शान्त थोकर र अमृत लामा मिलेर जाने सहमति

न्यु योर्क ।

तामाङ सोसाइटी अफ अमेरिका (टिएसए) को भावी अध्यक्षमा दावेदारी गर्दै आएका शान्त थोकर र अमृत लामाले आफुहरु मिलेर जाने सहमति गरेका छन् । मङ्गलवार न्युयोर्कमा भएको छफलफल पछि उनीहरू एकै टिममा बसेर काम गर्न राजी भएका हुन् । टिएसएको निर्वाचन आगामी शनिवार न्युर्योकमा हुँदै छ ।

टिएसएका अध्यक्ष, सस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहाकार, महासचिव र भावी अध्यक्षको दावेदारी गरेका दुवै उमेदवार बिचमा मङ्गलवार भएको बैठकमा शान्त थोकरलाई अध्यक्ष र अमृतलाई सहअध्यक्ष बनाउने सहमति भएको जनाइएको छ । यद्यपि औपचारिक रूपमा हस्ताक्षर गरिएको सहमति पत्रमा सो कुरा उल्लेख गरिएको छैन । img_4377

कराते प्रशिक्षक थोकर र चलचित्रकर्मी अमृतले यस अघि उमेदवारी घोषण सहित आ आफ्नो प्रचारलाई तीव्रता दिएका थिए । अमृत लामाको उमेदवारी विधान अनुसार नरहेको भन्दै विवादमा समेत परेको थियो । प्रवासमा रहेका तामाङहरूको सस्कृतिको जर्गेना गर्नका लागि भनी स्थापित सस्थामा आसन्न निर्वाचनका कारण विवाद भढ्न थालेको भन्दै मिलेर जान दुवै पक्षलाई दबाब परेको थियो ।

Published on September 13, 2016 at 8:25 pm

Loading...

यसमा तपाइको मत