कोलोराडोमा हुने ‘हाङ्ग जितेदास्ती साँझ-५०७६’ मा राई ईज किङ्ग लगाएतको प्रस्तुती

विआरटि नेपाल -कोलोराडो,१३ अगस्ट

किरात राई सोसाईटी अफ अमेरिका, कोलोराडो च्यापटरले ‘हाङ्ग जितेदास्ती साँझ -५०७६’ आयोजना गर्ने भएको छ । माङखिम तथा समाधीस्थल निमाण सयोगार्थ किरात राई सोसाईटी अफ अमेरिका, कोलोराडो च्यापटरले ‘हाङ्ग जितेदास्ती साँझ-५०७६’ आयोजना गर्न लागेको हो ।

आगामी अक्टोवर १५ तारिक शनिवारका दिन अरोरा स्थीत अरोरा सेन्ट्रल स्कुलको हलमा हुन लागेको हाङ्ग जितेदास्ती साँझ ५०७६का लागि राई ईज किङ्ग राजेस पायल राई र लोक गायक महेश बुढाथोकी साथै साकेला क्लवले आफ्नो प्रस्तुती दिनेछन् ।

साथै किरात राई सोसाईटी आफ अमेरिकाले माङखिम तथा समाधीस्थल निर्माणका लागि सहयोग गर्न सन्सार भरिका किरात तथा गैर किरातहरुलाई अपील गर्नुका साथै ब्यक्तीले हाल सहयोग स्वरुप दिएको रकम पछि फिर्ता गरिने पनि जानकारी दिएको छ ।

untitled-5

Published on September 13, 2016 at 11:59 am

Loading...

यसमा तपाइको मत