भारत जान पनि भिसा ?? कस्तो विभेद

भारतीय नागरिकलाई जुनसुकै देश भएर नेपाल आउन भिसा चाहिंदैन । तर, नेपालीलाई चीन हुँदै भारत जान भने भिसा अनिवार्य चाहिन्छ । दुई देशबीचका विभिन्न सन्धि–सम्झौताविपरीत भिसा प्रावधान लागू गर्दै आएको छ । यो प्रावधानले चीन हुँदै भारत जानुपर्ने नेपाली मर्कामा पर्दै आएका छन् । चीन हुँदै भारत जाने नेपालीको सङ्ख्या थोरै हुने र त्यससम्बन्धी अहिलेसम्म खासै गुनासो नआएकाले भारतसँग छलफल नभएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताए ।

‘चीन हुँदै भारत जाने थोरै हुन्छन्,’ उनले भने, ‘त्यही भएर पनि यस विषयमा कतै छलफल नभएको हो ।’ दुई देशीबीचको असमान प्रावधान समस्या भएको र त्यसलाई हटाउनु आवश्यक रहेको अध्यागमन विभागका अधिकारीहरू बताउँछन् । शुक्रवार सम्पन्न गृहसचिवस्तरीय बैठकमा आतंकवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन तथा साना हतियार कारोबारको नियन्त्रणका विषयमा छलफल भयो । “नयाँपत्रिका”

Published on September 9, 2016 at 11:14 pm

Loading...

यसमा तपाइको मत