नेपाली भाषा र संस्कृतितिर आकर्षित हुँदै न्यू ह्याम्पसायरका नेपालीहरू

बिअारटी नेपाल प्रतिनिधि, न्यू ह्याम्पसायर ।

पुनर्बास भएर अमेरिकाको न्यू ह्याम्पसायर पुगेका भूतपूर्व भुटानी नेपाली अभिभावकहरूले आफ्ना नानीहरूलार्इ नेपाली संस्कृति, भाषा, अनुशासन आदि विषयमा पूर्वीय शिक्षा दिन सुरु गरेका छन् । अभिभावकहरूले नानीहलार्इ भारतीय हिन्दु मूलका महानुभावहरूले विश्वव्यापी रूपमा सञ्चालन गर्दै आएको प्रज्ना सिकार्इ कार्यक्रम अनुसरण गरेर आफ्ना नानीहरूलार्इ पनि पूर्वीय संस्कृति र परम्परा, अनुशासन, नेपाली भाषा, रितिरिवाज आदि विषयमा पढाउने लक्ष राखेका छन् । nh-school-6

जीयन शिक्षा केन्द्रले अमेरिका, क्यानडा, बेलायत, भारत, स्कटल्याण्ड, मध्यपूर्बका विभिन्न राज्यहरू, वेल्स लगायतका देशहरूमा केही वर्ष यता सयाैं पज्ना कक्षाहरू सञ्चालन गर्दै आएको छ ।

बिआरटी नेपालसँग कुरा गर्दै अभिभावक पं. देवी खनालले बताउनु हुन्छ, “साताहन्तमा नानीहरू यतिकै विदुतिय उपकरणहरूमा झ्यामिएर समय फालिरहेका हुन्छन् एकातिर भने अर्कातिर नेपाली रितीरिवाज, संस्कृति, र अनुशासका कुराहरू नानीहरूमा अपेक्षित रूपमा विकसित हुन नसकिरहेका बेलामा हामीले यस प्रज्ना सिकार्इ कार्यक्रमले नानीहरूलार्इ हाम्रो हिन्दु दर्शन अन्तर्गतको पूर्वीय सम्पन्न वैदिक संस्कृति, रितिरिवाज, शास्त्रिय परम्परा, प्रार्थाना, योगसाधना आदि विषयमा नैतिक शिक्षा दिनुकासाथै सामाजिक, धार्मिक, पाैराणिक, आदि विषयहरूमा शिक्षा दिने बुजे पछि हामी नानीहरूलार्इ उक्त किसिमको शिक्षा दिक्षा दिन रूचाउने अभिभावकहरू मिलेर यो कार्यक्रम यहाँ भुटानी समाजमा पनि भित्र्याउन कोसिस गरेको हाैं ।” nh-school-5

राजधानी कन्कर्ड भन्दा ४० माइल दक्षिणमा अवस्थित नासुवा सहरमा सञ्चालन भइरहेको प्राज्ना केन्द्र नासुवाको सहयोगमा उक्त कार्यक्रम भुटानी समाजको म्यानचेष्टर स्थित कार्यलयको सभाकक्षमा सञ्चालन गरिने भएको छ ।

प्रशिक्षिका प्रशन्ना कोलाले अभिभावहरूका जिज्ञासालार्इ सम्बोधन गर्दै भन्नु भयो, “पज्ना कार्यक्रम पूर्वीय नीति, दर्शन, वैदिक संस्कृति, अनुशासन, प्रार्थना र योग सिकाउन र नानीहरूको बाैदिकता विकाशमा कोषेढुंगो साबित भएको छ ।”

हरेक आइतबार अपरान्ह चार बजेदेखि ६ बजेसम्म दुर्इ घण्टा चल्ने उक्ता कार्यक्रम वार्षिक शैक्षिक सत्रकारूपमा सञ्चालन हुने गरेको छ । वर्षभरिमा ३३ कक्षा हुने गर्छन् र प्रत्येक कक्षालार्इ तीन खण्डमा विभाजन गरेर सिकाइने छ । पहिलो खण्डमा योग साधना र व्यायम सिकाइन्छ भने दोस्रो खण्डमा नैतिक शिक्षा सिकाइने छ भने बाँकी रहेको आधा घण्टामा नानीहरूलार्इ नेपाली भाषा, अध्याय, पठन क्षमता विकाससँग सम्बन्धित विभिन्न अभ्यासहरू गराइने गरेको पाइन्छ ।

वर्षभरि पढेवापद अभिभावकहरूले ३५० अमेरिकी डलर तिर्नु पर्ने छ भने संस्थाले निःशुल्क रूपमा पाठ्य सामाग्रीहरू प्रत्येक नानीहरूलार्इ उपलब्ध गराउने छ । nh-school-4

पहिलो कक्षामा सहभागी भएका नानीहरू निकै काैतुहल देखिन्थे । नानीहरूले व्यायाममा निकै ध्यान दिएको देखेर र दर्जनबढी नानीहरूले एकैलवजमा संस्कृतका मन्त्रहरू उच्चारण गरेको ध्वानीमा उपस्थित भएका अभिभावकहरू पुलकित भएका देखिन्थे ।

नैतिक शिक्षाका छल्फलहरूमा ठुला नानीहरू खुलेर सरिक भएका देखिन्थे भने ससाना उमेरका नानीहरू निकै अलमलिएका थिए । कक्षा सकिए लगतै बिअारटी नेपालसँग कुरा गर्दै सात वर्षीय बालक बिपलभ खतिवडाले भन्नु भयो, “मलार्इ त यो कक्षा मन परेन, मलार्इ कसैले ध्यान पनि दिएन । कसैले केही पनि सोधेन र पढाएको पनि बुजिन तर कुरा गर्न र एक्टिभिटि गर्न भने मजा आयो ।”

४ देखि १४ वर्षका नानीहरू एउटै समूहमा राख्दा नानीहरूको स्तर नमिलेका कारण कक्षा त्यति प्रभावकारी नुहने अधिकाशं उपस्थित महिला अभविभावकहरूको गुनासो सुनिन्थ्यो । यही समावलमा समउमेरी समहु बनाएर कक्षा बनाउन र राजधानी कन्कर्डमा पनि उक्त कार्यक्रम सञ्चालन गर्न अभविभावकहरूले परमार्श गरेका थिए । nh-school-3

परामर्श  गर्ने अभिभावकहरूसँग बोल्दै भुटानी समाज न्यू ह्याम्सायरका कार्यलय व्यबस्थापक समेत रहनु भएका अभिभावक नरपति पाैड्याले भन्नु भयो, “हामीले उठाएका सबै कुराहरू जायज छन् । यो पहिलो कक्षा निकै मिहिनेत गरेरमात्र यहाँ म्यान्चेष्टरमा सञ्चालन गर्न सकिएको हो । यस सत्रमा हामी सबैले सहायता र सहभागिता दिएर नानीहरूको प्रगति हेराैं र आउने सत्रबाट हामी विकल्प र सम्भावनाहरूका विषयमाहरूमा छल्फल गर्न सक्छाैं ।” पाैडेलका दुर्इ छोरीहरू उक्त कार्यक्रममा भरना हुनु भएको पाइन्छ । यस सत्रमा कन्कर्डबाट ६ र म्यान्चेष्टरबाट १० गरी जम्मा १६जना विद्यार्थीहरू भरना हुन सक्ने जानकारी प्राप्त भएको छ ।

अभिभावकहरूका सरोकारहरूलार्इ समर्थन गर्दै शिक्षिका कोलाले नानीहरू भरना भइसकेपछि समूहहरू छुट्याउन पनि सकिने बताउनु भयो । nh-school-1 nh-school-2

Published on September 11, 2016 at 10:24 pm

Loading...

यसमा तपाइको मत