अमेरिका |

अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई निमोनिया भएपछि चुनावी प्रचार अभियान केही दिनका लागि रद्द गरिएको छ । क्लिन्टनका निजी चिकित्सकका अनुसार केही समयका लागि आराम गर्नुपर्ने भएकाले चुनावी प्रचार अभियान रोकिएको हो ।

यसैबिच रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो उमेर हिलारी क्लिन्टनको भन्दा दुई वर्ष मात्रै बढी भए पनि आफू पूर्णरुपमा स्वस्थ रहेको प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति बन्नका लागि मानसिक र शारीरिक रूपमा स्वस्थ रहनुपर्ने बताए । आतङ्कवादी समूह आईएसका कार्यकर्ताको सामना गर्न राष्ट्रपति स्वस्थ रहनुपर्ने भन्दै उनले शारीरिक असक्तहरुले देशका लागि केही गर्न नसक्ने प्रतिक्रिया दिए

Published on September 13, 2016 at 9:53 pm

Loading...

यसमा तपाइको मत