गीत- दिनेश अधिकारी

दिनेश अधिकारी

ए, बाटो ! म जान्छु तँसंगै उकालो
लिई मन्को आँखा मभन्दा उज्यालो !

मलाई रहर छ झरीसंग हाँस्ने
यी पाखा–पखेरा चरीसंग नाँच्ने
म चाहन्छु दिन किरणलाई पालो
ए, बाटो ! म जान्छु तँसंगै उकालो

यो सुन्दर जगत छ कता मात्र हेरुँ ?
म सोच्दैछु आकाश अँगालोमा बेरुँ
मलाई छ पुग्नु सबैभन्दा चाँडो
ए, बाटो ! म जान्छु तँसंगै उकालो ।

Published on September 8, 2016 at 9:06 am

Loading...

यसमा तपाइको मत