बुझ्न नसक्दा: भानु न्यौपाने

भानु न्यौपाने

Published on September 13, 2016 at 8:20 pm

bhanu-ny

तिमी बादल जस्तै हौ कि !?
कहिले रुन्छेउ अनि
मलाई पनि रुझाउछौ ।
कहिले आफ्नै सामु भए झैँ
सामिप्यता बढाउछौ।

तिमी बादल जस्तै हौ कि ?
कहिले ढुङ्गानै पग्लिने तापमा
सितलता बनी छाउछौ ।
कहिले मन त्यसै कापेको बेला
गड-गडआइ तर्साउछौ।

तिमी बादल जस्तै हौ कि ?
कहिले मनको भाव पोख्न खोज्दा
धुम्म परि रिसाउछौ।
न्यानोपनको खाँचो हुँदा
दूर-दूर सम्म बिलाउछौ।

तिमी बादल जस्तै हौ कि?
कहिले रुन्छेउ अनि
मलाई पनि रुझौउछौ ।

Loading...

यसमा तपाइको मत