ठुटे हातले चित्र कोरेर आमा बचाउन खोज्ने पासवानको पीडादायी कथा

सुषमा देवकोटा

आनन्द पासवानलाई केहि बर्ष पहिले सुन्धाराको सडक पेटीमा चित्र बनाईरहेको धेरै पटक देखेको थिएं, उनले भन्दा नि उनको चित्रकारिताले तानेको रहेछ मलाई त्यतीबेला । त्यसैले मैले उनका हत्केला नभएका दुई हातले चेपेका कलमलाई भुलेकै थिईन । एक साता अघि उनलाई रत्नपार्कमा त्यसरीनै चित्र किनीदिन आग्रह गरिरहेको देखें, बदलीएको थियो त उनको टाउको माथी टाँगीएको ठुलो ब्यानर जसमा मेरो ममीको मृगौला बिग्रीएर उपचार गर्न सकिन मलाई भिक र ऋण दिएर सहयोग गर्नु लेखिएको थियो ।

मान्छेहरुको भिड थियो । कोहि उनको चित्रकलाको प्र्रशंसा गर्दै थिए, कोहि पैसा दिएर चित्र किन्दै थिए,कोहि तेसै तमासे बनेका थिए । मैले क्यामेरा झिकेर उनका ३ बटा तस्विर र ब्यानरमा लेखिएको उनको फोन नम्बर र नाम मोवाईलमा सेभ गरेर हिँडें । जहाँ पातलो त्यहिं छेड भन्ने उखान जस्तै उनको जीन्दगी देखेर आएको मैले उनको बारेमा जान्न मन भएरै नाम र नक्वर टिपेको थिएं । फोन गरें उनलाई भोलीपल्ट बिहान र आफ्नो परिचय दिएँ । उनले प्रस्ट नेपाली बोले, नेपाली सफासंग बोलेपछि सजिलो हुनेभयो मलाई । मैले सोचें यिनी तराईतिरका पासवान होलान् तर लवज पहाडीयाकै हाराहारीको रहेछ ।अरु केहि नभनी अन्तरवार्ताको कुरा गर्दा उनी आजै रत्नपार्कमा भेट्न राजी भए ।

SONY DSC

खाना खाएर उनलाई भेट्न पुग्दा ११ :३० भएथ्यो, फोन गर्दा उनले माफी माग्दै आउँदैछु भनें । उनि आईपुग्न १ घण्टा लाग्यो । चारैतिर भिड भएकाले म टिकट काटेर रत्नपार्क छिरें र उनलाई फेरी फोन गरेर रत्नपार्क भित्र भएको बताएँ । केहि समय पछि उनको फोन आयो । गेटमा टिकेट काट्नु पर्लाकी भनेर दौडेर पुग्दा उनि भित्र छिरिसकेका रहेछन् । हाँस्दै भनें “हेर्नुन ढिला भयो सरी हैं, टिकेट म काट्थें नि भनेपछि उनले थपे हाम्लाई पैसा लाग्दैन यहाँ भित्र आउन ।”

उनिसंगको करिव १ घण्टाको कुराकानी रेकर्डरमा कैद गरेर थप फोटो सहिद बाटोभरि उनको मिजासीलो शैली र पीडादायी भोगाई सम्झदैं घर फर्कीएँ । कति कुरा सोध्दा म भुमीका बाँध्थें पहिले उनको प्रशंसा गरेर । ताकी उनले आफ्ना दुख सुनाउँदा असजीलो महशुष नगरुन्, उनका आँखा नरसाउन् । यो भयो भने मेरो भावुक स्वभावलाई थप प्रश्न गर्न गाह्रो पथ्र्यो ।

SONY DSC

अमेरिकाको कोलोराडोमा रहनु भएका गजलकार तथा बिआरटी नेपालका सहकर्मी भूपेन्द्र महतसंग पनि उनको अवस्थाको बारेमा कुरा भै रहेको थियो, आनन्द पासवानको जीवनी सुनेर उहाँले पनि नमिठो मान्नु भयो ।

म मैले उहाँलाई भनें, ‘भूपेन्द्र सर मान्छेले कति पैसा आवश्यक नभएको ठाउँमा पनि खर्च गरिरहेका हुन्छन् । कुनै ठुलो मन हुनेले सानो तिनो रकम उनलाई सहयोग गरिदिए पनि हुन्थ्यो नि । मैले उनको चित्र किनेर सुरुवात गरेको एक प्र्रकारको अभियानलाई अघि बढाउने सोचेको छु । जस जसले अति सकिन्छ त्यति सहयोग गरिदिए, उनको चित्र बनाउने सामग्री लगाएत उनको आमालाई उपचार गर्न सहयोग हुन्थ्यो ।’

सुनेर भूपेन्द्र सरले आँट दिनुभयो ‘सकिन्छ कि यो काम गर्न म यहाँ भएका साथीहरुसंग पनि कुरा राखिदिन्छु ।’

आनन्दले पनि भनेका थिए, ‘मलाई ठुलै रकम सहयोग गर्नु भन्दीन, सबैले पसिना बगाएर कमाएको पैसा हो, सबै मिलेर थोरै थोरै सहयोग गरिदिए म दुखियाको लागि ठुलो गुन हुनेथियो ।’

शनिवार प्रकाशित गर्ने तयारी थियो उनको भोगाई तर मनले सोच्यो, मैले उनका कुरा पत्याए पनि पाठकलाई प्रस्ट हुँदैन उनि रत्नपार्क पछाडीको जीवन कसरी जिउँछन् भन्ने नखुलाए सम्म भन्ने लाग्यो ।त्यसमाथी रत्नपार्क र सुन्धारामा हात खुट्टा नभएका माग्नेहरु थुप्रै देखेका हामीलाई यीनीहरु ईन्डीयाबाट कसैले पैसा कमाउने उद्धेश्यले ल्याएर राखेको भन्ने महशुष छ र त्यो सत्य पनि हो । त्यसैले मैले शनिवार अर्थात हिजो उनलाई भेट्ने भएँ फेरी । उनले बताएको काँडाघारी स्थीत बिरेन्द्र चोकमा रहेको उनको डेराामा गएर ।

मलाई लिन उनको साथी आए उनको कोठामा गएपछि अरु ३ जना उनका साथी मिसिए । मलाई लिन जाने साथी रत्नपार्कमा पानी बेच्दा रहेछन् उनकी श्रीमती र आनन्दको एउटा कोठा बाहेक त्यो फ्ल्याट लिएका परिवारका छोरा । संगै मिसिएको थियो करिव ४ \५ बर्षको सानो सुन्दर बालक सन्दीप । त्यो बालकले आनन्दलाई दाई भनेपनि उनीहरु बेष्ट फ्रेण्ड भएको बताए एक अर्कालाई ।

आनन्द त्यही फ्ल्याट लिने साथीको बैठकमा बसेर एक्युरियम भीत्र  खेलीरहेका माछाका चित्र कोर्दै थिए, खुव खुशि भएर माछा हेरीरहेका आनन्दले उत्साहित हुँदै भने ‘लौ मान्छे मात्र अपागं हुन्छ भनेको त माछा पनि अपागं हुँदो रहेछ’ , आफ्ना ठुटे हातले देखाउँदै उनले भने, ‘यो माछाको एउटा आँखा रैनछ । ‘उनले मन नदुखाई यो भन्दा म पनि खुशि भएं, उनिभित्रको पीडा बयान गरिनसाध्यको भएपनि उनि उदास देखेको छैन मैले तेस्रो पटक भेट्दा सम्म, उनि भन्छन् हिम्मत हार्नु हुन्न ।SONY DSC

चिया ल्याईन् ति मलाई लिन गएका आनन्दकी साथीकी श्रीमतीले । आनन्दले आफ्ना दुई मुडुला हातले चियाको गीलास समाएर चिया पीएको मैले आश्चर्य र खुशी मिसाएर हेरिरहें । फोटो खिच्ने सम्म हेक्का भएनछ त्यो दृश्यको । मलाई खुशि लाग्नुको अर्को कारण आनन्द नाम जस्तै आनन्द देखिन्थें बाहिरवाट । उनकी आमाको एउटा मृगौलाले काम नगर्ने भएपछि उपचारका लागि भारतको पटना पुगेकी रहीछिन् यतिबेला । समस्तीपुरमा रहेका केहि अफन्तले ममीको उपचार भारतमा हुन्छ कि भनेपछि, उनि आनन्दलाई छोडेर पटना गएकी हुन् ।

आनन्द खुल्ला किताव जस्ता थिए, उनले पहिलो भेटमा पनि भनेका थिए, मलाई मान्छेहरुले त्यसै पैसा दिनु भन्दा चित्र किनेर लगे हुन्थ्यो जस्तो लाग्छ । अर्काले दुख गरेर कमाएको पैसा बाटोमा बसेर त्यसै लिन अप्ठेरो लाग्छ, उहाँहरुले सोचे जस्तै चित्र बनाउन नसकेपनि कमसेकम केहि दिएर लिन पाएको पैसा रमाईलो लाग्छ । तर अहिले सक्दै नसक्ने अवस्था आईपरेपछि ममीको उपचारका लागि भिक नै मागिरहेको छु । कसैले ऋिण दिएपनि ईमन्दारी पुर्वक तीर्छु म ।

SONY DSC

उनले मलाई त्यहि फ्ल्याटवाला साथीको बैठकमा बसाएका थिए, घरमा आएको पाउना जस्तो ब्यवहार थियो उनको । अरु मान्छे उनको ठाउँमा भएको भए, पत्रकारको अगाडी रुन्चे बनेर दुख सुनाउँदा हुन् उनले हाँस्दै सुनाए आफ्ना कथा र भने हिम्मत हार्नु हुन्न भगवानले बाटो देखाउँछन् जस्तो लाग्छ । घरी घरी आत्तीन्छु कसरी कोठा भाडा तिर्ने होला, ममीको उपचार कसरी गर्नेहोला ? बिश्वास गरेर पैसा सापट दिनेहरुको रिन कैले तिर्ने होला जस्तो लागेर रातभरी निन्द्रा पर्दैन ।

यस्तो छ आनन्द पासवानको कथा

आज भन्दा २१ बर्ष पहिले लक्ष्मी पुजाको राती भारतको समस्तीपुरमा मेरो जन्म भयो । ३ जना दाई र एउटा दिदी मुनीको कान्छो छोरो म जन्मीदा, साखा सन्तान कसैमा नभएको अनौठो बालक भएर जन्मीएं । मेरो हातको दुईवटै पन्जा थिएन । एउटा गोडाको पैतला कुर्कुचा माथी गएर टाँसिएको थियो भने अर्को पुरै गोडा बन्नु पर्ने भाग मासुको डल्लो मात्र भएर कम्मर मुनी जम्मा भएको थियो । यो देखेर सबै जना तर्सिएका थिए रे ।

रातीनै गाउँभरीका मान्छे जम्मा भए मलाई हेर्न । सबैले ममीलाई यस्तो बच्चा बाच्दैन भन्दै सुनाईरहे, सुत्केरी भएर राम्ररी मलाई हेर्न समेत नसक्नु भएको मेरो ममीको कानमा यो बच्चा काम छैन १ \२ दिन बाँच्ला धेरै बाँचे भनेको गाईगुईले बल्ल मलाई राम्ररी हेर्नुभएछ, । उज्यालो हुन थालेपछि अरु गाउँका मान्छेको ओहिरो लाग्न सुरु भयो मलाई हेर्न । बुबाको किचकीच नि उही थियो यो बाँच्दै बाँच्दैन । म अनौठो बालक भएर जन्मेको हल्लाले टाढा टाढाका गाउँबाट मान्छेहरु हेर्न आउन थाले, हेरेर सबै भन्थें, यो बच्चा बाँच्दैन ।

हल्ला यति सम्म भयो कि जन्मेको १ हप्ता नबित्दै मलाई सर्कस खेलाउने मान्छेहरुले किनेर लैजान आए । गाउँलेहरु लगायत बुबाले पनि दिए हुन्छ सर्कसवालालाई भनेका थिए रे ममीले म मरे पनि दिन्न मेरो छोरा । जति बाँच्छ मेरै काखमा बाँच्छ । मैले अरु बच्चा जस्तै गरि जन्माएको हो यसलाई पनि उत्तीनै माया छ यसको मलाई, म दिन्न भनेपछि मैले सर्कसवाला संग जानु त परेन तर परिवार र आफैंलाई पनि एक किसिमको सास्ती बन्दै हुर्कीए म ।SONY DSC

मेरो जुन गोडाको पैतला कुकुर्चामाथी फर्केर टाँसीएको थियो, त्यसलाई ममीले संधै तेल लाउँदै तल ल्याउने कोसीस गर्नुहुन्थयो त्यो पैतला ठिक ठाउँमा बसे मैले एउटा खुट्टा टेक्न सक्छु भन्ने बिश्वास ममीमा थियो । म एक बर्ष पुरा नहुँदै मेरो परिवार समस्तीपुरबाट नेपाल आयो र भोटेबहालमा डेरा गरेर बस्न थाल्यो । बुबा सुन्धारा बसेर बच्चाहरुको सुरुवाल बेच्नु हुन्थ्यो । संगै मलाई लैजानु भयो भने पैसा पनि कमाई हुन्थ्यो त्यो दिन । अनौठो बालक देखेर मान्छेहरुले पैसा दिन्थे । मेरो एउटा हातको टुप्पामा औंला बन्न नसकेको एउटा सानो औंला जस्तो टुुसो थियो । म संधै त्यो चुसेर बस्थें रे । जव ३ \४ बर्षको भएँ, म त्यो औला अप्ठ्यारा ठाउँ, जस्तो बस्ने मुढामा कुनै प्वाल देखे, खाटको छेउको भाग अथवा त्यो औलां पस्ने जहाँ पस्छ त्यहाँ घुसार्दै तान्दै गर्थें त्यो बानिले मेरो त्यो औंला जस्तो लाग्ने मासु चुँडीएर झर्यो ।

हुर्कदैं गएं, एक दिन मैले एउटा दाउुराको सिन्का जवरजस्ती दुई हातले समाएर भुईमा कोरिरहेको देखेपछि ममीको मनले सोचेछ, यसले लेख्छ कि के हो ? यो सोचेर कलाई कलम र कापी ल्याईदिनु भयो तर मलाई स्कुल पढाउने काम कसैले गरेन । गरिव आर्थीक अवस्थालाई मेरो बिग्रीएको शरीरले बिस्तारै टेवा दिन थाल्यो, मलाई देख्नेहरुले पैसा दिन थालेपछि । कापी कलम असाध्यै मन पथ्र्यो तर पनि म स्कुल जान्छु भनेर कैलेही पीरीन मैले । ममीले तेल लगाएर मिलाउँदै आएको पैतला बिस्तारै ठिक ठाउँमा आउँदै थियो र म दुईटा मध्यको लामो आकारको हात र त्यो खुट्टाले हिँडन् कोशिष गर्दै थिएँ । त्यो दृश्यपनि अचम्म लाग्दो थियो, मान्छे हिँडेको भन्दा पनि चौपाया जनावर हिँडेको जस्तो देखीन्थ्यो । नभन्दै त्यो पैतला टेक्न मिल्ले गरि आफ्नो ठाउँमा आयो र अव मेरो हिँडाई जनावरको जस्तै भयो संधैलाई । धेरै पछि मैले बैसाखी पाएँ र त्यसमा हिड्ने अभ्यास गरें ।

चित्र असाध्यै मन पथ्र्यो, स्कुल जान पाईन वरपर जे देखीन्थ्यो त्यसकै चित्र बनाउन थालें । ठुलो हुँदै जाँदा मेरो चित्र बनाउने मोह पनि बढ्दै गयो । तर ति सामान्य चित्र हुन्, किनकी मैले सडक पेटी र आफ्ना परिवारमात्र देखेको मैले कतै जान पाईन, मनमा जे जे कल्पना हुन्थ्यो ति चित्र कोर्न थालें ।

SONY DSC

लक्ष्मी पुजाको राती जन्मेको भएर मेरो नाम लक्ष्मी राखिएको थियो सानोमा । परिवारका सबै र छिमेकी मलाई लक्ष्मी नामले नै बोलाउँथें । एक दिन ममीले के रहेछ त यसको भाग्यमा भनेर एक जना ज्वतिषलाई म जन्मेको ठाउँ र समय दिँदा मेरो नाम लक्ष्मी नभएर अ वाट आउँनुपर्छ भने ज्वतिसले र उनैले मेरो नाम आनन्द राखिदिए । ज्वतिष भन्थे रे, यो केटाको मनमा जति पीडा भएपनि यो दुखी हुँदैन आनन्दले रहन्छ । सम्झदाँ उदेक लाग्छ पीडा हुने मान्छे कसरी आनन्दले बस्न सक्छ र । तै पनि म संघर्ष गर्छु र आफु जस्तै अपागं हेरेर सोच्छु म मात्र होईन यिनीहरुको पनि त जिवन कष्टकर छ ।

एक समय थियो मैले मागेर कमाएको पैसाले परिवार सजीलै चल्नेमात्र होईन हामीसंग अरुलाई दिन पुग्ने पैसा पनि हुन्थ्यो । तर कसैले मेरो हात गोडामा कुनै अंग प्रत्यारोपण गर्न मिल्छ कि भनेर कैलेही बुझेन, बुझनु त के सोचेन पनि होला । त्यो पैसाले दाईहरु र दिदीको बिबाह भयो । हाम्रो जातमा छोरीको बिबाहमा प्रसस्त दाईजो दिनु पर्छ । मेरो कमाईले मेरो दिदीको बिबाह राम्रै संग गरिएको थियो बिरगञ्जमा आफ्नो परिवार संग बस्नुहुन्छ दिदी अहिले । दाईहरुको बिबाह पनि मेरै खर्चले भयो । भारतमा जन्मीएर जन्मीएकै बर्ष नेपाल आएको म संग नागरिकता त के जन्मदर्ता पनि छैन । पैसा बैंकमा राख्न मिल्दैनथ्यो त्यसमा पनि म अपागं लेखपढ गर्न नजान्नेले अनुरोध र बिरोध गर्न सक्दैनथें, मलाई आफ्नो परिवारले सुखले दाल भात खान पाएकोमै खुशि थियो ।

SONY DSC

सात बर्ष पहिले रक्सी पीउने बानीले बुबालाई लग्यो । रक्सी यति धेरै खानुहुन्थ्यो कि कलेजोले काम गर्न छोड्यो र एक दिन बुबाको मृत्यु भयो । दाई दिदीको बिबाह र बुबाको उपचारले परिवारलाई फेरी पहिलेकै अवस्थामा पुर्याएको थियो । चारैतिर ऋण थियो । बुबाको मृत्युपछि दाईहरुले ममी र मलाई छोडेर आफुहरु अन्तै कोठा लिएर बस्न थाले । मेरो काम सुन्धारामा बसेर चित्र बनाउने कला र चित्र बेचेर पैसा जुटाउने थियो । दिनभरी बाटोमा बस्दा कहिले १०० रुपैंया पनि कमाई हुन्थेन । पढ्ने रहर भएकाले मैले २ महिना जसो तसो गरेर टीउसन लिन पाएँ । ए बि सि डि ,क ख ग घ मैले त्यो २ महिनामा सिकें र बाँकी सामान्य अक्षर जोड्न नजीकका साथीहरुले सिकाईदिए । उनिहरु पनि धेरै पढेका कोहि थिएनन् । आमाबुबाले सबै सुबिधा दिएर पढ्न लगाएका छोराछोरीले पढ्न मनै लाग्दैन भनेको सुन्दा मन अमिलो हुन्छ हेर मलाई यसरी पढाईदिने मान्छे पाए म कति पढ्थें होला ।

अचानक फेरी जिवनमा अर्को आपत थपीयो । ममी कोखो दुख्यो भनेर हिडडुल गर्न नसक्ने हुनुभयो,पाटन अस्पतालमा उपचार गर्न लैजाँदा मृगौलाको पत्थरी हो अप्र्रेसन गर्नु पर्छ भन्यो । पैसा थिएन, ममीको उपचार खर्च जुटाउन, म बिहानै बाट साँझ झमक्क परुन्जेल सम्म सडक पेटीमा माग्न बस्थें, चित्र देखाउँदै । तर कसैलाई भनिन मेरो आमाको पत्थरीको अप्रेसन गर्नु छ सहयोग गर्नु भनेर । किनकी मैले देखेको छु सुन्धारा र रत्नपार्कमा किड्नी फेल भएको छ भनेर पैसा उठाउनेहरु मध्य कतीको त यो पैसा कमाउने धन्दा मात्र हो । हामीलाई भारतबाट हात गोडा काटेर ल्याईएको भनिन्छ, हुन पनि सक्छ यो कुरा तर म ईमन्दारिताका साथ भन्छु, म जन्मदैंमा यस्तै थिएँ ।SONY DSC

ऋण खोजें, म जस्तो अपागंलाई पनि बिश्वास गरेर ऋण दिने साथी भाईको गुन कहिल्यै भुल्ने छैन । आफु पढेलेखेको छैन, हिँडडुल गर्नै सकस छ ममी पनि अनपढ खै कस्तो अप्रेसन गर्यो डाक्टरले ? ममीको अप्र्रेसन त भयो तर दुखाई कम भएन । देखाउँदा फेरी अप्रेसन गर्नु पर्छ भन्यो हस्पीटलले । त्यो कहाली लाग्दो अवस्थाको सामना गर्नु मेरो लागी कती मुस्कील थियो तपाँई अनुमान गर्न सक्नुहोला । केहि नलागेपछि सबै कुरा उल्लेख गरेर ममीको ब्यानर टागें रत्नपार्कमा र माग्न बसें । हुनत मान्छेले दान दिएको हो तर मलाई जस जसले दान र भिकमा पैसा दिनुभयो म उहाँप्रति पनि आभारी छु, मेरो ममीको दोस्रो अप्रेसन भयो त्यही मृगौलाको । भगवान् कुन परिक्षा लिदैं थिए कुन्नी अप्रेसन फेरी बिग्रीयो । डाक्टरको यो लापरबाहिले म जस्तो मान्छेलाई कती असर पर्छ सोच्नु पर्ने हो । देस्रो अप्रेसन पनि उहि भयो जे नहोस् भन्थें । अव तेस्रो पटक अप्रेसनको कुरा गर्यो डाक्टरले । हुने खाने परिवारलाई त ३ पटक एउटै ठाउँको अप्र्रेसन गराउन मुस्कील हुन्छ भने बाटोमा भिक मागेर कमाउने पैसाले कसरी गुजाँरें त्यो क्षण सम्झदां पनि रुन मन लाग्छ । त्यसमाथी ३ पटक एउटै मृगौलाको उपचारले ममीलाई दिने पीडा भनि नसाध्य थियो । अपसोच तेस्रो अप्र्रेसन पछि पनि पाटन अस्पतालले ठिक बनाउन सकेन । र पुन जचाउँदा किड्नी फेल भएको बतायो ।

SONY DSC

भाडा नतिरेकै छ सात महिना भएको थियो घरमा खानेकुरा थिएन पसल र चिनजान सबैतिर ऋण थियो । यस्तो अवस्थामा पनि त्यो समय मलाई घरबेटीले १ लाख ऋण दिएको थियो । त्यो १ लाख मेरा लागि १ खर्व भन्दा नि बढि थियो, सबैभन्दा ठुलो कुरा थियो मन र बिश्वास । ममीको पटक पटकको अप्रेसन र अहिले एउटा मृगौलाले मात्र काम गर्दाको पीडाले कोठाको अवस्थाा आसुँमा बदलीएको छ । जुन मृगौलले काम गर्दैन त्यसको दुखाई सहन ममीलाई मात्र होईन मलाई नि गाह्रो हुन्छ ।

म जन्मीदाँ मेरो ममीले सर्कसवालालाई दिन्न जस्तो भएनी मेरो छोरा हो भनेर राख्नु भएको थियो । अहिले यहि अपागं छोरा ममीको साहारा र म अपागंको साहारा ममी भएका छौं । सद्दे हातगोडा भएका दाई दिदी सबैले आ-आफ्नो सुर गरे ।

ममी यहि रोगले मर्नु भयो भने मेरो जीन्दगीको सबैकुरा सकिन्छ । म मेरो ममीलाई बचाउन चाहन्छु । धेरै पैसा दिनु पनि भन्दीन सबैले रगत पसिना बगाएर नै हो पैसा कमाउने । तर एक थुकी सुकी सय थुकी नदि भन्ने उखान झैं सबैले सकेको सहयोग गरिदिए ममीको औसधी उपचारमा सजिलो हुन्थ्यो ।

SONY DSC

मेरो त भन्ने ठाउँ नि कतै छैन । हामी भारतीय नागरिक हौं अरुको नजरमा तर मेरो मन ईन्डीया जान मान्दैन । १ बर्ष नपुग्दै नेपाल आएँ, २१ बर्षको हुँदा सम्म यहि काठमाडौं हो मैले चिनेको । साथीभाई यहिँ छन्, दुख पनि यहिँ कटाएँ, खुशि हुँदाको पल पनि यहिँ जोडीएको छ । म संग नागरिकता छैन। नेपालको नागरिकता त मैले पाउने कुरा नै भएन भारतको नागरिकताको लागि पनि मैले पहल गरिन । नागरिकताले गर्ने पनि केहि होईन म जस्तो अपागंलाई । पढ्न पाएको भएपनि जागिरको लागि चाहिन्थ्यो होला । मेरो त नागरिकताबाट हुने कुनै काम गर्ने अवस्थानै छैन । कहिले काहिँ लाग्छ म यो देसको नागरिक मात्र हुन पाएको भएपनि नेपालीको नाताले मेरो आवाज सुनिन्थ्यो कि? मेरा चित्रका बारेमा पनि कुरा हुन्थ्यो की । तर मैले आज सम्म नेपालीकै पैसाले भात खाएको छु, चाहे त्यो भिक होस् या सहयोग र ऋण । यो देख्दा यस्तो लाग्छ नागरीकताको हिसावले होईन मानवताको हिसावले हेरिन्छ एक अर्कालाई । म मेरी आमालाई बचाउन चाहन्छु हात गोडा नभएको म ममीको मृत्यु भयो भने बौलाउँछु जस्तो लाग्छ । अन्तीम साहारा र आसा नै ममी हो, अरुले त मलाई छोडेर गै सके । त्यसैले सबै संग सहयोगको अपिल गर्दछु । कसैले मलाई सहयोग गर्न चाहेमा मेरो सम्पर्क नं ९८२३०३९९२४ हो ।

(आनन्द पासवानलाई सहयोग गर्न चाहनेहरुलेका  लागी devkotasushma7@gmail.com मा मेल गरेर या मेरो मोवाईल ९८१६६२६८१५ मा पनि सम्पर्क गर्न  सक्नुहुनेछ ।)

Published on September 11, 2016 at 10:06 am

Loading...

यसमा तपाइको मत