आफु मरेको समाचार सहितको भिडियोले पुस्कल शर्मालाई ताली भन्दा गाली धेरै-यस्तो छ भिडियो
Loading...

समिर प्रकाश पाण्डे

Published on September 10, 2016 at 12:15 pm

hqdefault

नेपाली लोक सांगितिक क्षेत्रका पारखिहरुले रुचाएका व्यक्ति हुन् पुस्कल शर्मा । लोकगीतको क्षेत्रमा निकै मार्मिक गीत गाउन सक्ने कला गला भएका कलाकारका रुपमा पुस्कललाई चिन्ने गरिन्छ । उनले माया प्रेम र त्यहाँ भित्र हुने मिलन विछोडका घटनाहरुलाई मार्मिक ढंगल प्रस्तुत गर्ने हुँदा पनि पछिल्लो समय उनी चर्चित पनि छन् , यस अघि नै मुटु जलाई जलाई गीतबाट चर्चा बटुलेका गायक शर्माले हालैमात्र मलामी नामक गीत बजारमा सार्वजनिक गरेका छन ,जुन गीतका कारण शर्मा विवादामा तानिदैछन् ।

सायद जो कोहिले पनि आफु मोरेको खबर सुन्नु भएको छैन होला तर यहाँ गायक शर्माले सपना देखेको बिषय बस्तुलाई कथा बनाएर आफ्नै शब्द स्वर अभिनयमा गित सार्वजनिक गरेका छन् ,जुन गितमा चर्चित पूर्व समाचारप्रस्तोता एवं गायिका कोमल वालीलाई प्रयोग गर्दै पुस्कल शर्माको निधन भएको समाचार पढ्न लगाइएको छ ।

गीतको बीच बीचमा समाचार लिंक गर्दै पुन उनीप्रति श्रद्धा सुमन र मानिसको मृत्युपछि गरिने सम्बोधनहरु प्रस्तुत गरिएको छ भिडियो हेर्दै गर्दा जो कोहिले पनि अनुमान लगाउन सक्छ कि शर्माको मृत्यु नै भएको हो थप यसरी दर्शक श्रोतालाई झुक्काउने काम गरिएको छ कि गीतको बीचमा चर्चित गायकहरु पुरुषोत्तम न्यौपाने लगायतका गायकहरुलाई मृत्यु पछिको पुस्कलको बारेमा स्मरण गर्न लगाएर छ ।
सामाजिक संजालमा भाईरल बनेको यो गितलाई लिएर राम्रो नराम्रो भन्ने विषयमा चर्चा सुरु भएको छ, चर्चा बटुल्नकै लगि आफु मरेको भिडियो सार्वजनिक गर्ने र समचार बनाउने कत्तिको उचित हो ,यस गितलाई सम्बद्ध निकाय हरुले ध्यान पुर्याउनु आवश्यक छ ।

Loading...

यसमा तपाइको मत